घोषणाहरू
◼ यी महिनामा प्रस्तुत गरिने साहित्यहरू:- जून: परमेश्वर हामीबाट के चाहनुहुन्छ? वा ज्ञान जसले अनन्त जीवन तर्फ डोऱ्याउँछ। यदि यी प्रकाशनहरू स्टकमा छैनन् भने थप प्रकाशनहरू मगाउनुको सट्टा मण्डलीमा थुप्रिएका पुराना अंकका पत्रिका तथा साहित्यहरू प्रस्तुत गर्ने कोसिस गर्नुपर्छ। जुलाई र अगस्त: कुनै पनि ३२ पृष्ठे पुस्तिका प्रस्तुत गर्न सकिन्छ: के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, तपाईंको प्रियजनको मृत्यु हुँदा, त्यो राज्य जसले प्रमोदवन ल्याउने छ, द डिभाइन नेम द्याट विल इन्ड्योर फरेभर, पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्!, शुड यु विलिभ इन द ट्रिनिटी?, “हेर! म सब थोक नयाँ तुल्याउँदैछु,” र ह्वाट हेपन्स टु अस ह्वेन वी डाई? उपयुक्त देखिएको खण्डमा निम्न पुस्तिकाहरू प्रस्तुत गर्न सकिन्छ: विल देयर बि अ वर्ल्ड विथआउट वार?, सबैका लागि उपयोगी किताब, स्प्रिटस् अफ द डेथ—क्यान दे हेल्प यु अर हार्म यु? डु दे रियली एकजिस्ट? र हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ? र सेप्टेम्बर: लाइफ—हाउ डिड इट गेट हियर? बाई इभोलुशन अर बाई क्रिएशन? यसबाहेक तपाईं आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष वा युवा जनहरूका प्रश्न तथा त्यसका उपयोगी जवाफ भन्ने पुस्तक चलाउन सक्नुहुन्छ।
◼ जिल्ला अधिवेशनबारे नयाँ जानकारी: मे २००२ को हाम्रो राज्य सेवकाई-मा उल्लेख गरिएअनुसार सिकंदरबादमा हुने भनिएको सन् २००२ को “परमेश्वरको राज्यका जोसिला उद्घोषकहरू” विषयक जिल्ला अधिवेशनहरूको मिति पुनः निर्धारण गरिएको छ। पुनः निर्धारित मितिहरू हुन्: १) सिकंदरबाद (अंग्रेजी) नोभेम्बर ८-१०, र २) सिकंदरबाद (तेलगु) नोभेम्बर १५-१७.
◼ बेंग्लोरमा नयाँ शाखा कार्यालय घुम्न जाने योजना बनाइरहनुभएका दस वा त्योभन्दा बढी व्यक्तिहरूको समूहले सर्वप्रथम Post Box No. 6441, Yelahanka, Bangalore 560 064, Karnataka मा पत्राचार गर्नु जरुरी छ। अधिविश्वनाथपुरा, बेंग्लोरस्थित बेथेल घुम्न आउने समूहहरूको लागि बेथेल कार्यालयले प्रबन्ध मिलाउनेछ। कृपया कहिले बेथेल घुम्न जाने विचार गर्नुभएको छ त्यसबारे खबर गर्दा कति जना जानुहुँदैछ जानकारी दिंदै मिति अनि समय पहिला नै उल्लेख गरेर पत्र पठाउनुहोस्। अगस्त १, २००२ भन्दा अगाडि कुनै पनि किसिमको भ्रमण गराइनेछैन भन्ने कुरालाई कृपया ध्यान दिनुहोस्। घुम्न जानुअघि कृपया बेथेल गृहहरूमा घुम्न जाँदा पहिरिनुपर्ने भद्र पहिरन तथा कोरीबाटीबारे यही हाम्रो राज्य सेवकाई-को प्रश्न पेटी पुनरावलोकन गर्नुहोस्।
◼ अप्रिल-जून २००२ देखि उर्दू भाषाको ब्यूँझनुहोस्! पत्रिका मासिक नभई त्रैमासिक हुँदैछ।
◼ FAB:FAC जनवरी २४, २००१ मा पठाएको पत्रअनुसार मण्डलीहरूले आफ्नो मण्डलीको पुस्तकालयको लागि एक प्रति भिडियो क्यासेट मात्र मगाउन सक्छन्। यसको लागि लिटरेचर रिक्वेस्ट फाराम-को (S-14) “For Cong. Use.” भनेर तोकिएको ठाउँमा चिह्न लगाउनुपर्छ।
◼ शाखा कार्यालयको स्टकमा उपलब्ध प्रकाशनहरू देखाइएको त्रैमासिक सूची सबै मण्डलीहरूले पाउनेछन्। सबै मण्डलीहरूलाई संशोधित सूची तीन महिनाको एक चोटि पठाइनेछ। कृपया यस सूचीलाई प्लास्टिकको फाइलमा हालेर साहित्य काउन्टर नजिकै राख्नुहोस्। सेवा निरीक्षक र सचिवले प्रकाशनहरूको नवीनतम सूचीमा देखाइएका प्रकाशनहरू मात्र मगाएका छन् कि छैनन् पक्का गर्नुपर्छ। शाखा कार्यालयले पत्र वा हाम्रो राज्य सेवकाई-मार्फत घोषणा नगरेसम्म कृपया अन्य प्रकाशनहरू नमगाउनुहोस्।
◼ उपलब्ध नयाँ प्रकाशनहरू:
आइजायज् प्रोफेसी—लाइट फर अल म्यानकाइन्ड खण्ड २ —हिन्दी, तेलगु
◼ पुनः उपलब्ध प्रकाशनहरू:
अर्गनाइज्ड टु अकम्प्लिश आवर मिनिस्ट्री —अंग्रेजी
सबैका लागि उपयोगी किताब —नेपाली
यहोवा—उहाँ को हुनुहुन्छ? (पर्चा न. २३) —उर्दू