तिनीहरू किन यसो गर्छन्?
१ ‘परमेश्वरको घरको जोसले ख्रीष्टलाई खानेछ’ भनेर भविष्यवाणी गरिएको थियो। (भज. ६९:९) यहोवाको साँचो उपासना गर्ने जोसले गर्दा सेवकाईलाई प्राथमिकता दिन येशू उत्प्रेरित हुनुभयो। (लूका ४:४३; यूह. १८:३७) आज यहोवाका साक्षीहरूले सत्यको साक्षी दिन सेवकाईमा त्यस्तै जोस झल्काउँछन्। गत वर्ष सरदर ६,४५,५०९ ले विश्वभरि अग्रगामी सेवाको केही पक्षमा प्रत्येक महिना भाग लिए। परमेश्वरप्रति हामीले गरेको समर्पणलाई ध्यानमा राख्दै सहायक वा नियमित अग्रगामी गर्न परिस्थितिलाई कतै काँटछाँट गर्न सकिन्छ कि, हामी सबैले प्रार्थनापूर्वक विचार गर्नुपर्छ।—भज. ११०:३; उप. १२:१; रोमी. १२:१.
२ भौतिकवादी स्वार्थी दुनियाँमा बाँचिरहेका हुनाले थुप्रैले के बुझ्न सक्दैनन् भने केही आर्थिक फाइदा नहुने र मान मर्यादा पनि नपाइने सेवकाईमा कुनै व्यक्ति किन यति तनमनले लाग्छन्। अग्रगामीहरू किन यसो गर्छन्? आफू जीवन बचाउने काममा लागेको तिनीहरूलाई थाह छ। परमेश्वर र आफ्ना सँगी मानवप्रतिको गहिरो प्रेमद्वारा उत्प्रेरित भएकोले अरूलाई जीवन बचाउन मदत दिनु तिनीहरू अत्यावश्यक व्यक्तिगत दायित्व ठान्छन्। (रोमी १:१४-१६; १ तिमो. २:४; ४:१६) एक अग्रगामी दम्पतीले यसलाई संक्षिप्तमा यसरी बताए: “हामी किन अग्रगामी गरिरहेका छौं? हामीले किन अग्रगामी गरेनौं, त्यसको जायज कारण हामी यहोवालाई दिनसक्छौं?”
३ एउटी बहिनीले अग्रगामी गर्ने आफ्नो निर्णय यसरी पोखिन्: “म र मेरो पति दुवैले एउटै आयस्रोतको भरमा जीवन धान्ने योजना बनायौं। त्यसको अर्थ अनावश्यक कुराहरूका लागि खर्च नगर्ने। यद्यपि, यहोवाले हामीलाई प्रशस्त आशिष् दिनुभयो। कहिल्यै हामीलाई गरिबीमा पिल्सन दिनुभएन। . . . बाँच्नुको खास उद्देश्य भेट्टाएकी छु। . . . त्यो हो, आध्यात्मिक तवरमा भोकाहरूलाई साँचो परमेश्वर यहोवा चिन्न मदत दिने, जो उहाँलाई खोज्नेहरूदेखि टाढा हुनुहुन्न।” अल्प समयलाई याद गर्दै दीगो रहने आध्यात्मिक धन इमानदारीसाथ खोजेर अग्रगामीहरू जीवनका आवश्यकताहरूसित सन्तुष्ट छन्।—१ तिमो. ६:८, १८, १९.
४ तपाईंलाई परिस्थितिले साथ दिएमा, अग्रगामी गरेर आनन्द महसुस गरिरहेका विश्वभरिका ती लाखौं भाइबहिनीहरूसित किन सामेल नहुने? त्यसो गरेर तपाईंले तिनीहरूले जस्तै आनन्द उठाउन सक्नुहुन्छ।