प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km04 जुलाई पृ. ३
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२००४
हाम्रो राज्य सेवकाई—२००४
km04 जुलाई पृ. ३

घोषणाहरू

◼ प्रस्तुत गरिने साहित्यहरू जुलाई र अगस्त: निम्न ३२ पृष्ठे पुस्तिकाहरूमध्ये कुनै पनि प्रस्तुत गर्न सकिन्छ: पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्‌!, त्यो राज्य जसले प्रमोदवन ल्याउने छ, “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु,” के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, तपाईंको प्रियजनको मृत्यु हुँदा, सबैका लागि उपयोगी किताब, हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ? राम्ररी अङ्‌ग्रेजी पढ्‌न सक्ने व्यक्‍ति छन्‌ भने माथिका पुस्तिकाहरूका साथै द डिभाइन नेम द्याट विल इन्ड्योर फरेभर र अ साटिस्फाइङ लाइफ पनि प्रस्तुत गर्न सकिन्छ। सेप्टेम्बर: मृत्यु माथि विजय—के यो तपाईंको लागि सम्भव छ? भन्‍ने सानो पुस्तिका चलाइनेछ।

◼ सेप्टेम्बर महिनादेखि क्षेत्रीय निरीक्षकहरूले दिने नयाँ जनभाषण हुनेछ, “विश्‍वास र साहससाथ भविष्यको सामना गर्ने।”

◼ नखटाइएका इलाकाहरूमा काम गर्दा प्रकाशकहरूले चाहनुहुन्छ पुस्तिका वा ज्ञान पुस्तक प्रस्तुत गर्न सक्छन्‌। घरधनीसित यी दुवै प्रकाशनहरू छन्‌ भने अन्य कुनै पनि प्रकाशन प्रस्तुत गर्न सकिन्छ। घरमा नभएकाहरू र अन्य प्रकाशनहरू नस्वीकार्ने व्यक्‍तिहरूका निम्ति विभिन्‍न प्रकारका पर्चाहरू आफ्नो साथमा हुनुपर्छ। विशेष अग्रगामीहरू वा नजिकैको मण्डलीहरू जान सक्ने नखटाइएका इलाकाहरूमा भएका जिज्ञासुहरूकहाँ जाने प्रयत्न गर्नुपर्छ।

◼ मण्डलीका सचिवहरूले एप्लिकेशन फर रेगुलर पायनियर सर्भिस (S-205) र एप्लिकेशन फर अक्जुलरी पायनियर सर्भिस (S-205b) फारामहरू यथेष्ट मात्रामा राख्नुपर्छ। यसलाई लिटरेचर रिक्वेस्ट फाराममा (S-14) अर्डर गर्न सकिन्छ। कम्तीमा पनि एक वर्षलाई पुग्ने स्टक राख्नुहोस्‌।

◼ नियमित अग्रगामी सेवाका लागि आवेदन फारामहरू शाखा कार्यालयलाई पठाउनुअघि मण्डलीका सचिवले ती फारामहरू पूरा भयो कि भएन, फेरि दोहोऱ्‍याएर हेर्नुपर्छ। निवेदकलाई आफ्नो बप्तिस्माको मिति ठ्याक्क थाह छैन भने अन्दाज लगाउन सक्छन्‌ र त्यसको रेकर्ड राख्नुपर्छ। सचिवले यो अन्दाजी मिति मण्डलीको प्रकाशक रेकर्ड कार्डमा लेखेर राख्नुपर्छ।

◼ व्यक्‍तिगत यात्राको दौडान अन्य मुलुकका मण्डलीका सभाहरू, सम्मेलन वा जिल्ला अधिवेशनमा उपस्थित हुने योजना छ भने मिति, समय र स्थानबारे जानकारीको लागि त्यस मुलुकमा भइरहेको कामको निरीक्षण गर्ने शाखा कार्यालयसँग अनुरोध गर्नुपर्छ। शाखा कार्यालयको ठेगाना यस वर्षको यरबूक-को अन्तिम पृष्ठमा सूचीबद्ध गरिएको छ।

◼ शाखा कार्यालयले सबै मण्डलीका अध्यक्ष र सचिवहरूको ठेगाना र टेलिफोन नम्बरहरूको नवीनतम रेकर्ड राख्नु आवश्‍यक छ। कुनै परिवर्तन भएमा मण्डलीको सेवा समितिले प्रिजाइडिङ ओभरसियर/सेक्रेटरी चेन्ज अफ एड्रेस (S-29) फाराम पूरा भर्नुपर्छ अनि दस्तखत गरेर तुरुन्तै शाखा कार्यालयलाई पठाउनुपर्छ। पीन कोडमा केही परिवर्तन भएको छ भने त्यो पनि उल्लेख गर्नुपर्छ।

◼ उपलब्ध नयाँ प्रकाशनहरू:

के यो संसार रहिरहनेछ? (पर्चा न. १९)—ओरिया, सिन्धी

निराशहरूका लागि सान्त्वना (पर्चा न. २०)—सिन्धी

वास्तवमा यो संसारलाई कसले शासन गर्छ? (पर्चा न. २२)—सिन्धी

येशू ख्रीष्ट—उहाँ को हुनुहुन्छ? (पर्चा न. २४)—कोन्कानी(कानारिस), ऊर्दू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने