प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km01 सेप्टेम्बर पृ. ३
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२००१
हाम्रो राज्य सेवकाई—२००१
km01 सेप्टेम्बर पृ. ३

घोषणाहरू

▪ प्रस्तुत गरिने साहित्यहरू सेप्टेम्बर: पुस्तिका: जेहोभाज्‌ विट्‌नेसेज इन द ट्‌वेन्टिइथ सेन्चुरी र पुस्तक, लाइफ—हाउ डिड इट गेट हियर? बाइ इभोलुसन अर बाइ क्रिएसन? अक्टोर: प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पत्रिका। चासो देखाएमा पत्रिका रुट सुरु गर्न पुनःभेट गर्नुहोस्‌। पत्रिका रुट कायम गर्न व्यावहारिक नदेखिएमा मात्र ग्राहक बन्‍ने प्रस्ताव राख्न सकिन्छ। नोभेम्बर: परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? वा ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ। यदि घरधनीसित यी प्रकाशनहरू छन्‌ भने, म्यानकाइन्ड सर्च फर गड वा अन्य पुराना प्रकाशनहरू प्रस्तुत गर्न सकिन्छ। डिसेम्बर: आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष। यो पुस्तक छैन भने पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ नामक पुस्तक चलाउन सक्नुहुन्छ।

▪ पुनस्थार्पित हुन चाहने बहिष्कृत वा संगत गर्न छाडेका व्यक्‍तिहरूको सन्दर्भमा अप्रिल १५, १९९१ को प्रहरीधरहरा (अंग्रेजी) पृष्ठ २१-३ मा दिइएका निर्देशनहरू पालन गर्न प्राचीनहरूलाई स्मरण गराइन्छ।

▪ सरकारमा दर्ता भएको मण्डलीको कोष छ भने, उक्‍त कोषका साधारण सभाहरू समय-समयमा भएका छन्‌ कि छैनन्‌ र मसौदाहरू कार्यान्यवन गरिएका छन्‌ कि छैनन्‌ पक्का गर्नुपर्छ, ताकि उक्‍त कोष रद्द नहोस्‌।

▪ प्रकाशक तथा अग्रगामीहरूलाई ग्राहक बन्‍नुको सट्टा मण्डलीले प्राप्त गर्ने पत्रिकाहरूबाटै व्यक्‍तिगत प्रति लिन प्रोत्साहित गरिन्छ। यसले सोसाइटीको काम र खर्च कम गर्छ।

▪ अप्रिल १०, २००१ मा सबै मण्डलीहरूलाई पठाइएको चिठीमा नयाँ भिडियो वृत्तचित्र नो ब्लड—मेडिसिन मिट्‌स द च्यालेन्ज-को विमोचनबारे घोषणा गरिएको थियो। यो भिडियो विशेष गरी जनसाधरणको लागि तयार पारिएको हो। त्यसैले, वार्तालाप सुरू गरेपछि विश्‍वासमा नभएका साथी, शिक्षक, सहकर्मी, स्कूलका सहपाठी, छिमेकी र बाइबल विद्यार्थीहरूसित यो भिडियो हेर्दा नतिजा निकै राम्रो हुनसक्छ। गैर-साक्षी व्यक्‍तिसित भिडियो हेरिसकेपछि उठ्‌ने कुनै पनि प्रश्‍न वा टिप्पणीहरूले पुनःभेट वा बाइबल अध्ययनको लागि आधार तयार पार्नसक्छ।

▪ कोलकतामा (कलकत्ता) हुने भनिएको “परमेश्‍वरको वचनका शिक्षकहरू” विषयक जिल्ला अधिवेशनमा संशोधन गरिएको छ। नोभेम्बर ९-११, २००१ संशोधित मिति रहेको छ। यद्यपि, जुलाई २००१ हाम्रो राज्य सेवकाई-मा उल्लेख गरिएझैं अधिवेशन स्थलको ठेगानामा भने कुनै परिवर्तन गरिएको छैन।

▪ जिल्ला अधिवेशनपश्‍चात्‌ बिल्ला राख्ने प्लास्टिक होल्डर राम्रै अवस्थामा छन्‌ भने कृपया नफाल्नुहोस्‌। हरेक वर्ष नयाँ मगाउनुको सट्टा उक्‍त होल्डरलाई पछि पनि प्रयोग गर्न सकिने गरी जतन गरेर राख्नुहोस्‌।

▪ उपलब्ध नयाँ प्रकाशनहरू:

तपाईंको प्रियजनको मृत्यु हुँदा —नेपाली र हिन्दी

▪ पुनः उपलब्ध प्रकाशनहरू:

मेकिङ योर फ्यामिली लाइफ ह्‍याप्पि —बंगली

“हेर! म सबै थोक नयाँ तुल्याउँदैछु” —तामिल, नेपाली, मराठी र हिन्दी

हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ? —तेलगु

के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ? —तामिल, तेलगु, मराठी, मल्यालम र हिन्दी

जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ? —कन्‍नडा, तामिल, तेलगु, मराठी, मल्यालम र हिन्दी

तपाईंको प्रियजनको मृत्यु हुँदा —तामिल र मल्यालम

कुरुक्षेत्रदेखि आरमागेडोनसम्म—अनि तपाईंको बचावट —तेलगु

प्रमोदवनको बाटो कसरी पत्ता लगाउने (मुसलमानहरूका लागि) —गुजराती, तामिल, तेलगु, मल्यालम र हिन्दी

▪ माथिका साहित्यहरूका लागि लिटरेचर रिक्वेस्ट (S-14) पठाउँदा, तपाईंले सोही साहित्यहरूका लागि पहिले पठाउनुभएको रिक्वेस्टअनुसारका साहित्यहरू पठाइ सकिएको कुरालाई कृपया पक्का गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने