प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km03 जनवरी पृ. १
  • नम्रता चाहिने कार्य

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नम्रता चाहिने कार्य
  • हाम्रो राज्य सेवकाई—२००३
  • मिल्दोजुल्दो सामग्री
  • साँचो नम्रता खेती गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • नम्रता किन धारण गर्नु?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • यहोवा आफ्ना नम्र सेवकहरूलाई अनमोल ठान्‍नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • येशूले नम्रताको नमुना बसाल्नुभयो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००३
km03 जनवरी पृ. १

नम्रता चाहिने कार्य

१ परमेश्‍वरको वचनले हामीलाई “नम्र मनका, खराबीको बदला खराबी नगर्न, . . . तर उल्टा आशिष्‌ दिने होओ” भन्‍ने सल्लाह दिन्छ। (१ पत्रु. ३:८, ९) त्यो सल्लाह हाम्रो प्रचारकार्यमा पनि पक्कै लागू हुन्छ। साँच्चै, मसीही सेवकाईमा हाम्रो नम्रताको जाँच हुन सक्छ।

२ नम्रता भनेको अप्रिय परिस्थितिमा पनि हामीलाई सहन मदत गर्ने गुण हो। प्रचारकार्यमा लाग्दा कसै-कसैले नराम्रो व्यवहार गर्नेछन्‌ भनेर थाह पाउँदा पाउँदै पनि निम्तो नभए पनि हामी अपरिचित व्यक्‍तिहरूसित कुरा गर्छौं। त्यस्तो परिस्थितिमा पनि प्रचार गरिरहन नम्रता चाहिन्छ। दुई जना अग्रगामी बहिनीहरू एउटा अत्यन्तै कठिन इलाकामा कसैलाई भेट्‌न नसके तापनि दुई वर्षसम्म दिनहुँ घर-घरको सेवामा लागिरहे! तथापि, तिनीहरूले धैर्य धारण गरे र आज त्यस इलाकामा दुईवटा मण्डली छन्‌।

३ छुच्चो व्यवहारको सामना गर्ने: नम्रताले हामीलाई अरूले कठोर वा अभद्र व्यवहार गरे तापनि येशूको अनुकरण गर्न मदत गर्नेछ। (१ पत्रु. २:२१-२३) एउटा घरमा एक जना बहिनीलाई पहिले श्रीमती र पछि श्रीमान्‌ले पनि मौखिक दुर्व्यवहार गरेर तिनीहरूको घरबाट निस्किहाल्ने आदेश दिए। ती बहिनी केवल मुस्कुराइन्‌ र अर्को पटक कुरा गरौंला भनेर फर्किन्‌। यो देखेर उक्‍त दम्पती अत्यन्तै प्रभावित भए र पछि अर्को साक्षी आउँदा कुरा सुन्‍नुका साथै राज्यभवनमा हुने सभामा उपस्थित हुने निम्तो स्वीकारे। सुरुमा उनीहरूले गाली गरेको बहिनीले उनीहरूलाई स्वागत गर्नुका साथै थप साक्षी दिइन्‌। हामीले पनि “नम्रता र डर” देखाएर हाम्रो कुरा नसुन्‍नेहरूको मन कोमल बनाउन सक्छौं।—१ पत्रु. ३:१५; हितो. २५:१५.

४ अहंकार नदेखाउनुहोस्‌: हामीसित बाइबलको ज्ञान हुँदैमा मानिसहरूलाई तुच्छ दृष्टिले हेर्ने वा तिनीहरूलाई अपमानजनक शब्द प्रयोग गर्ने छुट पाएका छैनौं। (यूह. ७:४९) बरु, परमेश्‍वरको वचनले हामीलाई “कसैको बदनाम नगर्नू” भन्‍ने सल्लाह दिन्छ। (ती. ३:२) हामी येशूजस्तै नम्र हृदयका भयौं भने अरूले स्फूर्ति पाउँछन्‌। (मत्ती ११:२८, २९) नम्र भएर कुरा गर्दा अरूलाई हाम्रो सन्देश राम्रो लाग्छ।

५ हो, नम्रताले हामीलाई कठिन इलाकामा पनि धैर्य धारण गर्न मदत गर्छ। यसले कठोर हृदय भएकाहरूको मन नरम गर्न अनि अरूलाई राज्य सन्देशप्रति आकर्षित गर्न सक्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा त, यसले यहोवालाई प्रसन्‍न तुल्याउँछ, जसले “नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।”—१ पत्रु. ५:५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने