प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km98 डिसेम्बर पृ. ८
  • नयाँ विश्‍व अनुवाद प्रस्तुत गर्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नयाँ विश्‍व अनुवाद प्रस्तुत गर्ने
  • हाम्रो राज्य सेवकाई—१९९८
  • मिल्दोजुल्दो सामग्री
  • विश्‍वभरि लाखौंले मन पराएको न्यु वर्ल्ड ट्रान्सलेशन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • परमेश्‍वरको वचनका प्रेमीहरूका लागि उल्लेखनीय उपलब्धि
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • नयाँ संसार अनुवाद सही छ?
    यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू
  • नयाँ संसार अनुवाद—बुझ्न सजिलो र सही अनुवाद
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९८
km98 डिसेम्बर पृ. ८

नयाँ विश्‍व अनुवाद प्रस्तुत गर्ने

१ “नयाँ विश्‍व [ अनुवाद] (अंग्रेजी) सबैसित हुनुपर्ने किताब हो। यो सजीव र जीवन्त छ अनि यसले पाठकहरूलाई सोच्न बाध्य बनाउँछ, पढूँ पढूँ बनाउँछ। “यो बाइबलका समालोचकहरूले अनुवाद गरेका होइनन्‌ तर परमेश्‍वर र उहाँको वचनलाई आदर गर्ने विद्वानहरूले गरेका हुन्‌।” एक हिब्रू तथा युनानी टिप्पणीकारले उपरोक्‍त टिप्पणी गरेका थिए। अनि हामी तिनीसित सहमत छौं। डिसेम्बरमा ज्ञान पुस्तकसँगै नयाँ विश्‍व अनुवाद प्रस्तुत गर्दा अरूलाई पनि यस्तै मूल्यांकन व्यक्‍त गर्न हामी कसरी मदत गर्नसक्छौं?

२ केही मानिसहरूले “मसितै बाइबल छ, मलाई अर्को चाहिंदैन” भन्लान्‌। तिनीहरूलाई नयाँ विश्‍व अनुवाद भिन्‍नै प्रकारको बाइबल हो भनेर बुझाउनु नै हामीले सामना गर्नुपर्ने चुनौती हो। आधुनिक भाषामा अक्षरशः अनुवाद गरिएको यो बाइबलले मूल ग्रन्थको भावलाई दुरुस्त उतारेको छ। अरू बाइबलभन्दा यो उत्कृष्ट कसरी छ, त्यो देखाउन अनुवाद गरिएका शब्दहरूको तुलना गर्नसकिन्छ। जस्तै, १ कोरिन्थी १०:२५ मा “शाम्बल्स” (किङ जेम्स भर्सन) अनुवाद गरिएको शब्दलाई “मीट मार्केट” (नयाँ विश्‍व अनुवाद) भनेर अनुवाद गरेको छ।

३ तथापि, थोरै मानिसहरू मात्र बाइबल पढ्‌छन्‌ भने यसका सिद्धान्तहरू बुझेर दैनिक जीवनमा प्रयोग गर्नु त परै जाओस्‌, बाइबल पढ्‌ने मानिसहरूसमेत अचेल ज्यादै कम भेटिन्छन्‌। परमेश्‍वरको वचनले जीवन सुधार्छ भनेर तिनीहरूले बुझ्नु आवश्‍यक छ। अनि यसका इमानदारी, नैतिकता तथा पारिवारिक जीवनसम्बन्धी सल्लाह पालन गर्नाले समस्यासित जुझ्ने मदत पाउन सकिन्छ भनेर पनि तिनीहरूले बुझ्नु आवश्‍यक छ। तर यो कसरी गर्न सकिएला?

४ सुझावित प्रस्तुति: “आज नैतिक मूल्य तथा मान्यताहरू असाध्यै छिटो बद्‌लिंदैछ! त्यसमाथि हाम्रो जीवन असाध्यै अनिश्‍चित भएकोले हामीलाई जीवनमा एउटा भरपर्दो निर्देशन चाहिन्छ भनेर के तपाईं मानिलिनुहुन्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] बाइबल सबैभन्दा पुरानो किताब भए तापनि यसले आधुनिक तथा आनन्दित पारिवारिक जीवन बिताउन व्यवहारिक सल्लाह दिएको छ।” त्यसपछि ज्ञान पुस्तकको अध्याय २ पल्टाउनुहोस्‌ र अनुच्छेद १० पूरै अनि अनुच्छेद ११ को पहिलो हरफलगायत २ तिमोथी ३:१६, १७ पढ्‌नुहोस्‌। चासो देखाएमा ज्ञान पुस्तक प्रस्तुत गर्नुहोस्‌, निश्‍शुल्क गृह बाइबल अध्ययनबारे बताउनुहोस्‌ र नयाँ विश्‍व अनुवाद प्रस्तुत गर्नुहोस्‌। चाहनुहुन्छ पुस्तिकाबाट अध्ययन सुरु गर्दा बेस हुन्छ जस्तो लागेमा तपाईं त्यसै गर्न सक्नुहुन्छ। तपाईंले तर्क (अंग्रेजी) पुस्तकको पृष्ठ ९-१५ मा थप उपयुक्‍त परिचयहरू पाउन सक्नुहुनेछ।

५ डिसेम्बरमा यस अत्युत्तम नयाँ विश्‍व अनुवाद जोसिलो भई मानिसहरूलाई प्रस्तुत गरेर यसप्रति हाम्रो मूल्यांकन जाहेर गरौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने