प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km05 ४/०५ पृ. ३
  • नयाँ पुस्तिका वितरण गर्ने विशेष अभियान

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नयाँ पुस्तिका वितरण गर्ने विशेष अभियान
  • हाम्रो राज्य सेवकाई—२००५
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरबाट आएको सुसमाचार! पुस्तिका चलाउने तरिका
    हाम्रो राज्य सेवा—२०१३
  • पुस्तिकाहरूद्वारा परमेश्‍वरको राज्यको सुसमाचार उद्‌घोषणा गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९६
  • अरूको साँचो चिन्ता गरेर यहोवाको अनुसरण गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९६
  • तपाईंको सेवकाईमा विभिन्‍न पुस्तिकाहरू चलाउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९५
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००५
km05 ४/०५ पृ. ३

नयाँ पुस्तिका वितरण गर्ने विशेष अभियान

१ आज संसारको अवस्था देखेर चिन्तित हुने मानिसहरू धेरै छन्‌ तर संसार यस्तो अवस्थामा हुनुको कारण, भविष्यमा के होला र आउँदै गरेको न्यायबाट बच्न के गर्नै पर्छ भन्‍ने कुरा बुझ्नेहरू भने मुठीभर मात्र छन्‌। (इज. ९:४) हामी बाँचिरहेको समयको महत्त्वबारे उनीहरूलाई सजग गराउन जागा रहो! भन्‍ने नयाँ पुस्तिका विश्‍वभर वितरण गर्ने विशेष अभियान सोमबार, अप्रिल १८ देखि आइतबार, मे १५ सम्म सञ्चालन हुनेछ।

२ यो पुस्तिका घर-घरको सेवकाईमा, पुनःभेट गर्न जाँदा, अनौपचारिक रूपमा अथवा सार्वजनिक ठाउँमा साक्षी दिंदा प्रस्तुत गर्न सकिन्छ। तथापि, जागा रहो! पुस्तिका जसलाई पायो त्यसलाई वितरण गर्नु हुँदैन। बरु, संसारमा भइरहेका घटनाहरूबारे बाइबलले बताउने कुरामा चासो देखाउने व्यक्‍तिहरूलाई मात्र यो पुस्तिका प्रस्तुत गरिनेछ। हामीले सुनाउने सन्देशप्रति अलि-अलि मात्र चासो देखाउनेहरूलाई पर्चा दिन सकिन्छ।

३ यसो भनेर तपाईं मानिसको ध्यान खिच्न सक्नुहुन्छ होला:

◼ “आज सामान्य भएका गम्भीर समस्या तथा हृदयविदारक घटनाहरूबारे धेरै मानिसहरू चिन्तित छन्‌। [स्थानीय कुनै उदाहरण उल्लेख गर्नुहोस्‌।] यस्ता कुराहरू हुनेछन्‌ भनेर बाइबलमा पहिल्यै भविष्यवाणी गरिएको थियो भन्‍ने कुरा के तपाईंलाई थाह थियो? [जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि तपाईंले बताउनुभएको समस्याबारे बताउने उपयुक्‍त शास्त्रपद पढ्‌नुहोस्‌, जस्तै मत्ती २४:३, ७, ८; लूका २१:७, १०, ११; अथवा २ तिमोथी ३:१-५.] बाइबलले हाम्रो समयको अर्थ र मानिसजातिको लागि कस्तो भावी आशा छ भन्‍ने विषयमा बताउँछ। के तपाईं अझ बढी बुझ्न चाहनुहुन्छ? [जवाफ दिने मौका दिनुहोस्‌। निष्कपट चासो देखाएको खण्डमा पुस्तिका प्रस्तुत गर्नुहोस्‌।] यो पुस्तिका निश्‍शुल्क पाइन्छ। यदि तपाईं हाम्रो विश्‍वव्यापी कार्यको लागि सानो अनुदान दिन चाहनुहुन्छ भने हामी ती खुसीसाथ स्वीकार्नेछौं।”

४ अथवा तपाईंलाई यसो भन्‍न प्रभावकारी लाग्न सक्छ:

◼ “हृदयविदारक घटनाहरू वा निकै ठूलो व्यक्‍तिगत क्षतिको कारण आज थुप्रै मानिसहरू दुःखित छन्‌। यस्ता कुराहरू हुनदेखि रोक्न परमेश्‍वरले किन हस्तक्षेप गर्नुहुन्‍न भनी कसै-कसैले सोच्छन्‌। परमेश्‍वरले अब चाँडै मानिसजातिको दुःखकष्ट कम गर्न कदम चाल्नुहुनेछ भनी बाइबल हामीलाई आश्‍वासन दिन्छ। मानिसजातिको लाभको लागि परमेश्‍वरले के गर्नुहुनेछ ध्यान दिनुहोस्‌। [भजन ३७:१०, ११ पढ्‌नुहोस्‌।] के तपाईं अझ बढी बुझ्न चाहनुहुन्छ?” माथि उल्लेख गरिएझैं टुङ्‌ग्याउनुहोस्‌।

५ पुस्तिका लिने हरेक व्यक्‍तिको नाउँ तथा ठेगाना टिप्ने कोसिस गर्नुहोस्‌ र चासो विकास गर्न पुनःभेट गर्ने प्रबन्ध मिलाउनुहोस्‌। कसरी चासो जगाउन सकिन्छ भन्‍ने विषयमा सुझावहरू पछि हुने सेवा सभाका भागहरूमा छलफल गरिनेछ। यदि सुरुको भेटमा कुनै व्यक्‍तिले गहिरो चासो देखाएमा तपाईं तत्काल जागा रहो! पुस्तिका अथवा अर्को प्रकाशन, जस्तै चाहनुहुन्छ पुस्तिका चलाएर बाइबल अध्ययन सुरु गर्न सक्नुहुन्छ।

६ यो लेख छलफल गरेको सेवा सभापछि नयाँ पुस्तिकाका प्रतिहरू उपलब्ध गराइनेछन्‌। प्रकाशक तथा अग्रगामीहरूलाई अभियानको सुरु-सुरुमा जति पुस्तिका चाहिन्छ त्यति मात्रै लिने सुझाव दिइएको छ। यहोवाको प्रशंसा गर्ने र सबै ठाउँका इमानदार हृदय भएका मानिसहरूलाई लाभ पुऱ्‍याउने यो विशेष गतिविधिमा यहोवाले आशिष्‌ दिऊन्‌।—भज. ९०:१७.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने