प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km01 मे पृ. १
  • कटनीमा पूर्ण रूपले भाग लिनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कटनीमा पूर्ण रूपले भाग लिनुहोस्‌
  • हाम्रो राज्य सेवकाई—२००१
  • मिल्दोजुल्दो सामग्री
  • बाली कटनीको लागि पहेंला भएका छन्‌
    हाम्रो राज्य सेवकाई—२०१०
  • आनन्दित खेताला हुनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • कटनी गरिरहनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • प्रतीकात्मक महान्‌ कटनीकार्यमा पूरापूर भाग लिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००१
km01 मे पृ. १

कटनीमा पूर्ण रूपले भाग लिनुहोस्‌

१ पुरातन समयका यहोवाका अगमवक्‍ताहरू र येशू ख्रीष्ट स्वयम्‌ले पनि जम्मा गर्ने कामबारे बताउनुभयो। (यशै. ५६:८; इज. ३४:११; यूह. १०:१६) राज्यको सुसमाचार विश्‍वव्यापी प्रचार कार्यद्वारा हाल उक्‍त काम पूरा भइरहेको छ। (मत्ती २४:१४) परमेश्‍वरको सेवा गर्ने र नगर्नेहरूबीचको भिन्‍नता स्पष्ट रूपमा छुट्टिदैछ। (मला. ३:१८) यसले हाम्रोलागि के अर्थ राख्छ?

२ व्यक्‍तिगत जिम्मेवारी: हामी पावलको उदाहरणबाट सिक्न सक्छौं तिनले मसीही सेवकाईलाई अघि बढाउन पूर्ण रूपले नेतृत्व लिएका थिए। तिनले प्रचार कार्यलाई आफ्नो दायित्व सम्झे किनकि यसै कार्यद्वारा मात्र सारा मानिसजातिले सुसमाचार सुन्‍ने अनि बच्ने अवसर पाउन सक्थे। यसले तिनलाई ती मानिसजातिको खातिर अनवरत रूपमा परिश्रम गर्न उत्प्रेरित गऱ्‍यो। (रोमी १:१४-१७) आज मानवजातिले भोगिरहेका डरलाग्दा अवस्थाहरू देख्दा, आफूलाई जिम्मा दिइएको इलाकाका मानिसहरूलाई प्रचार गर्ने ठूलो जिम्मेवारी के हाम्रो होइन र?—१ कोरि. ९:१६.

३ अत्यन्तै जरुर काम गर्नुपर्ने समय: प्रचार कार्यलाई खोज तथा उद्धार कार्यसँग तुलना गर्न सकिन्छ। ढिला हुनुअगावै मानिसहरूलाई खोज्नैपर्छ र बच्नको लागि मदत दिनैपर्छ। समय सीमित छ। मानव जीवन खतरामा छ! त्यसैले त येशूले आफ्ना चेलाहरूलाई “फसलका प्रभुलाई उहाँको आफ्नो फसलमा खेतालाहरू पठाइदिऊन्‌ भनी बिन्ती गर” भनी आग्रह गर्नुभयो।—मत्ती ९:३८.

४ वर्तमान आवश्‍यकता बुझेर धेरै राज्य कार्यकर्ताहरूले यस जीवन बचाउने क्रियाकलापमा झन्‌ बढी मात्रामा भाग लिएका छन्‌। हिरोहिशा नाउँ गरेका एक किशोर आफ्नी एक्ली आमा र चार जना भाइ बहिनीसँग बस्थे। उनी परिवारलाई आर्थिक तवरमा सहयोग गर्न पत्रिका बेच्ने काम गर्थे। यसको लागि उनी बिहान तीन बजे उठ्‌थे। यसको बावजूद, हिरोहिशा सेवकाईमा अझ बढी भाग लिन चाहन्थे। त्यसैले, उनले नियमित अग्रगामीको काम सुरु गरे। फेरि कहिल्यै नदोहोरिने यस कार्यमा तपाईंले अझ पूर्णतया भाग लिन सक्ने कतै कुनै तरिकाहरू छन्‌ कि?

५ “समय थोरै छ।” (१ कोरि. ७:२९, नयाँ संशोधित संस्करण) त्यसैले, आज पृथ्वीमा भइरहेको राज्यको सुसमाचार प्रचार गर्ने अनि चेला बनाउने सबैभन्दा महत्त्वपूर्ण कार्यमा हामी सबैले यथासक्य भाग लेऔं। येशूले यस सेवकाईलाई फसलको कटनीसित तुलना गर्नुभयो। (मत्ती ९:३५-३८) फसलको कटनीमा पूर्ण रूपले भाग लियौं भने हामीले आफ्नो परिश्रमको फलस्वरूप प्रकाश ७:९, १० मा वर्णन गरेअनुसार व्यक्‍तिविशेषलाई उपासकहरूको ठूलो भीडको भाग हुन मदत गरिरहेका हुन्छौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने