प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km05 १/०५ पृ. ७
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२००५
हाम्रो राज्य सेवकाई—२००५
km05 १/०५ पृ. ७

घोषणाहरू

◼ प्रस्तुत गरिने साहित्यहरू जनवरी: मण्डलीसित स्टकमा भएका कुनै पनि पुराना पुस्तकहरू प्रयोग गर्न सकिन्छ। मण्डलीसित पुराना पुस्तकहरू छैन भने, के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ? र तपाईं परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ पुस्तिकाहरू प्रयोग गरिनेछन्‌। फेब्रुअरी: ज्ञान पुस्तक वा प्रकाश त्यसको चर्मोत्कर्ष पुस्तक चलाइनेछ। मार्च: गृह बाइबल अध्ययन सुरु गर्ने कोसिस गर्दै ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तक प्रस्तुत गर्नुहोस्‌। अप्रिल र मे: प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! दुवै प्रस्तुत गर्नुहोस्‌। स्मरणार्थ उत्सव वा अन्य ईश्‍वरतान्त्रिक क्रियाकलापमा उपस्थित भएका तर मण्डलीसित सक्रिय रूपमा संगति नगरेका इच्छुक व्यक्‍तिहरूलाई पुनःभेट गर्न जाँदा तिनीहरूलाई परमेश्‍वरको उपासना प्रस्तुत गर्ने कोसिस गर्नुहोस्‌। विशेष गरी यदि कसैले ज्ञान पुस्तक र चाहनुहुन्छ पुस्तिका पढिसकेका छन्‌ भने, गृह बाइबल अध्ययन सुरु गर्ने सक्दो प्रयास गर्नुपर्छ।

◼ फेब्रुअरी महिनादेखि सुरु भएर मार्च ६ सम्म क्षेत्रीय निरीक्षकहरूले दिने नयाँ जनभाषणको विषय हुनेछ, “निर्बुद्धि संसारमा बुद्धिमानीसाथ चल्ने।”

◼ यस वर्ष मार्च २४, बिहीबारको दिन सूर्यास्त पश्‍चात्‌ स्मरणार्थ उत्सव मनाउन मण्डलीहरूले उपयुक्‍त प्रबन्ध मिलाउनुपर्छ। भाषण केही समय पहिले नै सुरु गर्न मिल्ने भए तापनि स्मरणार्थका प्रतीकहरू घुमाउन भने सूर्य नअस्ताएसम्म सुरु गर्नु हुँदैन। स्थानीय स्रोतसँग सम्पर्क राखेर तपाईंको इलाकामा सूर्यास्त हुने समयबारे सही जानकारी लिनुहोस्‌। हरेक मण्डलीले आफ्नो लागि बेग्लाबेग्लै स्मरणार्थ उत्सवको आयोजना गर्नु राम्रो हो। तथापि, यो सधैं सम्भव नहुन सक्छ। सामान्यतया थुप्रै मण्डलीले एउटै राज्यभवन प्रयोग गर्छन्‌ भने उक्‍त साँझको लागि एक वा बढी मण्डलीले अर्कै भवन भाडामा लिन सक्छन्‌। स्मरणार्थ उत्सवबाट पूरापूर फाइदा उठाउन कार्यक्रमबीच कम्तीमा पनि ४० मिनेट जति समय छुट्याउनुहोस्‌ भनी हामी तपाईंहरूलाई सुझाव दिन्छौं। ट्राफिक र गाडी पार्क गर्ने ठाउँलगायत यात्रुहरूलाई लिन र पुऱ्‍याउन जाने समयलाई पनि विचार गर्नुपर्छ। यसबारे स्थानीय तवरमा कस्ता प्रबन्धहरू मिलाए बेस होला भनेर प्राचीनहरूको निकायले निर्णय गर्नुपर्छ।

◼ डेबिड—ही ट्रस्टेड इन गड नामक भिडिओको सेवा सभा छलफल मार्च महिनाको हाम्रो राज्य सेवकाई-मा दिइनेछ। यो भिडिओ नोहा वक्ड विथ गड—डेबिड ट्रस्टेड इन गड शीर्षकको डी भी डी-मा मात्रै उपलब्ध छ। यस डिस्कमा भएका आठवटा भाषामध्ये कुनै पनि रोज्न सक्नुहुन्छ—अङ्‌ग्रेजी, इटालेली, जर्मन, जापानी, फ्रान्सेली, पुर्तुगाली (ब्राजिली), रसियाली र स्पेनी। हाल यो डी भी डी भारतीय भाषाहरूमा उपलब्ध छैन। यी डी भी डी-का प्रतिहरू अर्को लिटिरेचर रिक्वेस्टसँगै मण्डलीमार्फत मगाउन सकिन्छ।

◼ पुनः उपलब्ध प्रकाशनहरू:

युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ—गुजराती

हेर! म सब थोक नयाँ तुल्याउँदैछु —गुजराती

यहोवाका साक्षीहरू—विश्‍वभरि एक भएर परमेश्‍वरको इच्छा गरिरहेका छन्‌ —पंजाबी

मुक्‍तितर्फ लैजाने ईश्‍वरीय सत्यको मार्ग —गुजराती

अ सिक्योर फ्युचर—हाउ यु क्यान फाइण्ड इट —गुजराती

◼ नयाँ भी सी डीहरू उपलब्ध:

आवर होल असोसिएसन अफ ब्रदर्स —अङ्‌ग्रेजी

फेथफूल अन्डर ट्रायल्स्‌—जोहोभाज्‌ विट्‌नेसेज इन द सोभियत युनियन —अङ्‌ग्रेजी

द बाइबल—म्यानकाइन्ड्‌स ओल्डेस्ट मोडर्न बूक—अङ्‌ग्रेजी

द बाइबल—इट्‌स पावर इन योर लाइफ—अङ्‌ग्रेजी

वर्निङ एक्जाम्पल्स्‌ फर आवर डे —अङ्‌ग्रेजी

रेस्पेक्ट जेहोभाज्‌ अथोरिटी —अङ्‌ग्रेजी

जेहोभाज्‌ विट्‌नेसेज स्ट्याण्ड फर्म अगेन्स्ट नाजी एसल्ट —अङ्‌ग्रेजी

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने