ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
निम्न प्रश्नहरू डिसेम्बर २७, २००४ मा सुरु हुने हप्ताको ईश्वरतान्त्रिक सेवकाई स्कूलमा मौखिक तवरमा विचार गरिनेछ। स्कूल निरीक्षकले नोभेम्बर १ देखि डिसेम्बर २७, २००४ सम्मका हप्ताहरूमा छलफल गरिएका विषयवस्तुहरूमा आधारित ३० मिनेटको पुनरावृत्ति सञ्चालन गर्नेछन्। [टिप्पणी: प्रश्नपछि सन्दर्भ-सामग्रीहरू उल्लेख नभएको अवस्थामा, जवाफको लागि तपाईं आफैले अनुसन्धान गर्नुपर्नेछ।]
वक्तृत्व कला
१. हामीले रोजेका बुँदाहरू उपयुक्त छन् कि छैनन् भनेर हामी कसरी निर्धारण गर्न सक्छौं? [sg पृ. १७४ अनु. १०]
२. आफ्ना श्रोताहरूलाई उत्प्रेरित गर्न समापन कस्तो हुनुपर्छ? [sg पृ. १७६ अनु. ६]
३. हाम्रो भाषण ठीक समयको छ भनेर कसरी पक्का गर्न सक्छौं? [sg पृ. १७९ अनु. २५-२६]
४. हाम्रो स्वरले विश्वस्तताको कमी भएको कुरा प्रकट गर्छ भने निर्धक्क हुन के गर्न सकिन्छ? [sg पृ. १८३ अनु. १३]
५. उपयुक्त पहिरन तथा कोरीबाटीबारे कस्तो सल्लाह दिइएको छ? [sg पृ. १८४ अनु. १६-१७, पृ. १८५ अनु. २०]
असाइनमेन्ट न. १
६. मसीही सभाहरूमा ध्यान दिएर सुन्ने क्षमतामा हामी कसरी उन्नति गर्न सक्छौं? [w-NP०२ ९/१५ पृ. १२-१३ अनु. १२-१३]
७. आज यहोवाका सेवकहरूलाई पासोमा पार्न शैतानले चलाउने तीनवटा युक्ति के-के हुन्? [w-NP०२ १०/१५ पृ. ११ अनु. १२-१३]
८. आफ्नो भाइको निसाफ गर्नेबारे येशूका शब्दहरू हामी कसरी प्रयोगमा ल्याउन सक्छौं? (मत्ती ७:१-५) [w-NP०२ ११/१५ पृ. १८ अनु. १७, १८]
९. ‘भाइसित मिलाप गराउने’ निष्कपट माफीमा कुन कुरा समावेश छ? (मत्ती ५:२३, २४) [w-NP०२ ११/१ पृ. ६ अनु. १, ५]
१०. ईश्वरप्रदत्त जिम्मेवारीहरू पूरा गर्ने सन्दर्भमा २ राजा १३:१८, १९ ले हामीलाई के सिकाउँछ? [w-NP०२ १२/१ पृ. ३१ अनु. १-२]
साप्ताहिक बाइबल पढाइ
११. इस्राएलीहरू आफैले चाहिं रगत ननिथारिएको मासु नखाने भए तापनि तिनीहरूले किन यो आफ्नो सहरमा बसोबास गर्ने परदेशीलाई दिन वा विदेशीहरूलाई बेच्न सक्थे? (व्यव. १४:२१)
१२. व्यवस्था २०:५-७ मा हाम्रो लागि कस्तो पाठ दिइएको छ?
१३. “घट्ट वा जाँतो धितोमा” लिनु भनेको किन “प्राण बन्धक लिएको बराबर” थियो? (व्यव. २४:६)
१४. इस्राएलीहरूलाई कुनै पनि प्रकारको बोसो खान निषेध गरिएको थियो, त्यसोभए तिनीहरूले ‘भेडाको बोसो’ खानुको अर्थ के हो? (व्यव. ३२:१३, १४)
१५. आकानको पापपूर्ण कार्यको कस्तो समानता आज पाइन्छ? (यहो. ७:१-२६) [w८६ १२/१५ पृ. २० अनु. २०]