घोषणाहरू
▪ नोभेम्बर-मा प्रस्तुत गरिने साहित्य: परमेश्वर हामीबाट के चाहनुहुन्छ? वा ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ। डिसेम्बर: नयाँ विश्व अनुवाद-को साथमा ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ। जनवरी: मण्डलीको स्टकमा भएको कुनै पनि १९२ पृष्ठे पुरानो पुस्तक। फेब्रुअरी: पारिवारिक आनन्दको रहस्य।
▪ अंक मितिभन्दा २० दिन अगाडि हाम्रो राज्य सेवकाई प्राप्त नभएको खण्डमा मण्डलीको अध्यक्षले फ्याक्स वा टेलिफोन मार्फत तुरुन्तै सोसाइटीलाई खबर गर्नुपर्छ।
▪ अङ्ग्रेजी भाषाको पढ्न अनि लेख्न सिक्नुहोस् भन्ने पुस्तिकाको मूल्यमा हेरफेर भएको छ। अब उप्रान्त अग्रगामीहरूले रु. २०.०० मा अनि प्रकाशक तथा जनसाधारणले रु. २५.०० मा यो पुस्तिका प्राप्त गर्न सक्नेछन्।
▪ तेलगु भाषामा प्रकाशित हुने ब्यूँझनुहोस्! पत्रिका जनवरी २००० देखि मासिक नभई त्रैमासिक अंकको रूपमा उपलब्ध हुनेछ। त्यसकारण मण्डलीहरूलाई अब उप्रान्त तेलगु ब्यूँझनुहोस्!-को ग्राहक नबनाउने सुझाउ दिइन्छ।
▪ पुनः उपलब्ध नयाँ प्रकाशनहरू:
के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?—गुजराती, तामिल, मराठी अनि हिन्दी
जीवनको उद्देश्य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?—तामिल
तपाईंको प्रियजनको मृत्यु हुँदा—मल्यालम
परमेश्वर हामीबाट के चाहनुहुन्छ?—कन्नडा, खासी, गुजराती, पंजाबी अनि मल्यालम
“हेर! म सबै थोक नयाँ तुल्याउँदैछु”—नेपाली