प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km97 मे पृ. ७
  • हामी किन भेट्‌न गइरहन्छौं?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामी किन भेट्‌न गइरहन्छौं?
  • हाम्रो राज्य सेवकाई—१९९७
  • मिल्दोजुल्दो सामग्री
  • हामी किन बारम्बार गइरहन्छौं
    हाम्रो राज्य सेवकाई—२००७
  • किन प्रचार गरिरहने?
    हाम्रो राज्य सेवकाई—२००२
  • प्रचार गरिरहनुहोस्‌!
    हाम्रो राज्य सेवकाई—२०००
  • “कत्ति एउटै इलाकामा प्रचार गर्ने!”
    हाम्रो राज्य सेवकाई—२००१
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९७
km97 मे पृ. ७

हामी किन भेट्‌न गइरहन्छौं?

१ सेवकाईमा जाँदा वा अरू कुनै बेला तपाईंको मनमा कहिलेकाहीं यस्तो प्रश्‍न उब्जिएको छ? अचेल सोसाइटीले भारतका मण्डलीहरूलाई एक वर्षमा प्रचारगरि भ्याउने जति मात्र इलाका माग्न निर्देशन दिएको छ। यसो गर्दा, पहिले नयाँ नयाँ क्षेत्रहरूमा प्रचार गर्ने बानी परेका हामीहरूमध्ये कसै कसैलाई पनि त्यति सजिलो नलाग्ला। दोऱ्‍याइ तेऱ्‍याइ काम गरिसकेका केही इलाकाहरूका घरधनीहरूले हामीलाई सजिलै चिन्‍नसक्छन्‌ र हामीबाट तर्किहाल्न पनि सक्छन्‌। थोरैले मात्र हाम्रो कुरामा सकारात्मक चासो राख्लान्‌। तर जे होस्‌, हामी भेट्‌न गइरहनुमा धेरै महत्त्वपूर्ण कारणहरू छन्‌।

२ सबैभन्दा पहिलो कारण त अन्त नआएसम्म प्रचार गरिरहने आज्ञा हामीले पाएका छौं। (मत्ती २४:१४; २८:१९, २०) भविष्यवक्‍ता यशैयाले कहिलेसम्म प्रचार गरिरहनुपर्ने हो भनेर सोधे। उनले पाएको जवाफ यशैया ६:११ मा लिपिबद्ध छ। निस्सन्देह, उनलाई मानिसहरूकहाँ परमेश्‍वरको सन्देश लिएर गइरहन भनियो। त्यसैगरि, आज मानिसहरू हामीबाट तर्किए पनि हामीले हाम्रो इलाकामा भएका मानिसहरूसँग भेटघाट गरिरहेको यहोवा चाहनुहुन्छ। (इज. ३:१०, ११) हामीलाई सुम्पिएको यो पवित्र जिम्मेवारी हो।—१ कोरि. ९:१७.

३ मानिसहरूलाई भेट्‌न गइरहने हाम्रो कामले यहोवाप्रतिको हाम्रो समर्पणको गहिराइ प्रदर्शित हुन्छ। (१ यूह. ५:३) मानिसहरूलाई भेटिरहनुपर्ने यो अर्को कारण हो। यस अलावा, मानिसजातिले निकट भविष्यमा पाउने कुराहरू थाह हुँदा हुँदै पनि हाम्रा प्यारा छिमेकीहरूलाई यसको सूचना नदिई हामी कसरी चुप लागेर बस्नसक्छौं र? (२ तिमो. ४:२; याकू. २:८) हामीले आफूलाई दिइएको काम भरपर्दो ढंगमा पूरा गर्दा तिनीहरूले बारम्बार परमेश्‍वरतर्फको मुक्‍तिको सन्देश स्वीकार्ने मौका पाउँछन्‌ अनि तिनीहरूलाई सूचनै दिइएन भन्‍न पाउने छैनन्‌।—इज. ५:१३.

४ अर्को कुरा, मानिसहरूको मन कुनै बेला पनि बदलिनसक्छ। व्यक्‍तिगत परिस्थितिमा हेरफेर आउँदा, परिवारमा दुःख आइपर्दा अथवा विश्‍व परिस्थितिले गर्दा तिनीहरूलाई आफ्नो भविष्यबारे गहिरिएर सोच्न बाध्य गराउनसक्छ। त्यस बाहेक हामीले फेरि तिनीहरूको ढोकामा गएर केही कुरा सुनाउँदा कहिलेकाहीं सकारात्मक प्रतिक्रिया देखाउन पनि सक्छन्‌। (उप. ९:११; १ कोरि. ७:३१) अनि, मानिसहरू बसाइँ सरेका पनि हुनसक्छन्‌। फलतः हाम्रो इलाकामा सुसमाचारप्रति चासो देखाउने नयाँ मानिसहरू भेट्टाउनसक्छौं। आफ्नो जीवनको उद्देश्‍यबारे गहिरिएर सोच्ने कुनै जवान मानिस पो त्यहाँ सरेको छ कि।

५ भारतको प्रचार इलाका असीमित देखिए तापनि त्यहाँ प्रत्येक वर्ष कुनै एउटा इलाकामा मात्र ध्यानकेन्द्रित गरेर दोऱ्‍याइ तेऱ्‍याइ भेट्‌ने काममा ध्यान दिंदा परिणाम राम्रो पाइएको छ। प्रकाशकहरूको घरभन्दा धेरै टाढा भएका नयाँ क्षेत्रमा प्रचार गर्न गइरहनु सट्टा एउटै इलाकालाई राम्ररी ध्यान दिएर पुनःभेटहरू गर्दा परिणाम राम्रो पाइएको छ। जीवनभरमा एकचोटि मात्र भेट्‌दा जति असर पर्दछ, वर्षेनी नियमित रूपमा तिनीहरूलाई भेट्‌न जाँदा त्योभन्दा पक्कै बढी असर पर्छ। समय बित्दै जाँदा, प्रकाशकहरूको संख्या बढ्‌दै गएको अनुपातमा मण्डलीले सोसाइटीसँग अलि ठूलो इलाका माग्नसक्छन्‌ तर एक वर्षमा भ्याइसकिने जति मात्र माग्नुपर्छ।

६ त्यसोभए, के हामी भेट्‌न गइरहनेछौं त? अवश्‍य! धर्मशास्त्रले मानिसहरूलाई फेरि फेरि भेट्‌न गइरहने प्रशस्त प्रेरणा दिन्छ। अन्तमा, प्रचारको काम सिद्धिंदा सेवकाईमा प्रयत्नकासाथ अनवरत रूपमा लागिरहेको कारण यहोवाले हामीलाई आशिष्‌ दिनुहुनेछ। अनि, परमेश्‍वरको राज्यको सुसमाचार मूल्यांकनसहित स्वीकार्नेहरूलाई पनि उहाँले आशिष्‌ दिनुहुनेछ।—१ तिमो. ४:१६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने