घोषणाहरू
◼ यी महिनामा प्रस्तुत गरिने साहित्यहरू:- सेप्टेम्बर: लाइफ—हाउ डिड इट गेट हियर? बाइ इभोलुसन अर बाइ क्रिएसन? यो पुस्तक छैन भने, आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष वा युवा जनहरूका प्रश्न तथा त्यसका उपयोगी जवाफ भन्ने पुस्तक चलाउन सक्नुहुन्छ। अक्टोबरः प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिका। पुनःभेट गरेको ठाउँमा यहोवाका साक्षीहरू—विश्वभरि एक भएर परमेश्वरको इच्छा गरिरहेका छन् भन्ने पुस्तिका प्रस्तुत गर्नुहोस्। सुरुदेखि नै घरधनीलाई मण्डलीका सभाहरूमा आउन निम्तो दिइरहनुहोस्। नोभेम्बरः परमेश्वर हामीबाट के चाहनुहुन्छ? वा ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ। यदि घरधनीसित यी प्रकाशनहरू छन् भने, पुराना प्रकाशनहरू प्रस्तुत गर्न सकिन्छ। डिसेम्बरः आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष। यो पुस्तक छैन भने बाइबलका कथाहरू भएको मेरो पुस्तक, द बाइबल—गड्स वर्ड अर म्यान्स? वा पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ नामक पुस्तक चलाउन सक्नुहुन्छ।
◼ पुनःस्थार्पित हुन चाहने बहिष्कृत वा संगत गर्न छाडेका व्यक्तिहरूको सन्दर्भमा अप्रिल १५, १९९१ को प्रहरीधरहरा पृष्ठ २१-३ मा दिइएका निर्देशनहरू पालन गर्न प्राचीनहरूलाई स्मरण गराइन्छ।
◼ प्रकाशकहरूले पठाएका व्यक्तिगत साहित्य मागलाई सोसाइटीले सदर गर्दैन। व्यक्तिगत साहित्य मगाउन चाहने सबैले साहित्य सम्हाल्ने भाइलाई जानकारी दिन सकून् भन्ने हेतुले प्रत्येक महिना सोसाइटीलाई साहित्य अर्डर पठाउनुअघि मण्डलीका अध्यक्षले त्यसबारे घोषणा गर्ने प्रबन्ध मिलाउनुपर्छ। कुन-कुन प्रकाशन विशेष आवेदनअन्तर्गत पर्छन्, कृपया ध्यान दिनुहोस्।
◼ सन् २००३ को स्मरणार्थ महिनाको विशेष भाषण आइतबार, अप्रिल २७ तारिखका दिन दिइनेछ। भाषणको विषय र रूपरेखा पछि उपलब्ध गराइनेछ। त्यस सप्ताहन्तमा क्षेत्रीय निरीक्षकको भ्रमण वा सम्मेलन हुने मण्डलीहरूमा त्यसपछिको हप्ता विशेष भाषण हुनेछ। अप्रिल २७, २००३ भन्दाअघि कुनै पनि मण्डलीमा विशेष भाषण दिनुहुँदैन।