परमेश्वरको कृपाको लागि कृतज्ञता
१ मसीही हुनुभन्दा पहिला प्रेरित पावलले मसीही धर्म फैलिनदेखि रोक्न घोर विरोध गरेका थिए। तथापि, तिनले ती सबै अनजानमा गरेको कारण तिनलाई कृपा देखाइयो। यहोवाले अनुग्रह देखाउनुभयो र पावललाई प्रचार गर्ने कार्यभार सुम्पियो। तिनले त्यस कार्यभारलाई मूल्यवान् ठाने। (प्रेरि. २६:९-१८; १ तिमो. १:१२-१४) यहोवाको कृपाको लागि कृतज्ञताले पावललाई आफ्नो सेवकाई पूरा गर्नका लागि आफूलाई खर्च गर्न उत्प्रेरित गऱ्यो।—२ कोरि. १२:१५.
२ परमेश्वरले कृपा देखाउँदै हामीलाई पनि सेवकाई सुम्पनुभएको छ। (२ कोरि. ४:१) अरूलाई आध्यात्मिकतामा प्रगति गर्न मदत गरेर पावलले जस्तै हामीप्रति देखाइएको कृपाको लागि हामी पनि कृतज्ञता जाहेर गर्न सक्छौं। यसो गर्न सकिने एउटा तरिका बाइबल अध्ययन सुरु गर्नुका साथै सञ्चालन गरेर हो।
३ बाइबल अध्ययन सुरु गर्ने: बाइबल अध्ययन सुरु गर्ने एउटा तरिका पत्रिका रुट स्थापना गरेर हो। जसै हामी आफ्नो रुटका व्यक्तिहरूलाई नियमित रूपमा भेट्न जान्छौं, हामीलाई उनीहरूको चासोका कुराहरू अझ राम्ररी थाह हुँदै जान्छ। समयको अन्तरालमा, कुनै एउटा पत्रिकाको लेखले चाहनुहुन्छ पुस्तिकाबाट बाइबल अध्ययन सुरु गर्ने बाटो खोल्न सक्छ। त्यसपछिका भेटहरूमा, घरधनीलाई पत्रिकाहरू दिन जाँदा चाहनुहुन्छ पुस्तिकामा केन्द्रित छलफललाई निरन्तरता दिन सकिन्छ।
४ प्रार्थनापूर्वक प्रयास गर्नु आवश्यक: प्रार्थनाका साथै लगनशील प्रयासले हाम्रो प्रचारकार्यलाई गति दिनेछ। एउटा बाइबल अघ्ययन भएकी अग्रगामी बहिनीले अझ धेरै बाइबल अध्ययन पाउन सकूँ भनेर यहोवालाई प्रार्थना गरिन्। आफ्ना प्रार्थनाहरूअनुरूप तिनले काम पनि गरिन्। तिनले आफ्नो सेवकाईबारे गहिरिएर सोचिन् र पुनःभेट गर्दा आफूले बाइबल अध्ययनको प्रस्ताव राख्ने नगरेको याद गरिन्। तिनले यसो गर्न थालिन् र चाँडै तिनको अर्को दुईवटा अध्ययन थपियो।
५ “परमेश्वरको अनुग्रहको सुसमाचारको साक्षी” दिने कार्यमा सहभागी हुन पाउनु हाम्रो लागि कत्ति ठूलो सुअवसर हो! (प्रेरि. २०:२४) परमेश्वरको कृपाप्रति कृतज्ञताले हामीलाई यहोवाको दयाबाट लाभ उठाउन अरूलाई पनि मदत गर्न लगनशील हुन प्रेरित गरोस्।