प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km02 अगस्त पृ. ८
  • खुलस्त कुराकानी गर्ने हुनुहोस्‌!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • खुलस्त कुराकानी गर्ने हुनुहोस्‌!
  • हाम्रो राज्य सेवकाई—२००२
  • मिल्दोजुल्दो सामग्री
  • फलदायी कुराकानी—सफल वैवाहिक जीवनको कुञ्जी
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • चासो देखाउनुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • राम्ररी तयारी गरेर—चासो देखाऔं
    हाम्रो राज्य सेवकाई—२००६
  • व्यावहारिकता प्रस्ट पार्ने
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००२
km02 अगस्त पृ. ८

खुलस्त कुराकानी गर्ने हुनुहोस्‌!

१ प्रचार गर्ने तथा चेला बनाउने हाम्रो काम पूरा गर्न हामीले अरूलाई जानकारी दिनै पर्छ। (मत्ती २४:१४; २८:१९, २०) साथीहरूमाझ समेत कुरा गर्न गाह्रो हुन सक्छ। अपरिचित व्यक्‍तिहरूलाई सुसमाचार सुनाउन कुन कुराले हामीलाई मदत गर्न सक्छ?

२ अपरिचितदेखि साथीसम्म: सेवकाईमा हामीले भेट्‌नेहरूको ठाउँमा आफूलाई राख्ने कोसिस गर्नुहोस्‌। आजको संसारमा अपरिचित व्यक्‍तिहरू देख्दा कोही-कोही शंकालु हुनु वा डराउनु स्वाभाविकै हो। यसले कुराकानी गर्न बाधा पुऱ्‍याउन सक्छ। सुरुमा आफूले भेटेको व्यक्‍तिको शंकामाथि तपाईं कसरी विजयी हुन सक्नुहुन्छ? एक शब्द नबोली कुराकानी गर्ने एउटा तरिका हो, हाम्रो भद्र बाहिरी रूप। हाम्रो साधा पहिरन अनि मर्यादित आचरणले डर कम गर्न मदत गर्छ।—१ तिमो. २:९, १०.

३ कुराकानी गर्न मदत गर्ने अर्को तरिका तनाउ मुक्‍त, मित्रैलो व्यवहार हो। यसले अरूलाई सजिलो महसुस गराउनुका साथै हाम्रो कुरा सुन्‍न इच्छुक बनाउँछ। यस सम्बन्धमा राम्रो तयारी आवश्‍यक छ। के भन्‍ने हो त्यो कुरा दिमागमा ठप्प बसेको छ भने हामी त्यति अतालिने छैनौं। हाम्रो यस्तो शान्त स्वभावले अरूलाई हाम्रो सन्देशतर्फ आकर्षित गर्छ। एक जना साक्षीसँग कुरा गर्दाको क्षण सम्झँदै एउटी आइमाईले यसो भनिन्‌: “मैले अहिलेसम्म भुल्न नसकेको कुरा के हो भने, तिनको शान्त हँसिलो मुहार। मलाई तिनको यस्तो शान्तिको रहस्य जान्‍ने इच्छा जाग्यो। यसले गर्दा ती आइमाईको लागि सुसमाचार सुन्‍ने बाटो खुल्यो।

४ आकर्षित गर्ने गुणहरू: हामीले अरूका कुरामा पनि व्यक्‍तिगत तवरमा ध्यान दिनुपर्छ। (फिलि. २:४) यसो गर्ने एउटा तरिका आफै मात्र बोल्या-बोल्यै नगरेर हो। किनभने कुराकानी गर्नुमा सुन्‍नु पनि समावेश छ। हाम्रो कुरा सुनिरहेका व्यक्‍तिहरूलाई कुरा गर्न आमन्त्रित गर्दा र उनीहरूले भनेका कुराहरू ध्यान दिएर सुनिदिंदा हामी उनीहरूको ख्याल गर्छौं भन्‍ने कुरा उनीहरूले थाह पाउँछन्‌। त्यसैकारण, आफ्ना श्रोताहरू बोल्दा आफूले तयारी गरेको प्रस्तुति टक्य्राउन नहतारिनुहोस्‌। सक्नुहुन्छ भने, निष्कपटतासाथ उनीहरूको प्रशंसा गर्नुहोस्‌ र आफूले भन्‍न चाहेको कुरालाई उनीहरूले भनेको कुरासँग जोड्‌नुहोस्‌। यदि उनीहरूको टिप्पणीमा उनीहरूलाई लागिरहेको चिन्ता झल्किएमा त्यसैअनुसार आफ्नो प्रस्तुतिलाई मोड्‌नुहोस्‌।

५ विनय र नम्रता छ भने कुराकानी गर्दा कुनै समस्या खडा हुँदैन। (हितो. ११:२; प्रेरि. २०:१९) येशू “विनयी र नम्र” हुनुभएकोले मानिसहरू उहाँप्रति आकर्षित भए। (मत्ती ११:२९) अर्कोतर्फ, अरूभन्दा श्रेष्ठ छु भन्‍ने मनोभाव भएको व्यक्‍तिको नजिक कोही पनि पर्न चाहँदैन। तसर्थ, हामीसित सत्य छ भन्‍ने कुरामा हामी पक्का भए तापनि हामी जिद्दी गर्नदेखि बुद्धिमानपूर्वक अलग बस्छौं।

६ कुनै व्यक्‍तिको विचारधारा बाइबलको शिक्षाअनुरूप छैन भने नि? के हामीले तिनको सोचाइ सुधार्नु आवश्‍यक छ? समयमा सुधार्नु आवश्‍यक पर्ला, तर सुरुमै यसो गर्ने प्रयास गर्नु हुँदैन। हामीले सुनाउने बाइबलका शिक्षाहरू हाम्रो श्रोतालाई स्वीकार्न गाह्रो पर्नुअघि नै हामी र श्रोता दुवै जना सहमत हुने कुराहरू गर्नु अक्सर लाभदायी हुन्छ। यसको लागि धीरज र कौशलता चाहिन्छ। यस सम्बन्धमा पावलले अरैयापागसका न्यायाधीशहरूलाई प्रचार गर्दा राम्रो उदाहरण बसाले।—प्रेरि. १७:१८, २२-२३.

७ सबैभन्दा ठूलो कुरा त, निष्कपट प्रेमले हामीलाई प्रभावशाली ढंगमा कुराकानी गर्न सक्ने हुन मदत गर्छ। येशूजस्तै हामी पनि “गोठालो नभएका भेडाहरू जस्तै हैरान भई तितर-बितर भएका” मानिसहरू देख्दा दयाले भरिनुपर्छ। (मत्ती ९:३६) यसले हामीलाई त्यस्ता मानिसहरूकहाँ गएर सुसमाचार सुनाउन र उनीहरूलाई जीवनको बाटोमा हिंड्‌न मदत गर्न उत्प्रेरित गर्छ। हाम्रो सन्देश प्रेमको सन्देश हो। त्यसैले आउनुहोस्‌, यसलाई मायालु ढंगमा सुनाइरहौं। यसो गरेको खण्डमा हामी ब्रह्‍माण्डकै प्रथम खुलस्त कुराकानी गर्नुहुने यहोवा परमेश्‍वर तथा येशू ख्रीष्टको अनुकरण गरिरहेका हुन्छौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने