प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km98 अक्टोबर पृ. १
  • पुनःभेटका चुनौतीहरू सामना गर्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पुनःभेटका चुनौतीहरू सामना गर्ने
  • हाम्रो राज्य सेवकाई—१९९८
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरले चाहनुहुने जीवनशैली पछ्याउन कटिबद्ध
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • यहोवा आफ्ना आनन्दित जनलाई भेला गर्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • यहोवाका साक्षीहरूले अन्तरराष्ट्रिय अधिवेशनहरू आयोजन गर्नेछन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • “ज्योति वाहकहरू” जिल्ला सम्मेलनहरूमा थुप्रा आशिषहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९८
km98 अक्टोबर पृ. १

पुनःभेटका चुनौतीहरू सामना गर्ने

१ सुसमाचारका सेवकहरूको हैसियतमा हामीलाई चेला बनाउने आज्ञा दिइएको छ। (मत्ती २८:१९, २०) यसमा पुनःभेट गर्न योजना बनाउनु पनि समावेश छ। पुनःभेट गर्न पोख्त हुनु उत्साहबर्धक चुनौती हुनसक्छ। तथापि, यसका लागि परमेश्‍वरको राज्य आशा अरूसित बाँड्‌न हामीले आफ्ना केही व्यक्‍तिगत सुखसुविधाहरू त्याग्नु आवश्‍यक पनि हुनसक्छ। पुनःभेटद्वारा हामी निष्कपट व्यक्‍तिहरूलाई तिनीहरूका आध्यात्मिक आवश्‍यकता तृप्त पार्न सहायता दिने मौका पाउछौं।

२ सबै जिज्ञासुहरूकहाँ जानुहोस्‌: परमेश्‍वरको राज्य सन्देशमा चासो देखाउने सबैसित पुनःभेट गर्नुपर्छ, चाहे तीमध्ये कसै कसैले हाम्रा प्रकाशनहरू लिन अस्वीकार गरेको नै किन नहोस्‌। तर कसरी हाम्रो सन्देशमा चासो जगाउन सकिन्छ? मुख्यतः परमेश्‍वरको वचन बाइबल चलाएर। मानिसहरूसित निश्‍चित धर्मशास्त्रीय छलफलहरू गरेर राज्य सन्देशमा कसरी चासो जगाउन सकिन्छ भनी येशू तथा उहाँका प्रेरितहरूले प्रदर्शित गरे।—मर्कू. १०:१७-२१; प्रेरि. २:३७-४१.

३ पुनःभेट गर्न जाँदा हाम्रो उद्देश्‍य बाइबल अध्ययन सुरु गर्ने हुनुपर्छ। हामीले घरपतिलाई गृह बाइबल अध्ययन सञ्चालन गर्ने तरिका देखाउनसक्छौं। सिकाउनको निम्ति इमानदार हृदय भएका व्यक्‍तिहरू भेट्टाउने तपाईंको प्रार्थनाको जवाफ यहोवाले दिनुहुन्छ भनी तपाईं निश्‍चित हुन सक्नुहुन्छ। अतः पुनःभेट गर्न जानुअघि तपाईंको पुनःभेट बाइबल अध्ययनमा परिणत होस्‌ भनेर यहोवालाई बिन्ती गरे कसो होला? हो, सबै पुनःभेटहरू बाइबल अध्ययन गर्न राजी हुँदैनन्‌। तर हामी यहोवालाई प्रार्थनाद्वारा जिज्ञासुहरूको मन परिवर्तन गरिदिन बिन्ती गर्नसक्छौं।

४ पर्चाहरूको सदुपयोग गर्नुहोस्‌: विशेषगरि पहिलो भेटमा कुनै पनि प्रकाशन नस्वीकारेका व्यक्‍तिहरूसित पुनःभेट गर्दा बाइबल अध्ययन थाल्न पर्चा प्रभावकारी ढंगमा प्रयोग गर्न सकिन्छ। पर्चाको चित्रबारे मात्र छलफल गरेर पनि थुप्रैले वार्तालाप सुरु गरेका छन्‌। एक एक अनुच्छेद पढेर घरपतिलाई सुनाउनुहोस्‌। प्रश्‍न सोध्दा रोक्किनुहोस्‌ र घरपतिलाई आफ्नो विचार व्यक्‍त गर्न आग्रह गर्नुहोस्‌। शास्त्रपदहरू हेर्नुहोस्‌ र ती कसरी लागू हुन्छन्‌, देखाउनुहोस्‌। त्यसपछि अध्ययन गरिने प्रकाशनतर्फ वार्तालाप मोड्‌न सक्नुहुन्छ।

५ सफलतापूर्वक चुनौती सामना गर्ने: कोही कोही प्रकाशकहरूले घरपतिलाई “केही थप प्रश्‍नहरू भएमा कृपया यस प्रकाशनको पछिल्लो पृष्ठमा लेखिएको ठेगानामा पत्राचार गर्नुहोस्‌,” भन्छन्‌ भनी परिभ्रमण निरीक्षकहरूले रिपोर्ट गरेका छन्‌। तथापि, माथि उल्लिखित सुझाउहरू मनमा राख्दै तथा हाम्रो राज्य सेवकाई, मार्च १९९७ को “निर्भय भई पुनःभेट गर्नुहोस्‌” भन्‍ने परिशिष्ट ध्यानपूर्वक पुनरावृत्ति गर्दै हामीले पुनःभेट गर्दा चुनौतीहरू प्रभावकारी ढंगमा सामना गर्नसक्छौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने