घोषणाहरू
▪ अगस्त-मा प्रस्तुत गरिने प्रकाशनहरू: तल दिएको ३२ पृष्ठे पुस्तिकाहरूमध्ये कुनै एउटा प्रस्तुत गर्न सकिन्छ: के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्!, “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु,” के तपाईंले त्रिएकमा विश्वास गर्नुपर्ने हो?, त्यो राज्य जसले प्रमोदवन ल्याउने छ, मृत्युपछि हामीलाई के हुन्छ?, जीवनको उद्देश्य के हो—तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ? र तपाईंको प्रियजनको मुत्यु हुँदा परिस्थितिअनुसार मिल्छ भने सबैका लागि उपयोगी किताब, हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ?, मृतकहरूको आत्मा—तिनीहरूले तपाईंलाई मदत गर्नसक्छ वा हानि गर्नसक्छ? के तिनीहरू साँच्चै छन्? र के युद्धरहित संसार सम्भव छ? सेप्टेम्बर: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ। अक्टोबर: प्रहरीधरहरा र ब्यूँझनुहोस्!-को ग्राहक बनाउनुहोस्। नोभेम्बर: परमेश्वर हामीबाट के चाहनुहुन्छ? वा ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ।
▪ जुनसुकै समुदायमा पनि वर्षभरिमा थुप्रै बिदाहरू हुन्छन्। त्यस्ता दिनहरूमा केटाकेटीहरू स्कूल जानु पर्दैन र जागिरेहरूले पनि बिदा पाउनेछन्। त्यस्तो बिदाले मण्डलीलाई क्षेत्र सेवकाईमा बढी समय बिताउने एकदमै राम्रो मौका दिन्छ। प्राचीनहरूले पहिले नै त्यस्ता बिदाहरू कहिले कहिले पर्छन् पत्ता लगाएर ती दिनहरूमा सामूहिक प्रचारको लागि के कस्तो प्रबन्ध गरिंदै छ, त्यसबारे मण्डलीलाई अग्रिम जानकारी दिनुपर्छ।
▪ प्रत्येक मण्डलीले तीनवटा साहित्य सूची फाराम (S-AB-18) पाउनेछन्। मण्डलीको सचिवले अगस्त महिनाको सुरुतिरै साहित्य सेवकलाई भेटेर त्यस महिनाको अन्तमा मण्डलीसित साहित्यहरूको बाँकी स्टकको सूची तयार गर्न मिति तय गर्नुपर्छ। स्टकमा भएका सबै साहित्यहरूको सही गणना लिनुपर्छ र कुल संख्या साहित्य सूची फाराममा भर्नुपर्छ। पत्रिकाहरूको कुल संख्या पत्रिका सेवकबाट प्राप्त गर्न सकिन्छ। कृपया सेप्टेम्बर ६ अगावै सोसाइटीलाई त्यसको सकली प्रति पठाउनुहोस्। यसको एउटा प्रतिलिपि तपाईंको फाइलमा राख्नुहोस्। त्यसको तेस्रो प्रति काम गर्नको लागि प्रयोग गर्न सकिन्छ। सचिवले सूचीमा भर्ने कार्यलाई सुपरिवेक्षण गर्नुपर्छ र पूरा भरिसकेको फारामलाई मण्डलीको अध्यक्षले जाँच्नुपर्छ। सचिव र अध्यक्ष दुवैले फाराममा दस्तखत गर्नेछन्।
▪ मण्डलीको सचिवले मण्डली विश्लेषण रिपोर्ट फाराम (S-10) भर्न सेवा रिपोर्टहरू जम्मा गर्नेछन्। यस काममा सहयोग गर्ने कुनै प्राचीन वा सेवकाई सेवकलाई तिनले गल्तीहरू नगर्न सजक हुने निर्देशन दिनेछन् ताकि प्रकाशक अभिलेख कार्डबाट (S-21) आवश्यक जानकारीहरू लिएर सही सूची तयार गर्न सकियोस्। फाराम भर्नुअघि कृपया त्यसमा उल्लिखित सम्पूर्ण निर्देशनहरू पढ्नुहोस्। मण्डली विश्लेषण रिपोर्ट फाराममा सही विवरणहरू सफासित भर्नुपर्छ र त्यसमा हस्ताक्षर गर्नुअघि सेवा समितिले होसियारीपूर्वक जाँच्नुपर्छ। कृपया सोसाइटीलाई S-10 फारामको सकली प्रति सेप्टेम्बर १० अगावै पठाउनुहोस्; त्यसको एउटा प्रतिलिपि आफ्नो फाइलमा राख्नुहोस्।
▪ अगस्त १६, १९९९ देखि अगस्त ३१, १९९९ सम्ममा सोसाइटीले लोनाभला बेथेल साथै कोट्टायम र चेनाइ पुस्तक भण्डारहरूमा भएका सबै साहित्यहरूको सूची तयार गर्नेछ। यसकारण, यस समयावधिमा मण्डलीको कुनै पनि साहित्य मागहरू पठाइने छैन।
▪ उपलब्ध नयाँ प्रकाशनहरू:
▪ बाइबलका आधारभूत शिक्षाहरू [३२ पृष्ठे पुस्तिका बप्तिस्मा लिन इच्छुकहरूका लागि हाम्रो सेवकाई पूरा गर्न व्यवस्थित (अङ्ग्रेजी) पुस्तकबाट तयार गरिएको प्रश्नहरू छन्]—आसामी।