पत्रिकाहरूबारे के भन्ने?
ब्यूँझनुहोस्! जून ८
“गत वर्षमा जस्तो पहिला कहिल्यै शान्ति खतरामा परेको थिएन। के तपाईंलाई मानव सरकारले विश्वशान्ति स्थापना गर्न सक्छ जस्तो लाग्छ? [जवाफ पाइसकेपछि यशैया २:४ पढ्नुहोस्।] ब्यूँझनुहोस्!-को यस अंकले हामी किन विश्वशान्ति चाँडै वास्तविकता हुनेछ भन्ने कुरामा पक्का हुन सक्छौं भनी बताउँछ।”
प्रहरीधरहरा जून १५
“के तपाईंलाई हामीले भोगिरहेका समस्याहरूको अन्त भएको हेर्न पाउनेछौं जस्तो लाग्छ? [पहिलो लेखको सुरुको उद्धरण पढ्नुहोस् र जवाफ दिने मौका दिनुहोस्।] यस्ता समस्याहरू चाँडै अन्त हुनेछ भनी परमेश्वरको प्रेरित वचनले हामीलाई आश्वासन दिन्छ। [भज. ७२:१२-१४ पढ्नुहोस्।] यो कसरी पूरा हुनेछ भन्ने सन्दर्भमा यो प्रहरीधरहरा-ले बताउँछ।”
ब्यूँझनुहोस्! जून ८
“अहिले हामी धर्मको नाममा भएका युद्ध तथा हत्याका रिपोर्टहरूले भरिएको समाचार मात्र सुन्ने गर्छौं। के तपाईंलाई यी हत्याहरू परमेश्वरलाई स्वीकार्य छ जस्तो लाग्छ? [जवाफ पाइसकेपछि मत्ती २६:५२ पढ्नुहोस्।] ब्यूँझनुहोस्!-को यस अंकले यस प्रश्नको जवाफ दिन्छ।”
प्रहरीधरहरा जुला. १
“लाखौं मानिसहरूले उपासना गर्दा प्रतिमा वा धार्मिक तस्बिरहरूको प्रयोग गर्छन् भने अन्य लाखौंले चाहिं यसो गर्नु गलत हो भन्छन्। यस विषयमा परमेश्वरको विचार के होला भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्। त्यसपछि यूहन्ना ४:२४ पढ्नुहोस्।] धार्मिक तस्बिरहरूको प्रयोग गर्ने चलन कसरी सुरु भयो र मूर्तिपूजाबारे बाइबलले के भन्छ भनी यी लेखहरूले बताउँछ।”