घोषणाहरू
▪ प्रस्तुत गरिने साहित्यहरू मे: प्रहरीधरहरा वा ब्यूँझनुहोस्!-को ग्राहक बनाउने। अर्धमासिक प्रकाशनको एक वर्षको ग्राहक शुल्क दर रु. ९०.०० मात्र। मासिक प्रकाशन एक वर्षको र अर्धमासिक प्रकाशन छ महिनाको ग्राहक शुल्क दर रु. ४५.०० मात्र। मासिक प्रकाशनको छ महिने ग्राहक बन्ने सुविधा छैन। ग्राहक बन्न नमानेमा एक प्रति रु. ४.०० मा प्रस्तुत गर्नुपर्छ। कृपया ग्राहक बनाउँदा यो कुरा नबिर्सनुहोस्, पंजाबी र उर्दूबाहेक (यी दुई भाषामा मासिक मात्र छ), नेपाली र अन्य सबै भारतीय भाषाहरूमा अर्धमासिक प्रहरीधरहरा उपलब्ध छ। ब्यूँझनुहोस्! तामिल र मल्यालममा अर्धमासिक तर कन्नडा, गुजराती, तेलगु, नेपाली, मराठी र हिन्दीमा मासिक प्रकाशित हुन्छ। उर्दू, पंजाबी र बंगालीमा मण्डलीले वितरण गर्नको लागि त्रैमासिकमा ब्यूँझनुहोस्! उपलब्ध छ तर यी तीन भाषाहरूमा ग्राहक बन्ने सुविधा उपलब्ध छैन। जून: आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तक चन्दास्वरूप रु. २०.०० मा। (अग्रगामीहरूलाई रु. १५.००) यो पुस्तक छैन भने अर्धमोल वा विशेष दरमा सूचीबद्ध गरिएका कुनै पनि पुराना १९२ पृष्ठे पुस्तकहरू प्रस्तुत गर्न सकिन्छ। जुलाई र अगस्त: चन्दास्वरूप रु. ६.०० मा कुनै पनि ३२ पृष्ठे निम्न पुस्तिका प्रस्तुत गर्न सकिन्छ: के तपाईंले त्रिएकमा विश्वास गर्नुपर्ने हो? (अंग्रेजी), के परमेश्वर साँच्चै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्य के हो—तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, तपाईंको प्रिय जनको मृत्यु हुँदा, त्यो राज्य जसले प्रमोदवन ल्याउनेछ, परमेश्वर हामीबाट के चाहनुहुन्छ?, पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्!, सधैंभरि रहिरहने ईश्वरीय नाउँ (अंग्रेजी), सबैका लागि उपयोगी किताब, हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ?, “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु,”। मौका हेरेर के युद्धरहित संसार सम्भव छ? (अंग्रेजी) र मृतकहरूको आत्मा—तिनीहरूले तपाईंलाई मदत गर्नसक्छ वा हानि गर्नसक्छ? के तिनीहरू साँच्चै छन्? (अंग्रेजी) पुस्तिकाहरू प्रस्तुत गर्न सकिन्छ।
सूचना: अहिलेसम्म पनि माथि उल्लिखित साहित्य अभियानमा प्रयोग गरिने साहित्य मण्डलीहरूले मगाएका छैनन् भने अर्को साहित्य फाराम (S-AB-14) भर्दा अनुरोध गरी पठाउनुपर्छ।
▪ उपलब्ध नयाँ प्रकाशनहरू:
बाइबल छलफल कसरी थाल्ने र गरिरहने (तर्क [अंग्रेजी] पुस्तकको पृष्ठ ९-२४ बाट)—उर्दू
बाइबलका आधारभूत शिक्षाहरू (बप्तिस्मा लिन चाहनेहरूका लागि हाम्रो सेवकाई [अंग्रेजी] पुस्तकबाट निकालेका प्रश्नहरू)—उर्दू
हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ?—ओरिया, कोंकणी (कन्नडा लिपिमा)
▪ स्टकमा नभएका प्रकाशनहरू:
महान् शिक्षकको कुरा सुन्ने—मराठी, मल्यालम, तामिल
▪ मण्डली पुस्तक अध्ययन: सबै मण्डलीहरूमा मे ४, १९९८ देखि हाम्रो राज्य सेवकाई-मा दिइएको तालिकाअनुसार ज्ञान किताब अध्ययन गरिनेछ। अप्रिलको हाम्रो राज्य सेवकाई-मा बताइएका पुस्तिकाहरू अध्ययन गरिनेछैन।