प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km98 अगस्त पृ. ७
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—१९९८
हाम्रो राज्य सेवकाई—१९९८
km98 अगस्त पृ. ७

घोषणाहरू

▪ अगस्त-मा प्रस्तुत गरिने साहित्य: निम्न कुनै पनि ३२ पृष्ठे पुस्तिका प्रस्तुत गर्न सकिन्छ: के तपाईंले त्रिएकमा विश्‍वास गर्नुपर्ने हो? (अंग्रेजी), के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्‍य के हो—तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, तपाईंको प्रिय जनको मृत्यु हुँदा, त्यो राज्य जसले प्रमोदवन ल्याउनेछ र पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्‌! मौका हेरेर के युद्धरहित संसार सम्भव छ? (अंग्रेजी), मृतकहरूका आत्मा—तिनीहरूले तपाईंलाई मदत गर्नसक्छन्‌ वा हानि गर्नसक्छन्‌? के तिनीहरू साँच्चै छन्‌? (अंग्रेजी), सबैका लागि उपयोगी किताब, र हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ? पुस्तिकाहरू प्रस्तुत गर्न सकिन्छ। सेप्टेम्बर: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ। अक्टोबर: प्रहरीधरहरा र ब्यूँझनुहोस!-को ग्राहक बनाउनुहोस्‌। ग्राहक बन्‍न इन्कार गरेमा प्रहरीधरहरा र ब्यूँझनुहोस!-का प्रतिहरू प्रस्तुत गर्न सकिन्छ। नोभेम्बर: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ।

▪ अगस्त महिनाको क्षेत्र सेवा रिपोर्ट आइतबार, अगस्त ३० वा सोमबार अगस्त ३१ सम्म जसरी भए पनि आफ्नो मण्डलीमा बुझाइहाल्न सबै प्रकाशकहरूलाई प्रोत्साहित गरिन्छ। त्यसपछि मण्डलीको सचिवले मण्डली रिपोर्ट (S-1) बिहीबार सेप्टेम्बर ३ भित्र सोसाइटीलाई पठाइहाल्न यथासक्य प्रयत्न गर्नुपर्छ। अतः सेवा वर्षको वार्षिक रिपोर्ट संकलन गर्न हामीले ती समयमै पाउनेछौं।

▪ प्रत्येक मण्डलीले तीनवटा साहित्य सूची फाराम (S-AB-18) पाउनेछन्‌। मण्डलीको सचिवले अगस्त महिनाको सुरुतिरै साहित्य सेवकलाई भेटेर त्यस महिनाको अन्तमा मण्डलीसित साहित्यहरूको बाँकी स्टकको सूची तयार गर्न मिति तय गर्नुपर्छ। स्टकमा भएका सबै साहित्यहरूको सही गणना लिनुपर्छ र कुल संख्या साहित्य सूची फाराममा भर्नुपर्छ। पत्रिकाहरूको कुल संख्या पत्रिका सेवकबाट प्राप्त गर्न सकिन्छ। कृपया सेप्टेम्बर ६ अगावै सोसाइटीलाई त्यसको सकली प्रति पठाउनुहोस्‌। यसको एउटा प्रतिलिपि तपाईंको फाइलमा राख्नुहोस्‌। त्यसको तेस्रो प्रति काम गर्नको लागि प्रयोग गर्न सकिन्छ। सचिवले सूचीमा भर्ने कार्यलाई सुपरिवेक्षण गर्नुपर्छ र पूरा भरिसकेको फारामलाई मण्डलीको अध्यक्षले जाँच्नुपर्छ। सचिव र अध्यक्ष दुवैले फाराममा दस्तखत गर्नेछन्‌।

▪ मण्डलीको सचिवले मण्डली विश्‍लेषण रिपोर्ट फाराम (S-10) भर्न सेवा रिपोर्टहरू जम्मा गर्नेछन्‌। यस काममा सहयोग गर्ने कुनै प्राचीन वा सेवकाई सेवकलाई तिनले होसियारीपूर्वक निर्देशन दिनेछन्‌ ताकि प्रकाशक अभिलेख कार्डबाट (S-21) आवश्‍यक जानकारीहरू लिएर सही सूची तयार गर्न सकियोस्‌। फाराम भर्नुअघि कृपया त्यसमा उल्लिखित सम्पूर्ण निर्देशनहरू पढ्‌नुहोस्‌। मण्डली विश्‍लेषण रिपोर्ट फाराममा सही विवरणहरू सफासित भर्नुपर्छ र त्यसमा हस्ताक्षर गर्नुअघि सेवा समितिले होसियारीपूर्वक जाँच्नुपर्छ। कृपया सोसाइटीलाई S-10 फारामको सकली प्रति सेप्टेम्बर १० अगावै पठाउनुहोस्‌; त्यसको एउटा प्रतिलिपि आफ्नो फाइलमा राख्नुहोस्‌।

▪ नियमित अग्रगामीको निम्ति आएका सम्पूर्ण दर्खास्तहरूलाई मण्डलीको सेवा समितिले तुरुन्तै ध्यान दिइहाल्नुपर्छ। निवेदन दिने व्यक्‍तिले आवश्‍यक घण्टा बुझाउन सक्छ कि सक्दैन निधो गर्न सेवा समितिले उक्‍त निवेदन राखिरहनु हुँदैन। प्रकाशकले निवेदन गरेको नियुक्‍ति मिति सोसाइटीले निवेदन पाएको मितिको आधारमा स्वतः परिवर्तन हुनसक्छ। त्यस्तै नगरी नहुने परिस्थितिमा बाहेक पहिलेकै मितिमा नियुक्‍ति गरिनेछैन। यदि परिस्थिति यस्तै छ भने उक्‍त निवेदनसँगसँगै पत्र पठाउनुहोस्‌।—अक्टोबर १९८६, हाम्रो राज्य सेवकाई, परिशिष्ट, अनुच्छेद २४-६ हेर्नुहोस्‌।

▪ जुलाई १९९८ अंकको हाम्रो राज्य सेवकाई-मा सेप्टेम्बर २१ देखि मण्डली पुस्तक अध्ययनमा चाहनुहुन्छ पुस्तिका पढ्‌ने घोषणा गरिएको थियो। उक्‍त पुस्तिका पछि जीवनको उद्देश्‍य के हो—तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ? र के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ? पुस्तिकाहरू अध्ययन गरिनेछन्‌।

▪ पुनः उपलब्ध प्रकाशनहरू:

हाम्रो सेवकाई पूरा गर्न व्यवस्थित (संशोधित)—अंग्रेजी

इम्फाटिक डाइग्लोट—अंग्रेजी

किङडम इन्टरलिनियर—अंग्रेजी

पवित्र धर्मशास्त्रको नयाँ विश्‍व अनुवाद, (ठूलो छापामा) [चार खण्डहरूको सेट]—अंग्रेजी

द बाइबल इन लिभिङ इङ्‌लिस

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने