प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km98 नोभेम्बर पृ. १
  • सभाहरूमा टिप्पणी गरेर एक अर्कालाई प्रोत्साहित गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सभाहरूमा टिप्पणी गरेर एक अर्कालाई प्रोत्साहित गर्नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—१९९८
  • मिल्दोजुल्दो सामग्री
  • सभामा यहोवाको प्रशंसा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • सभामा एकअर्कालाई प्रोत्साहन दिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • “समुदायको बीचमा” यहोवाको प्रशंसा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवकाई—१९९५
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९८
km98 नोभेम्बर पृ. १

सभाहरूमा टिप्पणी गरेर एक अर्कालाई प्रोत्साहित गर्नुहोस्‌

१ हिब्रू १०:२४ मा हामीलाई ‘एक अर्कोलाई प्रेम र सुकर्ममा उत्तेजित गर्न’ सल्लाह दिइएको छ। यसमा, मण्डलीका सभाहरूमा अर्थपूर्ण टिप्पणीहरू गरेर एक अर्कालाई प्रोत्साहित गर्नु पनि समावेश छ। हामीले किन टिप्पणी गर्नुपर्छ? कसरी टिप्पणी गर्नसक्छौं? कस कसले फाइदा उठाउने छन्‌?

२ यसो सम्झनुहोस्‌ त, तपाईंको समझ बढाउन र आध्यात्मिकतालाई बलियो बनाउन अरूको सरल तथा स्पष्ट अभिव्यक्‍तिबाट कति चोटि फाइदा उठाउनुभएको छ। तपाईंले पनि त्यसै गर्ने सुअवसर पाउनुभएको छ। तपाईंले टिप्पणी गर्नुहुँदा उपस्थित सबैलाई प्रोत्साहित गर्न “केही आत्मिक वरदान” दिने इच्छा प्रकट गरिरहनुभएको हुनेछ।—रोमी १:११, १२.

३ राम्रो टिप्पणी कसरी गर्ने: अनुच्छेदको सम्पूर्ण कुरा ढाक्नेगरि लामो टिप्पणी नदिनुहोस्‌। लामो टिप्पणीले अक्सर जे सोधिएको हो त्यसको खास जवाफ दिंदैन साथै अरूलाई पनि टिप्पणी गर्नदेखि निरुत्साहित गर्नसक्छ। कुनै पनि अनुच्छेदमा प्रथम चोटि जवाफ दिंदा मुद्रित प्रश्‍नको सीधै जवाफ दिनुपर्छ। थप टिप्पणी गर्नेहरूले त्यस विषयवस्तु व्यवहारमा कसरी उतार्न सकिन्छ वा शास्त्रपदहरू कसरी लागू हुन्छ भनेर टिप्पणी गर्नसक्छन्‌। स्कूल निर्देशन पुस्तक (अंग्रेजी), पृष्ठ ९०-२ हेर्नुहोस्‌।

४ टिप्पणी दिने विचारले मात्र पनि तपाईं पसिना पसिना हुनुहुन्छ भने छोटो टिप्पणी पहिल्यै तयार गर्नुहोस्‌ अनि त्यस प्रश्‍नको जवाफ दिन चाहनुहुन्छ भनी सञ्चालकलाई बताउनुहोस्‌। दुई तीन वटा सभाहरूमा यसो गर्नुभएपछि भाग लिन सजिलो हुनेछ। स्मरण रहोस्‌, मोशा र यर्मियाले पनि जनसमक्ष बोल्न सक्दिनँ भनेका थिए। (प्रस्थ. ४:१०; यर्मि. १:६) तर यहोवाले तिनीहरूलाई उहाँको निम्ति बोल्ने मदत दिनुभयो र उहाँले तपाईंलाई पनि मदत गर्नुहुनेछ।

५ तपाईंको टिप्पणीबाट क-कसले फाइदा उठाउनेछ? तपाईं आफैले फाइदा उठाउनुहुनेछ किनभने तपाईंको मन अनि हृदयमा सत्य ठप्प बस्नेछ र जानकारी पछिसम्म सम्झन मदत गर्नेछ। साथै तपाईंको प्रोत्साहनदायी अभिव्यक्‍तिहरू सुनेर अरूले पनि लाभ उठाउनेछन्‌। अनुभवी, जवान, लजालु वा नयाँ व्यक्‍ति, सबैले मण्डलीका सभाहरूमा आफ्नो विश्‍वास व्यक्‍त गर्ने प्रयास गर्दा हामी प्रोत्साहित हुन्छौं।

६ सभाहरूमा एक अर्कालाई प्रोत्साहित गर्ने ‘ठीक बेलामा भनिएका कुरा झन्‌ कति असल हुन्छ’ भनी हामीलाई पक्का हुनेछ!—हितो. १५:२३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने