प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km00 जनवरी पृ. ७
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२०००
हाम्रो राज्य सेवकाई—२०००
km00 जनवरी पृ. ७

घोषणाहरू

▪ जनवरी-मा प्रस्तुत गरिने साहित्य: मण्डलीको स्टकमा भएका कुनै पनि पुराना १९२ पृष्ठे पुस्तक। त्यस्ता पुस्तकहरू स्टकमा नभएका मण्डलीहरूले जीवन—कसरी सुरु भयो? विकासवादबाट वा सृष्टिबाट? अथवा पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ जस्ता पुस्तकहरू प्रस्तुत गर्न सक्छन्‌। फेब्रुअरी: पारिवारिक आनन्दको रहस्य। मार्च: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ। गृह बाइबल अध्ययनहरू सुरु गर्ने विशेष प्रयास गरिनेछ। अप्रिल: प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! प्रस्तुत गर्ने। जिज्ञासु व्यक्‍तिहरूलाई चाहनुहुन्छ पुस्तिका दिनुहोस्‌ र गृह बाइबल अध्ययन सुरु गर्ने प्रयास गर्नुहोस्‌।

▪ जनवरी १० तारिखदेखि सुरु हुने हप्ताको सेवा सभामा उपस्थित बप्तिस्मा प्राप्त सबै प्रकाशकहरूले आफ्नो लागि एड्‌भान्स्‌ मेडिकल डिरेक्टिभ/रिलिज कार्ड (अग्रिम चिकित्सा निर्देश/पुर्जी) र आफ्ना केटाकेटीहरूका लागि आइडेन्टीटी कार्ड (परिचयपत्र) लिन सक्छन्‌।

▪ फेब्रुअरीको सुरुदेखि मार्च ५ सम्ममा परिभ्रमण निरीक्षकहरूले नयाँ जनभाषण दिनेछन्‌। यसको विषय हुनेछ, “वास्तविक आरमागेडोन—किन? कहिले?”

▪ यस वर्ष अप्रिल १९, बुधबारका दिन सूर्यास्तपश्‍चात्‌ स्मरणार्थ उत्सव मनाउन मण्डलीहरूले सुविधाजनक प्रबन्धहरू मिलाउनुपर्छ। भाषण केही समय पहिले नै सुरु गरे तापनि स्मरणार्थका प्रतीकहरू पास गर्ने कार्यक्रम भने सूर्य नअस्ताएसम्म सुरु गर्नु हुँदैन। स्थानीय स्रोतसँग सम्पर्क राखेर तपाईंको इलाकामा सूर्य अस्ताउने समयबारे सही जानकारी लिनुहोस्‌। मण्डलीले स्मरणार्थ उत्सव बेग्लाबेग्लै ठाउँमा मनाउनु बेस हो तर यो सधैं सम्भव नहुनसक्छ। सामान्यतः थुप्रै मण्डलीहरूले एउटै राज्यभवन प्रयोग गर्छन्‌ भने उक्‍त साँझको लागि एक वा बढी मण्डलीले अर्कै भवन भाडामा लिनसक्छन्‌। स्मरणार्थ उत्सवबाट पूरापूर फाइदा उठाउनुका साथसाथै उत्सवको अघिपछि आगन्तुकहरूलाई अभिवादन गर्न र नवजिज्ञासुहरूलाई आध्यात्मिक मदत दिनको लागि कार्यक्रमहरूबीच कम्तीमा पनि ४० मिनेट समय छुट्ट्याउनुहोस्‌ भनेर हामी तपाईंहरूलाई सुझाउ दिन्छौं। ट्राफिक र पार्किङलगायत यात्रुहरू उत्रने तथा चढ्‌ने ठाउँको विषयमा पनि सोच्नुपर्छ। यसबारे स्थानीय तवरमा कस्ता प्रबन्धहरू मिलाए बेस होला भनेर प्राचीनहरूले फैसला गर्नुपर्छ।

▪ सन्‌ २००० को स्मरणार्थ उत्सव ताकको विशेष जनभाषण आइतबार, अप्रिल १६ तारिखका दिन दिइनेछ। भाषणको विषय हुनेछ, “मानिसजातिलाई किन छुडौतीको बलिदान चाहिन्छ।” भाषणको रूपरेखा उपलब्ध गराइनेछ। त्यस हप्ता क्षेत्रीय निरीक्षकको भ्रमण, क्षेत्रीय सम्मेलन अथवा त्यो सप्ताहमा विशेष सम्मेलन दिन हुने मण्डलीहरूमा उक्‍त भाषण त्यसपछिको हप्तामा दिइनेछ। अप्रिल १६, २००० अघि कुनै पनि मण्डलीमा यो विशेष भाषण दिनु हुँदैन।

▪ उपलब्ध नयाँ प्रकाशनहरू:

प्रहरीधरहरा प्रकाशन अनुक्रमणिका १९९८

▪ पुनः उपलब्ध प्रकाशनहरू:

पुस्तिकाहरू: जीवनको उद्देश्‍य के हो?

—कन्‍नडा, मराठी र मल्यालम

▪ अडियो कम्प्याक्ट डिस्कहरू:

धुन—गीत: राज्य गीतहरू गाउने (एउटा मात्र डिस्क)

वाद्यवादक मण्डलीको धुन: राज्य गीतहरू, संख्या १ देखि ८ (आठवटा डिस्क)

(डिस्कको संख्या तोकेर एउटा मात्र डिस्क पनि मगाउन सकिन्छ)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने