घोषणाहरू
▪ डिसेम्बर-मा प्रस्तुत गरिने साहित्य: नयाँ विश्व अनुवाद र ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ। जनवरी: मण्डलीको स्टकमा भएका कुनै पनि पुराना १९२ पृष्ठे पुस्तक। त्यस्ता पुस्तकहरू स्टकमा नभएको मण्डलीले जीवन—कसरी सुरु भयो? विकासवादबाट वा सृष्टिबाट? अथवा पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ जस्ता पुस्तकहरू प्रस्तुत गर्न सक्छन्। फेब्रुअरी: पारिवारिक आनन्दको रहस्य। मार्च: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ। गृह बाइबल अध्ययन सुरु गर्न विशेष प्रयास गर्नेछौं।
▪ अध्यक्ष वा उनले खटाएको कसैले डिसेम्बर १ वा त्यसको तत्कालैपछि मण्डलीको लेखा परीक्षण गर्नुपर्छ। परीक्षण गर्न सिद्धयाएर अर्को लेखा रिपोर्ट पढी सकेपछि मण्डलीमा घोषणा गर्नुहोस्।
▪ सन् २००१ मा आइतबार, अप्रिल ८ को दिन सूर्यास्तपश्चात् स्मरणार्थ उत्सव मनाइनेछ। थुप्रै मण्डलीले एउटै राज्यभवन चलाउँछन् भने भाइहरूले उपलब्ध भवनहरू पहिल्यै रिजर्भ गर्न सकून् र अन्य सुविधाहरूको प्रबन्ध गर्न सकून् भनेर यो सूचना अहिल्यै दिएको हो। स्मरणार्थ उत्सव शान्तिपूर्ण र व्यवस्थित ढंगमा होस् भन्नाखातिर भवनमा हुने अरू गतिविधिहरूले गर्दा होहल्ला नहोस् भनेर प्राचीनहरूले भवनको व्यवस्थापकसित पहिल्यै कुरा मिलाएको हुनुपर्छ। यो एकदमै महत्त्वपूर्ण उत्सव भएकोले प्राचीनहरूको निकायले स्मरणार्थको वक्ताको रूपमा भाइहरूलाई पालैपालो छान्नु वा हरेक वर्ष एउटै भाइलाई भाषण दिन लाउनुको सट्टा योग्य प्राचीनलाई खटाउनुपर्छ। तर भाषण दिनसक्ने योग्य अभिषिक्त भाइ छन् भने तिनले नै दिनेछन्।
▪ भारतमा अगस्त १९९९ मा प्रकाशकहरूको नयाँ शिखर संख्या पुगेको हेर्न पाउनु एकदमै आनन्दको कुरा हो। प्रकाशकहरूले क्षेत्र सेवकाईको रिपोर्ट खसाल्न ढिला-सुस्ती नगरेको हुँदा यसो भएको छ। साथै, पुस्तक अध्ययन सञ्चालक र मण्डलीका सचिवहरूले मण्डलीहरूको रिपोर्ट जम्मा गरेर सोसाइटीमा पठाउन प्रयास गरेकोले पनि यसो भएको छ। हामी सबैको सराहना गर्छौं र हरेक महिना यस्तै होस् भन्ने आशा राख्छौं।