प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km05 २/०५ पृ. ७
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२००५
हाम्रो राज्य सेवकाई—२००५
km05 २/०५ पृ. ७

घोषणाहरू

◼ प्रस्तुत गरिने साहित्यहरू फेब्रुअरी: ज्ञान पुस्तक वा प्रकाश त्यसको चर्मोत्कर्ष पुस्तक चलाइनेछ। मार्च: गृह बाइबल अध्ययन सुरु गर्ने कोसिस गर्दै ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तक प्रस्तुत गर्नुहोस्‌। अप्रिल र मे: प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! दुवै प्रस्तुत गर्नुहोस्‌। स्मरणार्थ उत्सव वा अन्य ईश्‍वरतान्त्रिक क्रियाकलापमा उपस्थित भएका तर मण्डलीसित सक्रिय रूपमा संगति नगरेका इच्छुक व्यक्‍तिहरूलाई पुनःभेट गर्न जाँदा तिनीहरूलाई परमेश्‍वरको उपासना प्रस्तुत गर्ने कोसिस गर्नुहोस्‌। विशेष गरी यदि कसैले ज्ञान पुस्तक र चाहनुहुन्छ पुस्तिका पढिसकेका छन्‌ भने, गृह बाइबल अध्ययन सुरु गर्ने सक्दो प्रयास गर्नुपर्छ।

◼ मण्डलीका अध्यक्ष वा उनले खटाएको कुनै भाइले मार्च १ वा त्यसको लगत्तैपछि लेखा परीक्षण गर्नुपर्छ। स्याहार-सम्भार वा निर्माणको लागि बेग्लै लेखा हिसाब राखिएको छ भने यसको पनि लेखा परीक्षण गर्ने प्रबन्ध मिलाउनुपर्छ। लेखा परीक्षण(हरू) गरिसकेपछि अर्को चोटिको लेखा रिपोर्ट सञ्चालन गर्दा यसबारे मण्डलीमा घोषणा गर्नुपर्छ।

◼ सचिव र सेवा निरीक्षकले सबै नियमित अग्रगामीहरूको क्रियाकलाप पुनरावलोकन गर्नुपर्छ। घण्टा पुऱ्‍याउन कसैलाई गाह्रो भइरहेको छ भने सहयोग दिनको लागि प्राचीनहरूले प्रबन्ध मिलाउनुपर्छ। सुझावहरूका लागि वार्षिक S-201 पत्र पुनरावलोकन गर्नुहोस्‌।

◼ सन्‌ २००५ को स्मरणार्थताका दिइने विशेष जनभाषणको विषय “येशूले किन दुःख भोग्नुभयो र मर्नुभयो?” हुनेछ। यसैसित सम्बन्धित घोषणा हाम्रो राज्य सेवकाई सेप्टेम्बर २००४ मा हेर्नुहोस्‌।

◼ मार्च २० आइतबारका दिन हुने जनसभामा सबै जना उपस्थित हुनुपर्छ किनभने प्रकाशकहरूको लागि उपलब्ध गराइने एउटा प्रबन्धबारे त्यतिबेला विशेष घोषणा गरिनेछ।

◼ प्रकाशकहरूले पठाएका व्यक्‍तिगत साहित्य मागलाई शाखा कार्यालयले सदर गर्दैन। व्यक्‍तिगत साहित्य मगाउन चाहने सबैले साहित्य सँभाल्ने भाइलाई जानकारी दिन सकून्‌ भन्‍ने हेतुले प्रत्येक महिना शाखा कार्यालयलाई साहित्य अर्डर पठाउनुअघि मण्डलीका अध्यक्षले त्यसबारे घोषणा गर्ने प्रबन्ध मिलाउनुपर्छ। कुन-कुन प्रकाशनहरू विशेष आवेदनअन्तर्गत पर्छन्‌, कृपया ध्यान दिनुहोस्‌।

◼ सन्‌ २००५ मे २३ को हप्तादेखि मण्डली पुस्तक अध्ययनमा हामी जागा रहो! भन्‍ने पुस्तिका अध्ययन गर्नेछौं। सन्‌ २००५ जून २७ को हप्तादेखि हामी दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌! भन्‍ने पुस्तक अध्ययन गर्नेछौं।

◼ सन्‌ २००५, मार्च १ देखि मराठी भाषाको प्रहरीधरहरा अर्ध-मासिक नभई मासिक पत्रिका हुनेछ।

◼ उपलब्ध नयाँ प्रकाशनहरू:

म्यानकाइन्डस्‌ सर्च फर गड —तामिल

जागा रहो! —अङ्‌ग्रेजी, आसामी, उर्दू, कन्‍नाडा, गुजराती, तामिल, तेलगु, नेपाली, पंजाबी, बंगाली, मराठी, मल्यालम, मिजो, हिन्दी।

गुड न्युज फर पिपल अफ अल नेसन्स्‌ —अङ्‌ग्रेजी, कन्‍नाडा, तामिल, तेलगु, मल्यालम, हिन्दी।

◼ पुनः उपलब्ध प्रकाशनहरू:

चर्चाका लागि बाइबल विषयहरू —मराठी (संशोधित)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने