प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km04 डिसेम्बर पृ. ७
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२००४
हाम्रो राज्य सेवकाई—२००४
km04 डिसेम्बर पृ. ७

घोषणाहरू

◼ प्रस्तुत गरिने साहित्यहरू डिसेम्बर: आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष। यो पुस्तक छैन भने बाइबलका कथाहरू भएको मेरो पुस्तक, द बाइबल—गड्‌स वर्ड अर म्यान्स्‌? र पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ नामक पुस्तक चलाउन सक्नुहुन्छ। जनवरी: मण्डलीसित स्टकमा भएका कुनै पनि पुराना पुस्तकहरू प्रयोग गर्न सकिन्छ। मण्डलीसित पुराना पुस्तकहरू छैन भने, के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ? र तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ पुस्तिकाहरू प्रयोग गरिनेछन्‌। फेब्रुअरी: ज्ञान पुस्तक वा प्रकाश त्यसको चर्मोत्कर्ष पुस्तक चलाइनेछ। मार्च: गृह बाइबल अध्ययन सुरु गर्ने कोसिस गर्दै ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तक प्रस्तुत गर्नुहोस्‌।

◼ कृपया याद गर्नुहोस्‌, सन्‌ २००६ को स्मरणार्थ उत्सव बुधबार, अप्रिल १२ मा सूर्यास्तपश्‍चात्‌ मनाइनेछ। थुप्रै मण्डलीले एउटै राज्यभवन चलाउँछन्‌ भने भाइहरूले उपलब्ध भवनहरू पहिल्यै रिजर्भ गर्न र अन्य सुविधाहरूको प्रबन्ध गर्न सकून्‌ भनेर यो सूचना अहिल्यै दिइएको हो। स्मरणार्थ उत्सव शान्तिपूर्ण र व्यवस्थित ढङ्‌गमा सम्पन्‍न गर्न भवनमा हुने अन्य गतिविधिहरूले यसमा दखल नपुऱ्‍याओस्‌ भन्‍नाखातिर प्राचीनहरूले भवनको व्यवस्थापकसित पहिल्यै कुरा मिलाएको हुनुपर्छ।

◼ यो एकदमै महत्त्वपूर्ण उत्सव भएकोले प्राचीनहरूको निकायले स्मरणार्थको वक्‍ताको रूपमा भाइहरूलाई पालैपालो छान्‍नु वा हरेक वर्ष एउटै भाइलाई भाषण दिन लाउनुको सट्टा योग्य प्राचीनलाई छान्‍नुपर्छ। तर भाषण दिन सक्ने अभिषिक्‍त भाइ छन्‌ भने तिनलाई नै छान्‍नुपर्छ।

◼ उपलब्ध नयाँ प्रकाशनहरू:

वाचटावर पब्लिकेशन्स्‌ इन्डेक्स सन्‌ २००३—अङ्‌ग्रेजी

बाइबलका कथाहरू भएको मेरो पुस्तक (सानो) —अङ्‌ग्रेजी, मल्यालम

यहोवाको भजन गाओ (२९ वटा गीतहरू)—गुजराती

शान्तिमय नयाँ संसारमा जीवन (पर्चा न. १५) —खासी

के आशा छ मरिगएका प्रिय जनहरूको निम्ति? (पर्चा न. १६) —खासी

पारिवारिक जीवनको आनन्द उठाउनुहोस्‌ (पर्चा न. २१) —खासी

के तपाईं बाइबलका कुराहरू अझ बढी बुझ्न चाहनुहुन्छ? (पर्चा न. २६)—कोन्कनी (रोमन स्क्रिप्ट), खासी

◼ पुनः उपलब्ध प्रकाशनहरू:

मेन्काइन्ड्‌स सर्च फर गड—अङ्‌ग्रेजी

बाइबलका कथाहरू भएको मेरो पुस्तक (सानो)—तेलगु

बाइबलका कथाहरू भएको मेरो पुस्तक (ठूलो)—तामिल

जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ? —हिन्दी

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने