प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km99 जून पृ. ३
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—१९९९
हाम्रो राज्य सेवकाई—१९९९
km99 जून पृ. ३

घोषणाहरू

▪ प्रस्तुत गरिने साहित्यहरू जून: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ। जुलाई र अगस्त: निम्न ३२ पृष्ठ भएका पुस्तिकामध्ये कुनै पनि प्रस्तुत गर्न सकिन्छ: के तपाईंले त्रिएकमा विश्‍वास गर्नुपर्ने हो?, के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्‍य के हो—तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, तपाईंको प्रियजनको मृत्यु हुँदा, त्यो राज्य जसले प्रमोदवन ल्याउने छ, पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्‌!, र मृत्युपछि हामीलाई के हुन्छ? मौका हेरेर के युद्धरहित संसार सम्भव छ?, मृतकहरूको आत्मा—तिनीहरूले तपाईंलाई मदत गर्नसक्छ वा हानि गर्नसक्छ? के तिनीहरू साँच्चै छन्‌?, सबैका लागि उपयोगी किताब र हाम्रा समस्याहरू — तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ? पुस्तिकाहरू प्रस्तुत गर्नसकिन्छ। सेप्टेम्बर: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ।

▪ मण्डलीका अध्यक्ष वा उनले खटाएको कसैले जून १ मा वा त्यसको तत्कालैपछि लेखा परीक्षण गर्नुपर्छ। यो काम गरी सकेपछि मण्डलीमा घोषणा गर्नुहोस्‌।

▪ पत्रिका वा साहित्यहरू नपाइएको, कमी भएको वा च्यातिएको छ भने मण्डलीले कुन साहित्य वा पत्रिका, कुन भाषामा, कतिवटा हराएको वा च्यातिएको छ अनि त्यो पोको वा बाकस राम्ररी पाइयो कि पाइएन, सम्पूर्ण विवरणसहित २८ दिन भित्रमा सोसाइटीलाई खबर गर्नुपर्छ। यसले गर्दा सोसाइटीले मण्डलीलाई व्यवस्थित ढंगमा सहयोग गर्नसक्छ।

▪ उपलब्ध नयाँ प्रकाशनहरू:

लेखपढ गर्ने बानी बसाल्नुहोस्‌

यो ६४ पृष्ठ भएको पुस्तिकालाई लेखपढ गर्न सिक्नुहोस्‌ (ra) सानो पुस्तिकाको सट्टा चलाइनेछ। यो पुस्तिका अग्रगामीहरूको लागि रु. ८.०० र प्रकाशक तथा अन्यका लागि रु. १२.०० पर्नेछ।

पारिवारिक जीवनको आनन्द उठाउनुहोस्‌ (पर्चा न. २१) र वास्तवमा यो संसारलाई कसले शासन गर्छ? (पर्चा न. २२)—ओरीया

▪ पुनः उपलब्ध प्रकाशनहरू:

चर्चाको लागि बाइबलका विषयहरू—तामिल, नेपाली र मल्यालम

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने