घोषणाहरू
▪ प्रस्तुत गरिने साहित्यहरू जून: आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष अथवा पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक प्रस्तुत गर्ने। यी पुस्तक छैनन् भने अर्धमोल वा विशेष दरमा सूचीबद्ध गरिएका १९२ पृष्ठे पुराना पुस्तकहरू प्रस्तुत गर्न सकिन्छ। सूचना: महान पुरुष अथवा सधैंभरि बाँच्न सक्नु हुन्छ (ठूलो) चन्दास्वरूप रु. २०.०० मा। (अग्रगामीहरूलाई रु. १५.००) सधैंभरि बाँच्न सक्नु हुन्छ (सानो) रु १५.०० मा प्रस्तुत गर्न सकिन्छ। (अग्रगामीहरूलाई रु. १०.००) जुलाई र अगस्त: निम्न ३२ पृष्ठे पुस्तिकाहरूमध्ये कुनै पनि चन्दास्वरूप रु. ६.०० मा प्रस्तुत गर्न सकिन्छ: के तपाईंले त्रिएकमा विश्वास गर्नुपर्ने हो? (अंग्रेजी), के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्य के हो?—तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, तपाईंको प्रियजनको मृत्यु हुँदा (अंग्रेजी), त्यो राज्य जसले प्रमोदवन ल्याउने छ, परमेश्वर हामीबाट के चाहनुहुन्छ?, पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्!, सधैंभरि रहिरहने ईश्वरीय नाउँ (अंग्रेजी), सबैका लागि उपयोगी किताब, हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ? र “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु।” उपयुक्त भएमा मृतकहरूका आत्मा—तिनीहरूले तपाईंलाई मदत गर्नसक्छ वा हानि गर्नसक्छ? के तिनीहरू साँच्चै छन्? (अंग्रेजी) र के युद्धरहित संसार सम्भव छ? (अंग्रेजी) नामक पुस्तिकाहरू पनि प्रस्तुत गर्न सकिन्छ। सेप्टेम्बर: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ पुस्तक प्रस्तुत गर्ने। यो पुस्तक छैन भने सृष्टि (अंग्रेजी) वा सधैंभरि बाँच्न सक्नु हुन्छ प्रस्तुत गर्न सकिन्छ।
▪ मण्डलीका अध्यक्ष वा उनले खटाएको कसैले जून १ मा वा त्यसको तत्कालैपछि लेखा परीक्षण गर्नुपर्छ। यो काम गरिसकेपछि मण्डलीमा घोषणा गर्नुहोस्।
▪ उपलब्ध नयाँ प्रकाशनहरू:
जीवनको उद्देश्य के हो?—तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ? —पंजाबी
▪ पुनः उपलब्ध प्रकाशनहरू:
यहोवाका साक्षीहरू के विश्वास गर्छन? (पर्चा न. १४)—उर्दू
शान्तिमय नयाँ संसारमा जीवन (पर्चा न. १५)—उर्दू
कुरूक्षेत्रदेखि आरमागेडोनसम्म —अनि तपाईंको बचावट—तेलगु
“राज्यको यो सुसमाचार”—तेलगु, बंगाली, मराठी र हिन्दी