घोषणाहरू
▪ प्रस्तुत गरिने साहित्यहरू मार्च: ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ। बाइबल अध्ययन सुरु गर्ने विशेष प्रयास गरिनेछ। अप्रिल र मे: प्रहरीधरहरा र ब्यूँझनुहोस्! वितरण गरिने छ। जिज्ञासु व्यक्तिहरूलाई प्रस्तुत गर्न चाहनुहुन्छ पुस्तिका पनि साथै राख्नुहोस् र गृह बाइबल अध्ययन सुरु गर्न सक्दो प्रयास गर्नुहोस्। जून: परमेश्वर हामीबाट के चाहनुहुन्छ? बाइबल अध्ययन सुरु गर्न ध्यान दिइनेछ।
▪ अप्रिल र मे महिनामा सहायक अग्रगामी गर्न इच्छुक प्रकाशकहरूले अहिले नै योजना बनाउनुपर्छ र चाँडै निवेदन दिनुपर्छ। यसो गर्दा क्षेत्र सेवकाईका लागि आवश्यक प्रबन्ध मिलाउन र पर्याप्त मात्रामा पत्रिका तथा साहित्यहरूको प्रबन्ध गर्न प्राचीनहरूलाई सजिलो हुनेछ। सहायक अग्रगामी गर्न स्वीकृत प्रकाशकहरूको नाम मण्डलीमा घोषणा गर्नुपर्छ।
▪ हाम्रो राज्य सेवकाई-को यस अंकमा पे अटेन्सन टु डानियल्स प्रोफेसी! पुस्तकको सम्पूर्ण अध्ययन तालिका दिइएको छ। तपाईंको सुविधाको लागि यसको फोटोकपी गरेर आफ्नो अध्ययन पुस्तकमै राख्न सक्नुहुन्छ।
▪ मण्डलीका अध्यक्ष वा उनले खटाएको कसैले मार्च १ मा वा त्यसको तत्कालैपछि लेखा परीक्षण गर्नुपर्छ। यो काम गरिसकेपछि मण्डलीमा अर्को लेखा रिपोर्ट पढ्नुअघि घोषणा गर्नुहोस्।
▪ स्मरणार्थ बुधबार अप्रिल १९, २००० मा पर्छ। यदि तपाईंको मण्डलीमा बुधबार सभा हुन्छ र राज्यभवनमा मिल्छ भने ती सभाहरूलाई हप्ताको अरू दिनमा सार्नुहोस्। यसो गर्न सम्भव छैन वा तपाईंको सेवा सभामा यसले असर गर्छ भने मण्डलीमा विशेष गरेर लागू हुने मुख्य भागहरू अर्को सेवा सभामा समावेश गर्न सकिन्छ।
▪ मण्डलीसित संगत गर्ने व्यक्तिहरूले प्रहरीधरहरा र ब्यूँझनुहोस्!-को व्यक्तिगत ग्राहक निवेदनलगायत नयाँ र नवीकरण गरिएका ग्राहक निवेदनहरू मण्डली मार्फत पठाउनुपर्छ।
▪ प्रकाशकहरूले पठाएका व्यक्तिगत साहित्य मागलाई सोसाइटीले सदर गर्दैन। व्यक्तिगत साहित्य मगाउन चाहने सबैले साहित्य सँभाल्ने भाइलाई जानकारी दिनसकून् भन्ने हेतुले प्रत्येक महिना सोसाइटीलाई साहित्य अर्डर पठाउनुअघि मण्डलीका अध्यक्षले त्यसबारे घोषणा गराउने प्रबन्ध मिलाउनुपर्छ। कुन कुन प्रकाशनहरू विशेष आवेदनअन्तर्गत पर्छन्, कृपया ध्यान दिनुहोस्।
▪ भारतमा आयोजना गरिएका “परमेश्वरको भविष्यसूचक वचन” जिल्ला अधिवेशनहरू अब सिद्धिए। यी अधिवेशनहरूको कुल उपस्थिति ३०,४३८ थियो। यो एउटा नयाँ शिखर हो साथै यो गत वर्षको तुलनामा १० प्रतिशत वृद्धि हो। सत्ताइस विभिन्न ठाउँहरूमा भएको अधिवेशनमा जम्मा ८८१ जनाले बप्तिस्मा लिए।
▪ उपलब्ध नया प्रकाशनहरू:
चर्चाका लागि बाइबलका विषयहरू र बाइबलका आधारभूत शिक्षाहरू—मिजो भाषा