घोषणाहरू
▪ अप्रिल र मे: प्रहरीधरहरा र ब्यूँझनुहोस्!-को ग्राहक बनाउने। इच्छुक व्यक्तिहरूलाई चाहनुहुन्छ पुस्तिका प्रस्तुत गर्नुहोस् र गृह बाइबल अध्ययन सुरु गर्न प्रयत्न गर्नुहोस्। जून: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ। जुलाई र अगस्त: चन्दास्वरूप रु. ६.०० मा कुनै पनि ३२ पृष्ठे निम्न पुस्तिका प्रस्तुत गर्न सकिन्छ: के तपाईंले त्रिएकमा विश्वास गर्नुपर्ने हो? (अङ्ग्रेजी), के परमेश्वर साँच्चै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्य के हो—तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, तपाईंको प्रिय जनको मृत्यु हुँदा (अङ्ग्रेजी), त्यो राज्य जसले प्रमोदवन ल्याउनेछ, पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्!, मृत्युपछि के हुन्छ? (अङ्ग्रेजी), के युद्धरहित संसार सम्भव छ? (अङ्ग्रेजी), परमेश्वर हामीबाट के चाहनुहुन्छ?, मृतकहरूको आत्मा—तिनीहरूले तपाईंलाई मदत गर्नसक्छ वा हानि गर्नसक्छ? के तिनीहरू साँच्चै छन्? (अङ्ग्रेजी), सबैका लागि उपयोगी किताब, र हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ? जस्ता पुस्तिकाहरू मौका हेरेर प्रस्तुत गर्न सकिन्छ।
▪ नखटाइएका इलाकाहरूमा काम गर्दा प्रकाशकहरूले ज्ञान पुस्तक वा चाहनुहुन्छ पुस्तिका प्रस्तुत गर्नसक्छन्। घरधनीसित यी दुवै प्रकाशनहरू छन् भने अन्य कुनै पनि प्रकाशन प्रस्तुत गर्न सकिन्छ। घरमा नभएकाहरू र अन्य प्रकाशनहरू नस्वीकार्ने व्यक्तिहरूका निम्ति विभिन्न प्रकारका पर्चाहरू आफ्नो साथमा हुनुपर्छ। विशेष अग्रगामीहरू वा नजिकैको मण्डलीहरू जानसक्ने नखटाइएका इलाकाहरूमा भएका जिज्ञासुहरूकहाँ जाने प्रयत्न गर्नुपर्छ।
▪ सोसाइटीले सबै मण्डलीका अध्यक्ष र सचिवहरूको ठेगाना र टेलिफोन नम्बरहरूको सही रेकर्ड राख्नु आवश्यक छ। ठेगाना र टेलिफोन नम्बरहरू परिवर्तन भएमा सचिवले मण्डलीको अध्यक्ष/सचिवको ठेगाना परिवर्तन (S-29) फारममा भरेर तुरुन्तै सोसाइटीलाई पठाउनुपर्छ। कृपया नाउँ छोटकरीमा होइन तर पूरा दिनुहोस्।
▪ मण्डलीका सचिवहरूले निम्न अग्रगामी फारमहरू यथेष्ट मात्रामा राख्नुपर्छ: नियमित अग्रगामी सेवा निवेदन फारम (S-205), सहायक अग्रगामी सेवा निवेदन फारम (S-205b), नियमित अग्रगामी सेवा छोड्ने सूचना फारम (S-206)। यी साहित्य फारममा (S-14) अर्डर गर्न सकिन्छ। कम्तीमा पनि एक वर्षलाई पुग्ने स्टक राख्नुहोस्। नियमित अग्रगामी निवेदन फारम भरेपछि पूरा भयो कि भएन हेर्न, पुनः दोहोऱ्याएर हेर्नुहोस्। निवेदकलाई आफ्नो बप्तिस्माको मिति ठ्याक्क थाह छैन भने अन्दाज लगाउनसक्छन् र त्यसको रेकर्ड राख्नुपर्छ।
▪ फेब्रुअरी महिनाको लेखा विवरणसँगै वार्षिक विषयवस्तुहरूको विशेष अनुरोध फारम प्रत्येक मण्डलीहरूलाई पठाइएको थियो। अहिलेसम्म १९९९ अधिवेशन बिल्ला र सन् २००० को निम्ति अन्य वार्षिक विषयवस्तुहरू नमगाएका मण्डलीहरूले तुरुन्तै निवेदन पठाउनुपर्छ। तथापि, तपाईंलाई बिल्ला राख्ने प्लास्टिक होल्डर चाहिन्छ भने सधैं पठाउने साहित्य फारमसँगै (S-AB-14) पठाउनुहोस् किनभने यस्ता साना पोकाहरू अक्सर बाटोमै हराउने गर्छन्।
▪ डिसेम्बर २०, १९९८ का दिन भारतबाट २३ जना अनि नेपालबाट ३ जना विद्यार्थीहरू लोनाभ्लामा सञ्चालित तेस्रो मिनिस्टेरियल ट्रेनिङ स्कूलबाट स्नातक भए। ती विद्यार्थीहरू २५ वटा मण्डलीहरूबाट आएका थिए। अठाह्र जना विद्यार्थीहरू आफ्नै मण्डलीमा सेवा गर्न फर्के भने ८ जना नयाँ विशेष अग्रगामीको रूपमा पूर्ण-समय सेवामा लागे। यी अविवाहित भाइहरूलाई काम गर्न खटाइएका मण्डलीहरूले प्रचुर मात्रमा आशिष् पाओस् भनी हामी प्रार्थना गर्छौं।
▪ जनवरी १, १९९९ को अंकदेखि हाम्रो राज्य सेवकाई आसामी तथा मिजो भाषामा पनि उपलब्ध हुनेछ
▪ उपलब्ध नयाँ प्रकाशनहरू:
शान्तिमय नयाँ संसारमा जीवन (पर्चा न. १५)—नेवारी
▪ उपलब्ध नयाँ श्रव्यक्यासेट:
परिवारहरू हो—दिनहुँ बाइबल पढ्ने बानी बसाल्नुहोस्—अङ्ग्रेजी, कन्नडा, तामिल, तेलगु, मल्यालम र हिन्दी
जनवरी १, १९९९ को प्रहरीधरहरा साहित्य सूचि मिलाउनुपर्छ किनभने निम्न प्रकाशनहरू अबदेखि कहिल्यै पनि पाइने छैन:
पुस्तकहरू: तपाईंको युवावस्था—त्यसबाट सर्वोत्तम लाभ उठाउने! र साँचो शान्ति र सुरक्षा—कुन स्रोतबाट?—मल्यालम
पुस्तिकाहरू: के चिन्ता गर्ने परमेश्वर हुनुहुन्छ र “यो राज्यको सुसमाचार”—तामिल