घोषणाहरू
▪ मण्डलीसित संगत गर्ने व्यक्तिहरूले प्रहरीधरहरा र ब्यूँझनुहोस्!-को व्यक्तिगत ग्राहक निवेदनलगायत नयाँ र नवीकरण गरिएका ग्राहक निवेदनहरू मण्डली मार्फत पठाउनुपर्छ।
▪ सोसाइटीले थुप्रै मण्डलीहरूको रिपोर्ट (S-1) कार्ड प्रत्येक महिना ढिलो प्राप्त गरिरहेको हुनाले यहाँ केही सम्झौटाहरू दिइएका छन्: (१) कृपया, तपाईंको मण्डलीको S-1 कार्ड महिना मरेपछि छ दिन नबित्दै अर्थात् जतिसक्दो महिना मर्नअघि नै हुलाक वा फ्याक्सद्वारा पठाउनुहोस्। (२) प्रकाशकहरूलाई आ-आफ्नो रिपोर्ट ढिलासुस्ती नगरी दिइहाल्ने प्रोत्साहन दिनुहोस् अनि महिना मरेको छ दिनपछि रिपोर्ट नपर्खे हुन्छ। ढिलो प्राप्त भएका रिपोर्टहरू अर्को महिनाको रिपोर्ट तथा ढिलो रिपोर्ट बुझाउने प्रकाशकहरू र अर्को महिनामा रिपोर्ट बुझाउने प्रकाशकहरूको रिपोर्टसितै पठाउन सकिन्छ। (३) प्रकाशकहरूबाट रिपोर्ट ढिलो प्राप्त भयो या S-1 पठाइसकेपछि गल्ती पत्ता लागेमा अर्को रिपोर्ट वा संशोधन गरेर सोसाइटीमा नपठाउनुहोला। आउँदो महिनाको तपाईंको मण्डली रिपोर्टमा स्थानीय तवरले अर्को रिपोर्ट बनाउनुहोस् वा काँटछाँट गर्नुहोस्। (४) मासिक लेखाविवरण-सहित कुनै खास महिनाको रिपोर्टको नक्कल प्रति पठाउने आग्रह गरिएको पत्र प्राप्त गर्ने बित्तिकै कृपया त्यो पठाइहाल्नुहोस्। मण्डलीको रिपोर्ट पठाइहालेको छौं, ढिलो होस् या चाँडो पुगिहाल्छ भनेर ढुक्कै नहुनुहोस्। थुप्रै रिपोर्टहरू हुलाकमै हराएका छन् र मण्डलीले त्यसको नक्कल प्रति पठाउनुअघि नै हामीले तीन वा चार पटक निवेदनहरू पठाउन परिरहेको छ। नक्कल प्रति पठाउँदा विवरण लेखिरहनु पर्दैन। त्यो मात्र तुरुन्तै पठाए भइहाल्छ।
▪ उपलब्ध नयाँ प्रकाशनहरू:
हाम्रो सेवकाई पूरा गर्न संगठित (१९९७ संशोधित)—तामिल
वाचटावर प्रकाशन अनुक्रमणिका १९८६-१९९५—अंग्रेजी
यो दश वर्षको अनुक्रमणिका अग्रगामीहरूका लागि रु. ९५.०० मात्र अनि प्रकाशक र जनसाधारणका लागि रु. १३०.०० मात्र।
के यो संसार रहिरहनेछ? पर्चा न. १९—पंजाबी
परमेश्वर हामीबाट के चाहनुहुन्छ?—उर्दू, सिन्धी
▪ पुनः उपलब्ध प्रकाशनहरू:
अनुक्रमणिकासहितको अथोराइज्ड भर्सन (bi10)—अंग्रेजी
आनन्द—यसलाई कसरी प्राप्त गर्ने?—अंग्रेजी
इम्फ्याटिक डायगलट—अंग्रेजी
पवित्र धर्मशास्त्र, नयाँ विश्व अनुवादको विस्तृत अनुक्रमणिका—अंग्रेजी
के हाम्रो चिन्ता गर्ने एउटा परमेश्वर हुनुहुन्छ?—कन्नडा, गुजराती, मराठी, मल्यालम, तामिल, तेलगु, हिन्दी
जीवन यहाँ विकासवादबाट आयो वा सृष्टिबाट? (ठूलो र सानो साइज)—अंग्रेजी
तपाईंको युवावस्था—त्यसबाट सर्वोत्तम लाभ उठाउने—अंग्रेजी
किनारामा दिइएका उद्धरणहरूसहितको नयाँ विश्व अनुवाद (Rbi8)—अंग्रेजी
पढ्न र लेख्न सिक्ने—अंग्रेजी
“सम्पूर्ण धर्मशास्त्र परमेश्वरबाट प्रेरित र लाभदायी छ”—अंग्रेजी
यहोवाको प्रशंसा गाउनुहोस् (ठूलो र सानो मुद्रित गीतिपुस्तक)—अंग्रेजी
धर्मशास्त्रमाथि अन्तरदृष्टि—अंग्रेजी
सम्पूर्ण राष्ट्रको लागि सुसमाचार—अंग्रेजी
साँचो शान्ति र सुरक्षा—तपाईं कसरी पाउनसक्नुहुन्छ?—अंग्रेजी