प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km99 अक्टोबर पृ. १
  • सभाहरूबाट अझ बढी आनन्द कसरी उठाउने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सभाहरूबाट अझ बढी आनन्द कसरी उठाउने
  • हाम्रो राज्य सेवकाई—१९९९
हाम्रो राज्य सेवकाई—१९९९
km99 अक्टोबर पृ. १

सभाहरूबाट अझ बढी आनन्द कसरी उठाउने

१ हाम्रो आध्यात्मिक सुस्वास्थ्यको लागि सभाहरू अति महत्त्वपूर्ण छन्‌। सभाहरूबाट पाइने आनन्द हामीले सभाहरूअघि, सभाहरूको दौडान र सभाहरूपछि जे गर्छौं त्यससित सम्बन्धित छ। सभाहरूमा उपस्थित हुँदा पाइने आनन्द कायमै राख्न हामी आफैलाई अनि अरूलाई कसरी मदत गर्नसक्छौं?

२ सभाहरूअघि: हामीले सभाहरूबाट पाउने आनन्दलाई तयारीले प्रत्यक्ष प्रभाव पार्छ। राम्ररी तयारी गरेका छौं भने सभाहरूमा बढी ध्यान दिनुका साथै भाग पनि लिन्छौं। यसबाहेक, सभामा कुनै असाइनमेन्ट पाएका छौं भने दिइएका निर्देशनहरूअनुसार ठीकसँग जानकारी प्रस्तुत गर्ने अनि श्रोताहरूको चासो जगाइरहने उद्देश्‍यले राम्ररी तयारी गर्नुपर्छ। आफ्नो असाइनमेन्ट राम्ररी अभ्यास गर्नुपर्छ। सबैलाई फाइदा हुने गरी सभाहरूलाई सजीव र उत्थानदायी बनाउन योगदान पुऱ्‍याउँदा हाम्रो व्यक्‍तिगत उन्‍नति प्रकट हुनुका साथै सभाहरूबाट धेरै आनन्द प्राप्त गर्छौं।—१ तिमो. ४:१५, १६.

३ सभाहरूको दौडान: टिप्पणी गऱ्‍यौं भने सभाहरूबाट अझ बढी आनन्द उठाउनसक्छौं। श्रोताहरू पनि सहभागी हुनसक्ने भागहरूलाई मण्डलीका हरेकले व्यक्‍तिगत असाइनमेन्ट ठान्‍नुपर्छ। छोटो र सटीक टिप्पणीहरू एकदमै प्रभावकारी हुन्छन्‌। उत्थानदायी अनुभवहरू छोटकरीमा बताउनाले निकै प्रोत्साहन र स्फूर्ति प्रदान गर्न सकिन्छ अनि कार्यक्रमअनुसार त्यस्ता अनुभवहरू बताउन हामी सजग हुनुपर्छ। (हितो. १५:२३; प्रेरि. १५:३) सभाको कुनै भाग प्रस्तुत गर्दा जोस तथा दृढ विश्‍वासका साथ बोलेर चाखलाग्दो, वास्तविक र व्यावहारिक बनाउनुपर्छ।

४ सभाहरूपछि: दयाले भरिएका दुईचार शब्द अरूसँग बोल्नाले, मित्रैलो भएर अभिवादन गर्नाले अनि सभाहरूमा छलफल गरिएका केही मुख्य बुँदाहरूबारे कुरा गर्नाले हामी सबैलाई फाइदा गर्नेछ। केटाकेटी, वृद्ध र नयाँ व्यक्‍तिहरूले सभामा भाग लिएकोमा खुसी व्यक्‍त गर्नाले भ्रातृत्व प्रेम बढ्‌छ। सभाहरूमा आउन नपाएकाहरूको आलोचना गर्नुको सट्टा हामीले सभाहरूमा पाएको आनन्द तिनीहरूसँग बाँडेर तिनीहरूलाई सभाहरूमा उपस्थित हुन प्रोत्साहन दिनुपर्छ।—हिब्रू १०:२४, २५.

५ आउनुहोस्‌, प्रोत्साहन आदानप्रदान गर्ने यो महत्त्वपूर्ण प्रबन्धबाट आफूलाई कहिल्यै वञ्चित नगरौं। (रोमी १:११, १२) मन लगाएर हर प्रयत्न गर्दै हामी प्रत्येकले मसीही सभाहरूमा उपस्थित हुँदा पाइने आनन्द कायम राख्नसक्छौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने