प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km00 अगस्त पृ. ७
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२०००
हाम्रो राज्य सेवकाई—२०००
km00 अगस्त पृ. ७

घोषणाहरू

▪ अगस्त महिनामा प्रस्तुत गरिने साहित्यहरू। निम्न लिखित ३२ पृष्ठे पुस्तिकाहरूमध्ये कुनै पनि प्रयोग गर्न सक्नुहुन्छ: के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, त्यो राज्य जसले प्रमोदवन ल्याउनेछ, द डिभाइन नेम द्याट विल इन्ड्योर फरेभर, पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनु होस्‌!, शुड यु बिलिभ इन द ट्रिनिटी?, ह्वाट ह्‍यापेन्स टु अस ह्वेन वी डाइ? अनि ह्वेन सम्वान यु लभ डाइज। त्यस्तै, विल देयर एभर बि अ वर्ल्ड विदआउट वार?, सबैका लागि उपयोगी किताब, स्पिरिट्‌स अफ द डेड—क्यान दे हेल्प यु अर हार्म यु? डु दे रियली एक्जिस्ट? र हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ? पुस्तिकाहरू पनि उपयुक्‍त भए प्रस्तुत गर्न सकिन्छ। सेप्टेम्बर: लाइफ— हाउ डिड इट गेट हियर? बाइ इभलुशन अर बाइ क्रिएशन? अक्टोबर: प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पुनःभेटको दौडान चासो देखाएमा ग्राहक बन्‍न आग्रह गर्न सकिन्छ। नोभेम्बर: राज्य सन्देश न. ३६ “नयाँ सहस्राब्दी—अनि तपाईंको भविष्य” वितरण गर्ने। प्रत्येक घर अथवा निवास स्थानहरूका मानिसहरूलाई राज्य समाचार न. ३६ दिएर पूरै क्षेत्र ढाकिसकेका मण्डलीहरूले चाहनुहुन्छ पुस्तिका वा ज्ञान पुस्तक प्रस्तुत गर्न सक्छन्‌। यदि मानिसहरूसँग यी पनि छन्‌ भने सधैंभरि बाँच्नसक्नुहुन्छ वा क्रिएशन पुस्तक प्रयोग गर्न सकिन्छ।

▪ मण्डलीका अध्यक्ष वा उनले खटाएको कसैले सेप्टेम्बर १ मा वा त्यसको तत्कालैपछि लेखा परीक्षण गर्नुपर्छ। यो काम गरी सकेपछि मण्डलीमा अर्को पटक लेखा रिपोर्ट घोषणा गर्दा, यसलाई पनि समावेश गर्नुहोस्‌।

▪ सन्‌ २००१ सेवा वर्षको दौडान प्रयोग गरिने फारामहरू प्रत्येक मण्डलीहरूलाई पर्याप्त मात्रामा पठाइसकिएका छन्‌। कृपया समझदारीपूर्वक यी फारामहरूको प्रयोग गर्नुहोस्‌। यी फारामहरू जे कामका लागि हुन्‌ त्यसका लागि मात्र प्रयोग गर्नुपर्छ।

▪ सम्पूर्ण साहित्य र पत्रिकाहरूको वार्षिक इन्भेन्ट्री सकेसम्म अगस्त ३१, २००० भित्र तयार गरिसकेको हुनुपर्छ। यो इन्भेन्ट्री हरेक महिना साहित्य संयोजकले लिने सही गणनाजस्तै हो र कुल संख्या लिट्‌रेचर इन्भेन्ट्री फाराममा (S(d)-18) भर्नुपर्छ। पत्रिकाहरूको कुल संख्या पत्रिका सेवकबाट प्राप्त गर्न सकिन्छ। प्रत्येक संयोजक मण्डलीले तीनवटा लिट्‌रेचर इन्भेन्ट्री फाराम (S(d)-18) प्राप्त गर्नेछ। कृपया सेप्टेम्बर ६ अघि नै सोसाइटीलाई त्यसको सक्कल प्रति पठाउनुहोस्‌। यसको एउटा प्रतिलिपि तपाईंको फाइलमा राख्नुहोस्‌। त्यसको तेस्रो प्रति काम गर्नको लागि प्रयोग गर्न सकिन्छ। संयोजक मण्डलीको सचिवले इन्भेन्ट्रीमा भर्ने कार्यको सुपरिवेक्षण गर्नुपर्छ। संयोजक मण्डलीको सचिव र मण्डलीको अध्यक्ष दुवैले फाराममा हस्ताक्षर गर्नेछन्‌।

▪ अगस्त २४, २००० देखि अगस्त ३१, २००० सम्ममा सोसाइटीले लोनाभला बेथेलमा भएका सबै साहित्यहरूको इन्भेन्ट्री तयार गर्नेछ। यसकारण, यस समयावधिमा मण्डलीको कुनै पनि साहित्य मागहरू पठाइने छैनन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने