प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km04 अक्टोबर पृ. १
  • सङ्‌कष्टको बावजुद आनन्द गरिरहने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सङ्‌कष्टको बावजुद आनन्द गरिरहने
  • हाम्रो राज्य सेवकाई—२००४
  • मिल्दोजुल्दो सामग्री
  • धीरज—मसीहीहरूका लागि अत्यावश्‍यक
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • “सहनशीलतालाई त्यसको पूरा काम गर्न देओ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रम
    हाम्रो राज्य सेवकाई—१९९५
  • यहोवाको सङ्‌गठनसित नजिक हुनुहोस्‌
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००४
km04 अक्टोबर पृ. १

सङ्‌कष्टको बावजुद आनन्द गरिरहने

१ आफ्ना चेलाहरूलाई सङ्‌कष्ट हुनेछ भनेर हाम्रा मालिकले भविष्यवाणी गर्नुभयो। (मत्ती २४:९) हामीले परीक्षाहरूलाई कस्तो दृष्टिकोणले हेर्नुपर्छ? सङ्‌कष्ट सहन हामीलाई कुन कुराले मदत गर्नेछ? सन्‌ २००४ सेवा वर्षको क्षेत्रीय सम्मेलन कार्यक्रमले यी प्रश्‍नहरूको जवाफ दिएको थियो। मूल विषय थियो, “आशामा आनन्द गर, सङ्‌कष्टमा स्थिर रहो।”—रोमी १२:१२.

२ दुईवटा गोष्ठी: “धीरजसित फल फलाउनुहोस्‌” विषयको पहिलो गोष्ठीमा प्रत्यक्ष आक्रमण, प्राकृतिक प्रकोप वा व्यक्‍तिगत कष्टका बावजुद यहोवाका जनहरूले कुन-कुन तरिकामा फल फलाउँछन्‌ भन्‍ने कुरा छलफल गरिएको थियो। आफ्नो मनका फिक्रीहरूबारे वा कुनै पनि किसिमको कष्टमा परेका अन्य भाइहरूका लागि निरन्तर प्रार्थना गर्नु एउटा महत्त्वपूर्ण पक्ष हो। (१ थिस्स. ५:२७) प्रकाशकहरूले अविलम्बी भावसहित कसरी प्रचार गर्छन्‌ र सिकाउँछन्‌ भन्‍ने सन्दर्भमा केही प्रकाशकहरूसित अन्तरवार्ता लिइएको थियो। “यहोवाले अनुशासन दिनुहुँदा” भन्‍ने भागबाट आमाबाबुले विशेष गरी निकै लाभ उठाए, जुन भागमा आमाबाबुले कसरी आफ्ना छोराछोरीसित तर्क गर्न र उनीहरूलाई यहोवासामु जवाफदेही हुनुको महत्त्व बुझ्न मदत गर्न सक्छन्‌ भन्‍ने कुरा छलफल गरिएको थियो। (उप. ११:९) संसारले हामीलाई बिस्तारै प्रतिकूल असर पार्न नदिन र फिक्रीहरू अथवा धनसम्पत्तिको छली शक्‍तिद्वारा आफूलाई निष्फल हुन नदिन हामीले के गर्नै पर्छ भन्‍ने विषयमा गोष्ठीको अन्तिम वक्‍ताले प्रकाश पारे।—मर्कू. ४:१९; मत्ती ६:२२.

३ दोस्रो गोष्ठीको मूल विषय थियो, “धीरजसाथ दौडनुहोस्‌।” यस गोष्ठीले हाम्रो समर्पित जीवन पद्धति कुन अर्थमा सबैभन्दा ठूलो दौड हो भनेर स्पष्टसित उल्लेख गऱ्‍यो र त्यो दौड अनन्त जीवनको दौड हो। हामी किन नियमबमोजिम दौडनु आवश्‍यक छ? (२ तिमो. १:१३; २ कोरि. १३:५) हामी कसरी हर किसिमको टन्टा पन्छाएर नथाकीकन जीवनको दौड दौडन सक्छौं? (लूका १२:१६-२१; १०:४०-४२; २ कोरि. ६:१४-१५) उपलब्ध गराइएको समसामयिक धर्मशास्त्रीय सल्लाहले हामी सबैलाई धीरजसाथ दौडिरहन मदत गर्नेछ।—हिब्रू १२:१.

४ धैर्य धारण गर्दा परमेश्‍वरको अनुमोदन प्राप्त हुन्छ: परिभ्रमण निरीक्षकहरूले प्रस्तुत गरेका भाषणहरूले विश्‍वासलाई दरिलो बनाउन मदत गऱ्‍यो। जिल्ला निरीक्षकले दिएको एउटा भाषणको विषय थियो, “स्थिरताले अनुमोदन प्राप्त अवस्थातर्फ लैजान्छ।” धीरजले हामीलाई आध्यात्मिक मानिसहरूको रूपमा “कुनै कुराको अभाव नभएर सिद्ध र पूर्ण” बनाउँछ भनेर यस भाषणमा वर्णन गरिएको थियो। (याकू. १:४) धीरजको सबैभन्दा महान्‌ उदाहरण यहोवा परमेश्‍वर हुनुहुन्छ, जसले आफ्नो विश्‍वव्यापी सार्वभौमिकताको विरुद्धमा भएको विद्रोहलाई धेरै अघिदेखि सहँदै आउनुभएको छ। जनभाषणले यी प्रश्‍नहरूको जवाफ दिएको थियो: राष्ट्रहरूले कसको नाउँमा आशा राख्नुपर्छ र त्यसो गर्नुमा के समावेश छ। “धैर्यद्वारा तपाईंले आफ्नो प्राण प्राप्त गर्नुहुनेछ” विषयको समापन भाषणमा रुष्ट नभईकन येशूले कसरी अन्याय सहन सक्नुभयो भन्‍ने कुरा छलफल गरिएको थियो।—१ पत्रु. २:२१-२३.

५ हाम्रो लागि यो आध्यात्मिक आहारको भोज स्वयम्‌ यहोवाले तयार पार्नुभएको थियो। त्यसकारण आउनुहोस्‌, सम्मेलन कार्यक्रममा प्रदान गरिएका सबै असल सरसल्लाह लागू गर्ने र त्यहाँ दिइएको प्रोत्साहनबाट लाभ उठाउने सङ्‌कल्प गरौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने