प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km97 डिसेम्बर पृ. ७
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—१९९७
हाम्रो राज्य सेवकाई—१९९७
km97 डिसेम्बर पृ. ७

घोषणाहरू

▪ प्रस्तुत गरिने साहित्यहरू डिसेम्बर: यी तीन पुस्तकहरूमध्ये कुनै एक चन्दास्वरूप रु. ४५.०० मा प्रस्तुत गर्न सकिन्छ: पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ, (सानो साइजको रु. २५.००), बाइबलका कथाहरू भएको मेरो पुस्तक, (सानो साइजको रु. ३०.००) वा आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष। जुलाई महिनाको हाम्रो राज्य सेवकाई-मा सूचीबद्ध विशेष दरमा प्रस्तुत गरिने कुनै पनि पुस्तक रु. २.५० मा विकल्पको रूपमा प्रस्तुत गर्न सकिन्छ। जनवरी: सोसाइटीले अर्धमोल वा विशेष दरमा सूचीबद्ध गरेका कुनै पनि पुराना १९२ पृष्ठे पुस्तकहरू प्रस्तुत गर्ने। स्थानीय भाषामा यी पुस्तकहरू उपलब्ध नभए ज्ञान वा पारिवारिक आनन्द पुस्तक रु. २०.०० मा प्रस्तुत गर्न सकिन्छ। फेब्रुअरी: पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक चन्दास्वरूप रु. २५.०० मा (ठूलो साइजको रु. ४५.००) वा सोसाइटीले सूचीबद्ध गरेको कुनै पनि पुरानो १९२ पृष्ठे पुस्तक अर्धमोल वा विशेष पुस्तक दरमा प्रस्तुत गर्न सकिन्छ। स्थानीय भाषामा यस्ता किताबहरू उपलब्ध छैनन्‌ भने ज्ञान वा पारिवारिक आनन्द पुस्तकहरू प्रति गोटा रु. २०.०० मा प्रस्तुत गर्न सकिन्छ। मार्च: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ, चन्दास्वरूप रु. २०.०० मा। गृह बाइबल अध्ययन सुरु गर्नेतर्फ बढ्‌ता ध्यान दिनुहोस्‌।

सूचना: अहिलेसम्म पनि माथि उल्लिखित साहित्य अभियानमा प्रयोग गरिने साहित्य मण्डलीहरूले मगाएका छैनन्‌ भने अर्को साहित्य फाराम (S-AB-14) भर्दा अनुरोध गरी पठाउनुपर्छ। निम्न विशेष मूल्य सूचीमा पर्ने किताबहरू (प्रकाशक, अग्रगामी र सर्वसाधारण सबैका लागि मूल्य रु २.५०) हामीसित अझै उपलब्ध छन्‌: अनन्त जीवनतर्फ डोऱ्‍याउने सत्य—गुजराती; एक मात्र साँचो परमेश्‍वरको उपासनमा एकताबद्ध—तामिल, नेपाली, मराठी; के जीवन यति नै हो?—अंग्रेजी; “तपाईंको राज्य आओस्‌”—गुजराती, मराठी, हिन्दी; तपाईंलाई खुशी तुल्याउने सुसमाचार—गुजराती; “परमेश्‍वरले झूट बोल्न असम्भव छ”—कन्‍नडा; बाइबल—परमेश्‍वरको वचन वा मानिसको—अंग्रेजी; महान्‌ शिक्षकको कुरा सुन्‍ने—मराठी; “शान्तिका राजकुमारको” छत्रछायामा विश्‍वव्यापी सुरक्षा—अंग्रेजी।

▪ मण्डलीका अध्यक्ष वा उनले खटाएको कसैले डिसेम्बर १ मा वा त्यसको तत्कालैपछि लेखा परीक्षण गर्नुपर्छ। यो काम गरी सकेपछि मण्डलीमा घोषणा गर्नुहोस्‌।

▪ कलकत्तामा डिसेम्बर २६-२८, १९९७ तारिख हुने भनी तय गरिएको जिल्ला अधिवेशन कलकत्ताको सदर्न आभन्यू मार्ग, मेनोका सिनेमा हलअगाडि पर्ने रबिन्द्र सरोबर स्टेडियम हलमा हुनेछ।

▪ डिसेम्बर १२-१४, १९९७ तारिखका दिन सिलिगुडीमा हुने जिल्ला अधिवेशनको मुख्यालयको ठेगाना हो: Mr. Pradip Mondal, c/o G.N. Sarkar, Vidya Nilay, South Deshbondhu Para, Near Himachal Sangha, Siliguri Town P.O., WB 734 404.

▪ सन्‌ १९९८ मा चलाउनका लागि हरेक मण्डलीलाई यथेष्ट सेवा फारामहरू पठाइसकिएको छ। कृपया फारामहरू खेर नफाल्नुहोस्‌, जुन कामका लागि हुन्‌ त्यसैका लागि मात्र चलाउनुहोस्‌।

फारामहरूसँगसँगै नयाँ प्रहरीधरहरा प्रकाशन सूची-को (अंग्रेजी) चार प्रति पनि पठाइएको थियो। एउटा प्रति सचिवले राख्नुपर्छ र अरू चाहिं साहित्य, पत्रिका र लेखा सँभाल्ने भाइहरूलाई वितरण गर्नुपर्छ।

▪ सन्‌ १९९८ को वार्षिक पद हो: “यहोवाको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ।”—रोमी १०:१३. जनवरी १, १९९८ वा यथाशक्य चाँडो टाँग्न मण्डलीले नयाँ वार्षिक पदको पाटी तयार गर्नसके बेस हुनेछ।

▪ उपलब्ध नयाँ प्रकाशनहरू:

वाच टावर प्रकाशन अनुक्रमणिका १९९६—अंग्रेजी

यो एक वर्षे अनुक्रमणिका, अग्रगामीहरूका लागि रु. ८.०० अनि प्रकाशक तथा सर्वसाधारणका लागि रु. १२.०० मा उपलब्ध छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने