प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km03 डिसेम्बर पृ. ३
  • ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
  • हाम्रो राज्य सेवकाई—२००३
हाम्रो राज्य सेवकाई—२००३
km03 डिसेम्बर पृ. ३

ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति

म्न प्रश्‍नहरू डिसेम्बर २९, २००३ मा सुरु हुने हप्ताको ईश्‍वरतान्त्रिक सेवकाई स्कूलमा मौखिक तवरमा विचार गरिनेछ। स्कूल निरीक्षकले नोभेम्बर ३ देखि डिसेम्बर २९, २००३ सम्मका हप्ताहरूमा छलफल गरिएका विषयवस्तुहरूमा आधारित ३९ मिनेटको पुनरावृत्ति सञ्चालन गर्नेछन्‌। [टिप्पणी: प्रश्‍नपछि सन्दर्भ-सामाग्रीहरू उल्लेख नभएको अवस्थामा, जवाफको लागि तपाईं आफैले अनुसन्धान गर्नुपर्नेछ।]

असाइनमेन्ट न. १

१. सोसाइटीका अनुवाद टोलीहरूले बाइबल अनुवाद गर्दा राख्ने एक-दुईवटा लक्ष्य बताउनुहोस्‌। [w-NP९७ १०/१५ पृ. १२]

२. हनोक पृथ्वीमा भएको बेला कस्तो अवस्था व्याप्त थियो? (उत्प. ४:२६) [w-NP०१ ९/१५ पृ. २९]

३. साँचो वफादारी कसरी झल्काइन्छ र कसप्रति? [w-NP०१ १०/१ पृ. २२-३]

४. खाली ठाउँ भर्नुहोस्‌: आशिष्‌लाई ―― भनेर परिभाषित गर्न सकिन्छ। हामीले यहोवाबाट प्राप्त गर्ने आशिष्‌, ――, ―― र ―― हो। यसले हामीलाई सन्तुष्टि र आनन्द दिन्छ। (हितो. १०:२२) [w-NP९८ १/१ पृ. २२, २३]

५. आफ्नो मृत्यु भएको खण्डमा आफ्नो परिवारको सुरक्षा होस्‌ भनेर परिवारको शिरले कस्ता कदमहरू चाल्न सक्छन्‌? [w-NP९८ १/१५ पृ. २०-२१]

६. हाम्रो अन्तस्करणलाई सही अवस्थामा राखिरहन कुन कुरा आवश्‍यक पर्छ? [w-NP०१ ११/१ पृ. ७]

७. “नूहको दिन[बारे]” येशूको भनाइ किन आजको हाम्रो अवस्थासित मिल्दोजुल्दो छ? (मत्ती २४:३७) [w-NP०१ ११/१५ पृ. ३१ अनु. ३-४]

८. गलाती ६:७ मा दिइएको बाइबल सिद्धान्त कसरी हाम्रो लाक्षणिक हृदयको सुस्वास्थ्यको सन्दर्भमा लागू हुन्छ? [w-NP०१ १२/१ पृ. १२]

साप्ताहिक बाइबल पढाइ

९. मसीहीको जिम्मेवारी भनेको समाज सुधारलाई बढवा दिनु नभई व्यक्‍तिविशेषलाई मसीहीहरू बन्‍न मदत दिनु हो भन्‍ने कुरा पावलले फिलेमोनलाई लेखेको पत्रले कसरी देखाउँछ? (फिले. १२)

१०. ‘तर्कनु,’ ‘पछि हट्‌नु,’ र ‘पतित हुनुबीच’ कस्तो भिन्‍नता छ? (हिब्रू २:१; ३:१२, NW; ६:६) [w-NP९९ ७/१५ पृ. १९ अनु. १२; w८६ ६/१ पृ. १४ अनु. १६-१७; w८० १२/१ पृ. २३ अनु. ८]

११. “यदि परमेश्‍वरको इच्छा भयो भने” भन्‍ने अभिव्यक्‍तिलाई हलुका बनाउनदेखि हामी कसरी जोगिन सक्छौं? (याकू. ४:१५) [cj पृ. १७१ अनु. १-२]

१२. ‘परमेश्‍वरको त्यस दिनको बाटो हेर्दै, उत्सुकतासाथ इच्छा गर्नुको’ अर्थ के हो र हामी कसरी त्यसो गर्न सक्छौं? (२ पत्रु. ३:१२) [w-NP९७ ९/१ पृ. १९-२०]

१३. प्रकाश अध्याय २ र ३ मा लिपिबद्ध, सातवटा मण्डलीलाई दिइएको सन्देशमा आजका मसीहीहरूका लागि कस्तो महत्त्वपूर्ण सल्लाह पाइन्छ? (प्रका. २:४, ५, १०, १४, २०; ३:३, १०, ११, १७, १९)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने