घोषणाहरू
▪ नोभेम्बर-मा प्रस्तुत गरिने साहित्य: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ। डिसेम्बर: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ-को साथमा नयाँ विश्व अनुवाद। जनवरी: अर्धमोल वा विशेष दरमा सूचीबद्ध गरिएका कुनै पनि पुराना १९२ पृष्ठे पुस्तकहरू।
▪ आजकाल विदेश घुम्न जान सजिलो भएको छ। फलस्वरूप, हाम्रा थुप्रै भाइबहिनीहरू अन्य देशहरू घुम्न जाने प्रबन्धहरू मिलाउँछन्। तिनीहरूले जानकारीको निम्ति बारम्बार सोसाइटीको शाखा कार्यालयहरूमा सम्पर्क राख्छन्। राज्यभवनको ठेगाना तथा सभा समय पत्ता लगाउनका लागि स्थानीय मण्डलीहरूसित सम्पर्क राख्ने तरिका बताइदिन शाखा कार्यालयहरू खुसी छन्। साथै तिनीहरूले शाखा कार्यालय हेर्न जाँदा पालन गर्नुपर्ने निर्देशनहरू पनि दिनसक्छन्। तथापि, थुप्रैले यातायातको प्रबन्ध, होटल तथा स्थानीय आकर्षक स्थलहरू तथा त्यस्तै अन्य कुराहरूका जानकारीको निम्ति पनि सम्पर्क राखेको रिपोर्टहरू पाइएका छन्। शाखा कार्यालयहरूसित यस्ता जानकारीहरू छैन नता यस प्रकारका जानकारीहरू दिन फुर्सत नै छ। यस्ता जानकारीहरूका निम्ति आगन्तुकहरूलाई ट्राभल एजेन्ट वा पर्यटन कार्यालयहरूमा सम्पर्क राख्न सुझाउ दिइन्छ। साधारणतया तिनीहरूले पर्यटकहरूलाई यस्तो जानकारीहरू दिने गर्छन्।
▪ भारतमा सेप्टेम्बर १, १९९८ देखि तीन वटा नयाँ क्षेत्र सुरु गरेको घोषणा गर्न पाउँदा हामी हर्षित छौं। ती हुन्: केरालामा नवौं क्षेत्र, तामिल नाडुमा छैठौं क्षेत्र तथा आन्द्रप्रदेशमा तेस्रो क्षेत्र। अब भारतमा जम्मा २७ क्षेत्र भएको छ।
▪ पहिला भारत शाखाले देखभाल गर्दै आएको नेपाल र बंगालादेशको काम अब सेप्टेम्बर १, १९९८ देखि जापान शाखालाई सुम्पिएको छ।
▪ उपलब्ध नयाँ प्रकाशनहरू:
यहोवाका साक्षीहरू के विश्वास गर्छन? (पर्चा न. १४)
शान्तिमय नयाँ संसारमा जीवन (पर्चा न. १५)
मृत प्रिय जनहरूका लागि के आशा छ? (पर्चा न. १६)
[यी नयाँ प्रकाशनहरू आसामी र कोंकणीमा उपलब्ध छन् (रोमी लिपि)]
▪ पुनः उपलब्ध प्रकाशनहरू:
निराशहरूका लागि सान्त्वना? (पर्चा न. १९)—उर्दू
के तपाईंले त्रिएकमा विश्वास गर्नुपर्ने हो?—तामिल
▪ उपलब्ध नयाँ भिडियोक्यासेट:
नूह—तिनी परमेश्वरको साथै हिंडे—अंग्रेजी
[पच्चीस मिनेटको यो भिडियो विशेषगरि बच्चाहरूको लागि तयार पारिएको हो। विश्वासी नूह तथा तिनको परिवारको बाइबलीय विवरण चित्रण गर्न यस भिडियोमा चित्रकला, स्पेशल इफेक्टका साथै सजीव चित्रहरू समावेश गरिएका छन्। बाइबल कथालाई मनमोहक ढंगमा प्रस्तुत गर्न अक्रेस्ट्रा तथा ध्वनि प्रभावहरूले पनि योगदान पुऱ्याएका छन्। बच्चाहरूलाई सिकाउन भिडियोको खोलमा शिक्षण प्रश्नहरू उपलब्ध गरिएका छन्।]