ईश्वरतान्त्रिक सेवकाई पाठशालाको पुनरावलोकन
ईश्वरतान्त्रिक सेवकाई पाठशालामा मे ५ देखि अगस्त १८, १९९७ सम्मका हप्ताहरूमा गरिएका अध्ययनहरूमा आधारित पुस्तक-बन्द पुनरावलोकन। तोकिएको समयावधिभित्र तपाईंले सक्ने जति उत्तरहरूलाई लेख्नका लागि एउटा छुट्टै कागजको प्रयोग गर्नुहोस्।
[सूचना: लिखित पुनरावलोकनमा कुनै पनि प्रश्नको उत्तर दिन बाइबलको मात्र प्रयोग गर्न सकिन्छ। प्रश्नहरू पछि दिइएको सन्दर्भ सामग्रीहरू तपाईंको व्यक्तिगत अध्ययनको लागि हो। द वाचटावर-को सबै सन्दर्भ सामग्रीहरूमा पृष्ठ तथा अनुच्छेदको उल्लेख नगरिएको हुनसक्छ।]
निम्नलिखित बयानहरू सही वा गलत हुन्, उत्तर दिनुहोस्:
१. मर्कूस १:४१ मा उल्लिखित येशूको दयाले मानिसहरूप्रति यहोवाले देखाउनुहुने चासोको उत्प्रेरणादायी विवरणलाई चित्रित गर्छ। [साप्ताहिक बाइबल पढाइ; w-NP९६ ३/१ पृ. ५ हेर्नुहोस्।]
२. अन्तिम दिनका विशेषताहरू मत्ती २४, मर्कूस १३ र लूका २१ मा मात्र पाइन्छ। [ kl-NP पृ. १०२ को पेटी]
३. लूका ७:१९ मा पाइने बप्तिस्मा दिने यूहन्नाको प्रश्नले तिनमा विश्वासको कमी थियो भनेर देखाउँछ। [साप्ताहिक बाइबल पढाइ; w८७ १/१ पृ. १६ हेर्नुहोस्।]
४. येशूले आफ्ना चेलाहरूसित अन्तिम पटक निस्तार चाड मनाउनुहुँदा पत्रुसले मात्र उहाँलाई यसो भने: “म तपाईंलाई इन्कार गर्नेछैनँ।” [साप्ताहिक बाइबल पढाइ]
५. प्रेरित पत्रुस विवाहित थिए भन्नेबारे कुनै बाइबलीय प्रमाण छैन। [साप्ताहिक बाइबल पढाइ]
६. धर्मशास्त्रमा कहीं पनि पवित्र आत्माको व्यक्तिगत नाउँ दिइएको छैन। [ rs पृ. ४०७ अनु. १]
७. येशूले प्रचार गर्नुभएको राज्य, परमेश्वरको विश्वव्यापी सर्वसत्ताको अधीनमा छ। [ kl-NP पृ. ९१ अनु. ४]
८. यूहन्ना २०:१७ मा येशूले यहोवालाई “मेरा परमेश्वर” भन्नुभए तापनि धर्मशास्त्रमा कतै पनि यहोवाले येशूलाई “मेरा परमेश्वर” भन्नुभएको छैन नता यहोवा वा येशूले पवित्र आत्मालाई “मेरा परमेश्वर” भन्नुभएको छ। [ rs पृ. ४११ अनु. ४]
९. अरू सुसमाचारको पुस्तकमा भन्दा लूकाको पुस्तकमा बढी शब्दभण्डार छ भन्नेबारे युक्तिसंगत विवरण पाइँदैन। [ si पृ. १८७ अनु. २]
१०. येशूले फरिसीहरूलाई परमेश्वरको राज्य तिनीहरूबीच छ भन्नुहुँदा आफूलाई भावी राजा भनी उल्लेख गर्नुहुँदै थियो। (लूका १७:२१) [ kl-NP पृ. ९१ अनु. ६]
निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
११. व्याकरण नियमअनुसार बाइबलको कुनै पद एकभन्दा बढी तरिकामा अनुवाद गर्दा अनुवादकले कुन निर्देशनमूलक सिद्धान्त अपनाउनुपर्छ? [ rs पृ. ४१६ अनु. १]
१२. कोही कोही मानिसलाई सल्लाह स्वीकार्न किन गाह्रो लाग्छ? [ uw-NP पृ. १२७ अनु. ४]
१३. त्रिएक मत मान्नेहरू कुन स्थितिमा पुग्छन्? [ rs पृ. ४२४ अनु. ३]
१४. येशूले यसो भन्नुको तात्पर्य के थियो: “आफू आफूमा नून राख, र आपसमा मिलिरहो”? (मर्कूस ९:५०) [साप्ताहिक बाइबल पढाइ; w८५ ५/१५ पृ. २४ अनु. १२ हेर्नुहोस् ।]
१५. येशूले गरिब विधवीको भेटीप्रति राख्नुभएको दृष्टिकोणबाट हामी कुन मूल्यवान् पाठ सिक्नसक्छौं? (मर्कूस १२:४२-४४) [साप्ताहिक बाइबल पढाइ; w८७ १२/१ पृ. २९ अनु. ७-पृ. ३० अनु. १ हेर्नुहोस्।]
१६. मर्कूसको लेखनशैलीमा पत्रुसका केही विशेषताहरू कसरी देखिन्छन् र यसो हुनुको कारण के हुनसक्छ? [ si पृ. १८२ अनु. ५-६]
१७. मत्ती ६:९, १० र लूका ११:२-४ तुलना गर्दा नमुना प्रार्थनाका शब्दहरूलाई प्रार्थनामा दोऱ्याउनुपर्छ भन्ने होइन भनेर किन भन्नसक्छौं? [साप्ताहिक बाइबल पढाइ; w९० ५/१५ पृ. १६ अनु. ६ हेर्नुहोस्।]
१८. लूका ३:१, २ जस्ता पदहरू पढ्दा बाइबल भरपर्दो छ भन्ने कुरामा हाम्रो विश्वास झन् कसरी बढ्छ? [ si पृ. १८८ अनु. ७]
१९. येशूले स्वर्गारोहण हुने बित्तिकै शासन गर्न थाल्नुभएन भनेर भजन र हिब्रूका कुन शास्त्रपदहरूले देखाउँछन्? [ kl-NP पृ. ९६ अनु. १५]
२०. हामीलाई थाह छ कि येशूले परमेश्वरमाथिको विश्वास कहिल्यै गुमाउनुभएन, तैपनि उहाँ किन यसरी कराउनुभयो: “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभयो?” (मर्कूस १५:३४) [साप्ताहिक बाइबल पढाइ; w८७ ६/१५ पृ. ३१]
तल दिइएका बयानहरूलाई पूरा गर्न चाहिने शब्द(हरू) वा वाक्यांश थप्नुहोस्:
२१. स्मरणार्थ उत्सवमा प्रयोग गरिने रोटी र मद्य ____________ मात्र हुन्। रोटीले ____________ अनि मद्यले उहाँको ____________ लाई चित्रित गर्छ। [ uw-NP पृ. ११५ अनु. १३]
२२. यथार्थमा भएका घटनाहरूलाई विचार गर्दा स्वर्गीय बोलावट प्रायः सन् ____________ मा पूरा भइसकेको जस्तो देखिन्छ। किनकि त्यसै बेलादेखि ____________ को पार्थिव आशा स्पष्टसँग बुझ्न सकियो। [ uw-NP पृ. ११२ अनु. ६]
२३. बप्तिस्मा दिने यूहन्नाले प्रचार सुरु गर्दा यहूदियाको बडा हाकिम ____________ अनि गालीलको जिल्ला अधिकारी ____________ थिए। [साप्ताहिक बाइबल पढाइ; लूका ३:१ हेर्नुहोस्।]
२४. परमेश्वरका साँचो पुत्रहरूको मन र हृदय उत्प्रेरित गरेर साक्षी दिने आत्मा, ____________ हो। [ uw-NP पृ. ११३ अनु. ९]
२५. हामीले ____________ र यसको परिचालक निकायबाट आउने आध्यात्मिक प्रबन्धहरूलाई लूका १०:१६ मा बताएअनुसार मूल्यांकनको भावका साथ स्वीकार्दा ____________ प्रति आदर देखाइरहेका हुन्छौं। [ uw-NP पृ. १२३ अनु. १३]
निम्नलिखित प्रत्येक बयानहरूमा दिएको सही उत्तर छान्नुहोस्:
२६. मत्ती २७:५२ मा उल्लेख गरिएका पवित्र जनहरू (केही समयका लागि शरीरमा पुनरुत्थान गरिए; वास्तवमा भैंचालोले तिनीहरूको मृत शरीर चिहानबाट निकाले; येशूभन्दा अघि स्वर्गीय जीवनमा पुनरुत्थान भए) [साप्ताहिक बाइबल पढाइ; w९० ९/१ पृ. ७ हेर्नुहोस्।]
२७. कलस्सी १:१५ मा येशूलाई “सृष्टिको जेठो” भनिएको छ, जसको अर्थ हो (परमेश्वरजस्तै सुरुआतबिनाको; पृथ्वीमा परमेश्वरको पहिलो पुत्र; यहोवाका पुत्रहरूमध्ये जेठो)। [ rs पृ. ४०८ अनु. १]
२८. पवित्र आत्माद्वारा “विश्वासी र बुद्धिमान दास” नियुक्त भएको (सा.यु. ३३; १९१८; १९१९) मा पक्का भयो। (मत्ती २४:४५) [ uw-NP पृ. ११९ अनु. ६]
२९. सबै मसीहीहरू र विशेषगरि परमेश्वरको संगठनको देखभाल गर्नेहरूमाथि लागू हुने नियम हो: “तिमीहरू सबैमा जो (घमण्डी; प्रतिष्ठित; सबैभन्दा सानो) छ, त्यही ठूलो हुन्छ।” (लूका ९:४८) [ uw-NP पृ. १२२ अनु. १२]
३०. (मत्ती १०; मत्ती २४; लूका २१) मा लिपिबद्ध गरेअनुसार येशूले प्रचार गर्न पठाएकाहरूलाई सेवासम्बन्धी विशेष निर्देशनहरू दिनुभयो। [ si पृ. १८० अनु. ३१]
निम्नलिखित बाइबल पदहरूलाई तल दिइएका बयानहरूसित जोडा मिलाउनुहोस्:
हितो. ४:१३; दानि. ७:९, १०, १३, १४; मर्कूस ७:२०-२३; १३:१०; लूका ८:३१
३१. हाम्रो मन र हृदयमा आउनसक्ने कुनै पनि अधर्मी वा भ्रष्ट प्रभावलाई चिन्न सतर्क हुनुपर्छ र जरा गड्नअघि नै त्यसलाई उखेलेर फ्याँक्नुपर्छ। [ साप्ताहिक बाइबल पढाइ; w८९ ११/१ पृ. १४ अनु. १६ हेर्नुहोस्।]
३२. “हजार वर्ष[को]” दौडान शैतानसँगसँगै प्रेतहरू पनि मरेसरह निष्क्रिय हुन्छन्। (प्रका. २०:३) [साप्ताहिक बाइबल पढाइ]
३३. सीमित समयावधिभित्र विश्वव्यापी साक्षी कार्य पूरा गर्न ढिलासुस्ती नगर्ने मनोवृत्ति चाहिन्छ। [साप्ताहिक बाइबल पढाइ; w-NP९५ १०/१ पृ. २७ हेर्नुहोस्।]
३४. सल्लाह स्वीकार्नाले पछि पछुताउनुपर्ने बोली बोल्न र कार्य गर्नबाट जोगिन सकिन्छ। [ uw-NP पृ. १२८ अनु. ६]
३५. हामी आत्मिक प्राणीहरू देख्न सक्दैनौं। तैपनि यहोवाको वचनले उहाँको स्वर्गीय संगठन र पृथ्वीमा उहाँका उपासकहरूलाई प्रभाव पार्ने त्यसका केही क्रियाकलापहरूको झलक हामीलाई दिन्छ। [ uw-NP पृ. ११७ अनु. १]