घोषणाहरू
◼ प्रस्तुत गरिने साहित्यहरू डिसेम्बर: आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तक प्रस्तुत गर्नुहोस्। यो पुस्तक छैन भने पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नुहुन्छ प्रस्तुत गर्न सक्नुहुन्छ। जनवरी: उपासनामा एकताबद्ध पुस्तक चलाइनेछ। घरधनीले उपासनामा एकताबद्ध पुस्तक नस्वीकारेको खण्डमा सबैका लागि उपयोगी किताब भन्ने पुस्तिका वा तपाईं परमेश्वरको मित्र हुन सक्नुहुन्छ! भन्ने पुस्तिका प्रस्तुत गर्न सकिन्छ। फेब्रुअरी: प्रकाश त्यसको चरमोत्कर्ष निकट! पुस्तक वा आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तक चलाइनेछ। मार्च: गृह बाइबल अध्ययन सुरु गर्ने कोसिस गर्दै ज्ञान पुस्तक प्रस्तुत गर्नुहोस्। यदि घरधनीसित यो पुस्तक छँदैछ भने, विकल्पको रूपमा तपाईं दानियलको भविष्यवाणी प्रयोग गर्न सक्नुहुन्छ।
◼ मण्डलीको लेखा सम्हालिरहेका भाइले सम्झनुपर्ने कुरा के हो भने, विश्वव्यापी कार्य र राज्यभवन कोषका बाकसहरूमा जम्मा भएका अनुदानहरू महिनै पिच्छे पठाउनुपर्छ र राज्यभवनले लिएको सम्पत्ति ऋण तिर्न वा मण्डलीका अन्य कुनै पनि खर्चको लागि यो प्रयोग गर्नुहुँदैन।
◼ कृपया याद गर्नुहोस्, सन् २००५ को स्मरणार्थ उत्सव बिहीबार, मार्च २४ मा सूर्यास्तपश्चात् मनाइनेछ। थुप्रै मण्डलीले एउटै राज्यभवन चलाउँछन् भने भाइहरूले उपलब्ध भवनहरू पहिल्यै रिजर्भ गर्न र अन्य सुविधाहरूको प्रबन्ध गर्न सकून् भनेर यो सूचना अहिल्यै दिइएको हो। स्मरणार्थ उत्सव शान्तिपूर्ण र व्यवस्थित ढंगमा सम्पन्न गर्न भवनमा हुने अन्य गतिविधिहरूले यसमा दखल नपुऱ्याओस् भन्नाखातिर प्राचीनहरूले भवनको व्यवस्थापकसित पहिल्यै कुरा मिलाएको हुनुपर्छ। यो एकदमै महत्त्वपूर्ण उत्सव भएकोले प्राचीनहरूको निकायले स्मरणार्थको वक्ताको रूपमा भाइहरूलाई पालैपालो छान्नु वा हरेक वर्ष एउटै भाइलाई भाषण दिन लाउनुको सट्टा योग्य प्राचीनलाई छान्नुपर्छ। तर भाषण दिन सक्ने योग्य अभिषिक्त भाइ छन् भने तिनलाई नै छान्नुपर्छ।
◼ मार्च १५, २००४ देखि मे १६, २००५ सम्म ड्र क्लोज टु जेहोभा पुस्तक मण्डली पुस्तक अध्ययनमा छलफल गरिनेछ।
◼ पुनः उपलब्ध प्रकाशन:
पारिवारिक जीवनको आनन्द उठाउनुहोस् (पर्चा न. २१)—पंजाबी