प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km03 जुलाई पृ. ७
  • अशक्‍त—तरैपनि फलदायी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अशक्‍त—तरैपनि फलदायी
  • हाम्रो राज्य सेवकाई—२००३
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाले तपाईँलाई बल दिनुहुनेछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • के तपाईँ आफूलाई सुम्पिइएको सेवाको काम राम्ररी पूरा गर्दै हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • अप्रिल—‘परिश्रम र प्रयत्न’ गर्नुपर्ने महिना
    हाम्रो राज्य सेवकाई—२००१
  • यहोवाको सेवामा व्यस्त
    हाम्रो राज्य सेवकाई—१९९२
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००३
km03 जुलाई पृ. ७

अशक्‍त—तरैपनि फलदायी

१ यदि तपाईं यहोवाका थुप्रै अशक्‍त साक्षीहरूमध्ये एक हुनुहुन्छ भने, तपाईं सेवकाईमा अझै पनि फलदायी हुन सक्नुहुन्छ। साँच्चै भन्‍ने हो भने, तपाईंको परिस्थितिले तपाईंलाई साक्षी दिन र अरूलाई प्रोत्साहन दिन विशेष सुअवसर प्रदान गर्न सक्छ।

२ साक्षी दिने: अशक्‍तता विरुद्ध संघर्ष गर्नुपर्ने थुप्रैले सेवकाईमा पूरापूर भाग लिइरहेका छन्‌। उदाहरणका लागि, शल्यक्रिया गर्दा गम्भीर असर परेको कारण चलहल गर्न र बोल्नै नसक्ने एउटी बहिनीले व्यस्त सडक पेटी नजिकै आफ्नो पतिले मोटर पार्क गरिदिएको खण्डमा आफूले पत्रिका कार्यमा भाग लिन सक्ने कुरा थाह पाइन्‌। एक चोटि त तिनले दुई घण्टाभित्र ८० वटा पत्रिका वितरण गरिन्‌! तपाईंको विशेष परिस्थितिले भेट्‌नै गाह्रो मानिसहरूसित सम्पर्क राख्न तपाईंलाई पनि मदत गर्न सक्छ। यदि त्यसो हो भने, त्यस्ता व्यक्‍तिहरूलाई आफ्नो विशेष इलाका ठान्‍नुहोस्‌।

३ तपाईंको प्रचारकार्य एकदमै प्रभावकारी हुन सक्छ! जसै अरूले तपाईंको संकल्प अनि बाइबल सत्यले तपाईंको जीवनमा पारेको राम्रो असर देख्छन्‌, उनीहरू पनि राज्य सन्देशप्रति आकर्षित हुन सक्छन्‌। यसबाहेक, दुःखकष्ट झेलिरहेका मानिसहरूलाई भेट्‌नुहुँदा तपाईंले आफ्नो जीवनमा हासिल गर्नुभएका अनुभवहरूले गर्दा तपाईं उनीहरूलाई परमेश्‍वरको वचनबाट सान्त्वना दिन सुसज्जित हुन सक्नुहुन्छ।—२ कोरि. १:४.

४ अरूलाई बलियो बनाउनुहोस्‌: सैंतीस वर्षसम्म श्‍वासप्रश्‍वास गराउने यन्त्रभित्र बस्नुपरे तापनि १७ जना व्यक्‍तिहरूलाई बाइबल सत्यको सही ज्ञानतर्फ डोऱ्‍याउन सक्षम लरेलको जीवनी पढेर के तपाईं प्रोत्साहित हुनुभएन र? त्यस्तै गरी, तपाईंको उदाहरणले सँगी विश्‍वासीहरूलाई यहोवाको सेवामा कडा प्रयास गर्न उत्प्रेरित गर्न सक्छ।— g९३ १/२२ पृ. १८-२१.

५ परिस्थितिले गर्दा तपाईं आफूले चाहेजति सेवकाईमा जान नसक्नु भए तापनि तपाईं अरूलाई बलियो बनाउन सक्नुहुन्छ। एक जना भाइले यसो भने: “गम्भीर रूपमा अशक्‍त व्यक्‍तिसमेत अरूको निम्ति ठूलो मदत साबित हुन सक्दो रहेछ भन्‍ने कुरा मैले बुझेको छु। मेरी पत्नी र म एक किसिमले मण्डलीका थुप्रैका लागि मदतको स्रोत बनेका छौं। हाम्रो परिस्थितिले गर्दा हामी सधैं उपलब्ध हुन्छौं।” तथापि, अशक्‍तताको कारण तपाईं सधैं आफ्नो जोसअनुसार गर्न सक्नुहुन्‍न भन्‍ने कुरा स्पष्ट छ। तैपनि, अलिकति मदत पाएको खण्डमा तपाईं सेवकाईमा सक्रियतापूर्वक भाग लिन सक्नुहुन्छ। तसर्थ, यदि तपाईं केही सहयोग चाहनुहुन्छ भने, मण्डलीका प्राचीन वा तपाईंलाई सहयोग गर्न सक्षम अरू कसैसित यसबारे कुरा गर्न नहिचकिचाउनुहोस्‌।

६ यहोवाको सेवा गर्न तपाईं जे-जति गर्नुहुन्छ, ती सबै उहाँले याद गर्नुहुन्छ र तपाईंले गर्नुहुने तनमनको सेवामा उहाँ प्रशन्‍न हुनुहुन्छ। (भज. १३९:१-४) जसै तपाईं उहाँमाथि भर पर्नुहुन्छ, फलदायी तथा अर्थपूर्ण सेवकाईको लागि उहाँले तपाईंलाई बलियो पार्न सक्नुहुन्छ।—२ कोरि. १२:७-१०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने