प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km03 सेप्टेम्बर पृ. ९
  • बाइबल छलफलका लागि सुझावहरू र त्यसलाई ज्ञान पुस्तकसँग जोड्‌ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबल छलफलका लागि सुझावहरू र त्यसलाई ज्ञान पुस्तकसँग जोड्‌ने
  • हाम्रो राज्य सेवकाई—२००३
हाम्रो राज्य सेवकाई—२००३
km03 सेप्टेम्बर पृ. ९

बाइबल छलफलका लागि सुझावहरू र त्यसलाई ज्ञान पुस्तकसँग जोड्‌ने

१. युद्धका विषयहरू र संसारको तनावग्रस्त अवस्थाहरूको चिन्ताबारे छलफल गर्नुहोस्‌। तपाईं यसो भन्‍न सक्नुहुन्छ:

“[ताजा खबर उल्लेख गर्नुहोस्‌।] लक्ष्यहरू जतिसुकै असल भए तापनि युद्धसम्बन्धी समाचारले हामीलाई के यो संसार शान्तितर्फ उन्मुख होला वा के यसरी नै परिस्थिति बिग्रँदै जाने हो त भनी सोच्न बाध्य तुल्याउँछ। सबैजना युद्धरहित संसार होस्‌ भन्‍ने चाहन्छन्‌ भन्‍ने कुरामा कुनै दुई मत छैन। के तपाईंलाई त्यस्तो अवस्था मानिसहरूले सृजना गर्न सक्छ जस्तो लाग्छ?” घरधनीको जवाफलाई ध्यान दिएर सुन्‍नुहोस्‌। त्यसपछि भजन ४६:८, ९ वा मीका ४:२-४ पढ्‌नुहोस्‌ र परमेश्‍वरले हस्तक्षेप गर्नु आवश्‍यक छ भन्‍ने कुरा उल्लेख गर्नुहोस्‌। ज्ञान पुस्तक पल्टाउनुहोस्‌ र पृष्ठ ९८ मा अनुच्छेद १, २ र पृष्ठ ९९ मा अनुच्छेद ५ छलफल गर्नुहोस्‌।

२. युद्धका विषयहरू र संसारको तनावग्रस्त अवस्थाहरूको चिन्ताबारे छलफल गर्नुहोस्‌।

“[ताजा खबरहरू उल्लेख गर्नुहोस्‌।] युद्धले स-साना केटाकेटीलाई समेत नराम्रो गरी प्रभावित गरेको खबर सुन्दा हामी सबैलाई दुःख लाग्छ नि, होइन र? हामी बाँचिरहेको संसारको रीति नै यस्तै हो र यस विषयमा हामी केही पनि गर्न सक्दैनौं भनेर कोही-कोही भन्‍ने गर्छन्‌। तपाईंलाई कस्तो लाग्छ? [घरधनीको जवाफलाई ध्यान दिएर सुन्‍नुहोस्‌।] बाइबलले हामीलाई हाम्रो समयको अर्थबारे स्पष्टसित बताउनुका साथै भविष्यबारे भविष्यवाणी गर्छ।” २ तिमोथी ३:१ पढ्‌नुहोस्‌ र त्यसपछि ज्ञान पुस्तकको पृष्ठ ९८, अनुच्छेद १, २ पल्टाउनुहोस्‌।

३. तपाईं अपराध र दुःखद दुर्घटनाहरू उल्लेख गर्न सक्नुहुन्छ।

“सायद तपाईंले ___________________ बारे [कुनै एउटा विशेष घटना बताउनुहोस्‌] समाचार सुन्‍नुभएको होला। त्यो अत्यन्तै दुःखलाग्दो दुर्घटना थियो नि, होइन र? हामी वरपरका वा स्वय्‌म हामीले अनुभव गर्ने यस्ता दुःखकष्टहरूबारे परमेश्‍वर साँच्चै चासो राख्नुहुन्छ कि राख्नुहुन्‍न भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्‌।] यसबारे परमेश्‍वरको दृष्टिकोण बाइबलमा बताइएको छ।” भजन ७२:१२-१७ बाट तपाईं केही उपयुक्‍त शब्दहरू पढ्‌न सक्नुहुन्छ। त्यसपछि, ज्ञान पुस्तकको पृष्ठ ७० पल्टाउनुहोस्‌ र परमेश्‍वरले दुःखकष्ट हुने अनुमति किन दिनुहुन्छ भन्‍ने प्रश्‍नको जवाफ यस पुस्तकमा दिइएको छ भनेर औंल्याउनुहोस्‌। तपाईं यसो भन्दै कुरालाई अझ अगाडि बढाउन सक्नुहुन्छ: “बाइबलले दिने जवाफ साँच्चै सान्त्वनादायी छ। त्यसकारण, म यो पुस्तक तपाईंकहाँ छोडिराख्न चाहन्छु र तपाईं आफैले जवाफ पत्ता लगाउन प्रोत्साहन दिन्छु।

४. मृतकहरूको अवस्थाबारे छलफल गर्नुहोस्‌।

“हामी सबैले नै आफ्ना प्रियजन गुमाएका छौं नि, होइन र? धेरै वर्षपछिसम्म पनि आफ्नो प्रियजन गुमाएकोमा हामी शोक गर्न सक्छौं। म अझै पनि मेरो [मृत्युको कारण गुमाएका आफ्नो कोही प्रिय जनबारे उल्लेख गर्नुहोस्‌]-लाई धेरै सम्झन्छु। के तपाईंले कहिल्यै यस्तो अनुभव गर्नुभएको छ? (१) घरधनीले आफ्नो अनुभवबारे कुरा गर्न थाल्यो भने: त्यसलाई ध्यानपूर्वक सुनिसकेपछि तपाईं यसो भन्‍न सक्नुहुन्छ, “म यी शब्दहरूमा सान्त्वना पाउँछु।” लूका २०:३८ वा १ थिस्सलोनिकी ४:१३ देखाउनुहोस्‌ र सोध्नुहोस्‌; “के तपाईं मानिस किन बूढो हुन्छ र मर्छ भन्‍ने प्रश्‍नको कारण पत्ता लगाउन चाहनुहुन्छ?” घरधनीको ध्यान ज्ञान पुस्तकको पृष्ठ ५३, अनुच्छेद १-३ तर्फ खिच्नुहोस्‌। (२) घरधनी आफ्नो अनुभवबारे कुरा गर्दैनन्‌ भने: तपाईं सोध्न सक्नुहुन्छ, “मृतकहरू प्रमोदवन वा स्वर्गमा प्रवेश गर्छ भनी कोही-कोही भन्‍ने गर्छन्‌ भने, कोही-कोहीचाहिं तिनीहरू धुलोमै फर्किजान्छ भन्छन्‌। यस विषयमा तपाईंलाई कस्तो लाग्छ?” त्यसपछि उपदेशक ९:५, १० पढ्‌नुहोस्‌ र ज्ञान पुस्तकको पृष्ठ ८२, अनुच्छेद ९, १० पल्टाउनुहोस्‌।

५. सकारात्मक दृष्टिकोण राख्नुको महत्त्वबारे छलफल गर्नुहोस्‌:

“आजकल, थुप्रै मानिसहरूले आफूले सामना गर्ने आर्थिक कठिनाइप्रति सकारात्मक दृष्टिकोण राख्ने कोसिस गरिरहेका छन्‌। सायद तपाईं पनि तीमध्ये एक हुनुहुन्छ होला। [जवाफ दिने मौका दिनुहोस्‌।] मेरो सन्दर्भमा भन्‍ने हो भने, यो बाइबल शास्त्रपद निकै नै मदतकारी साबित भएको छ।” मत्ती ६:३४ पढिसकेपछि ज्ञान पुस्तकको पृष्ठ १६, अनुच्छेद १३ मा दिइएको एक जना शिक्षाविद्‌को टिप्पणी पढ्‌नुहोस्‌। तपाईं डाँडाको उपदेशका केही शिक्षाहरू पनि छलफल गर्न सक्नुहुन्छ।

६. परिवारमा खुलस्त कुराकानी गर्नु सधैं प्रभावकारी हुन्छ।

“काम गर्ने ठाउँ र स्कूलमा तनावग्रस्त परिस्थिति बढ्‌दैछ। त्यसकारण, परिवारका सदस्यहरूलाई प्रोत्साहनको खाँचो परिरहेको हुन सक्छ। तथापि, कहिलेकाहीं स्वयम्‌ हामीले सामना गर्ने बढ्‌दो तनावले गर्दा अथक प्रयास गर्नुपर्ने हुन सक्छ। आफ्नो परिवारलाई हामी के भन्छौं त्यो निकै नै महत्त्वपूर्ण भए तापनि बाइबलले योभन्दा अझ महत्त्वपूर्ण कुरा बताउँछ, जसलाई हामीले मनमा राख्नु जरुरी छ। [हितोपदेश १६:२३, २४ पढ्‌नुहोस्‌।] यस शास्त्रपदले बताएअनुसार सफल कुराकानीको कुञ्जी हाम्रो मुख नभई हाम्रो हृदय हो।” ज्ञान पुस्तकको पृष्ठ १४३, अनुच्छेद ९ पल्टाउनुहोस्‌ र एकअर्काप्रति चासो देखाउनुको महत्त्व प्रकाश पार्नुहोस्‌। साथै, अनुच्छेद ७ ढाक्दै शान्तपूर्वक कुराकानी गर्नु किन गाह्रो हुन सक्छ भनेर पनि तपाईं छलफल गर्न सक्नुहुन्छ।

७. आफ्ना छोराछोरीसित कसरी राम्रो व्यवहार गर्नुपर्छ भन्‍ने सन्दर्भमा थुप्रै आमाबाबुहरू जान्‍न चाहन्छन्‌:

“युवाहरूको नैतिकता खस्कँदै गइरहेको कुरा हामी अक्सर सुन्‍ने गर्छौं। थुप्रै केटाकेटीहरूलाई राम्रै वातावरणमा हुर्काइन्छ जस्तो देखिए तापनि यस समस्याको कारण तपाईंलाई के होला जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्‌।] यी शब्दहरू तपाईंलाई कस्तो लाग्छ? [कलस्सी ३:२१ पढ्‌नुहोस्‌ र जवाफ दिने मौका दिनुहोस्‌।] यसो गर्न सजिलो छ जस्तो देखिन्छ तर छोराछोरीलाई कुनै-कुनै नियमहरू किन आवश्‍यक छन्‌ भन्‍ने कुरा बुझ्न मदत गर्नु सजिलो छैन भनेर सायद तपाईं मानिलिनुहुन्छ होला।” ज्ञान पुस्तकको पृष्ठ १३६ पल्टाउनुहोस्‌ र अनुच्छेद १७ को पहिलो वाक्य पढ्‌नुहोस्‌। अनुच्छेद १७ बाट बुँदाहरू छलफल गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने