पत्रिकाहरूबारे के भन्ने
प्रहरीधरहरा फेब्रु. १५
“कहिलेकाहीं हामी कतै चमत्कार भयो भनी दाबी गरिएका रिपोर्टहरू सुन्छौं। [एउटा उदाहरण बताउनुहोस्।] कसै-कसैले यस्ता रिपोर्टहरू पत्याउँछन्। अरूले भने शङ्का गर्छन्। यस पत्रिकाले बाइबलमा रिपोर्ट गरिएका चमत्कारहरू साँच्चै भएका थिए कि थिएनन् अनि आज त्यस्ता कुराहरू हुन्छन् कि हुँदैनन् भनेर केलाउँछ।” यर्मिया ३२:२१ पढ्नुहोस्।
ब्यूँझनुहोस्! फेब्रु. ८
“हामी सबै असल साथीहरू बनाउन चाहन्छौं। शास्त्रपदहरूले हामीलाई साथी छान्दा होसियार हुन प्रोत्साहन दिन्छ। [हितोपदेश १३:२० पढ्नुहोस् र छलफल गर्नुहोस्।] असल र खराब साथीबीच भिन्नता छुट्याउन हामीलाई कुन कुराले मदत गर्नेछ? [जवाफ दिने मौका दिनुहोस् अनि पृष्ठ ८ को लेख देखाउनुहोस्।] असल साथी छान्नको लागि यस लेखले मदतकारी सुझावहरू दिन्छ।”
प्रहरीधरहरा मार्च १
सबैले यो सल्लाह पालन गऱ्यो भने के तपाईंलाई यो संसार राम्रो हुनेछ जस्तो लाग्छ? [रोमी १२:१७, १८ पढ्नुहोस्। त्यसपछि जवाफ दिने मौका दिनुहोस्।] दुःखको कुरा, कहिलेकाहीं व्यक्तिगत मतभेदहरू हुन्छन्। यस पत्रिकाले बाइबलको सल्लाह पालन गर्दा कसरी मतभेद सुल्झाउन र शान्ति कायम गर्न सकिन्छ भनेर देखाउँछ।”
ब्यूँझनुहोस्! मार्च ८
पुरातन समयमा परमेश्वरले छोराछोरीलाई आफ्ना बुबा र आमाको आदर गर भन्ने आज्ञा दिनुभएको थियो। [प्रस्थान २०:१२ पढ्नुहोस्।] के तपाईंलाई अहिले आमाहरूलाई उचित आदर दिइन्छ जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] यस पत्रिकाले विभिन्न मुलुकका आमाहरूले सामना गर्ने चुनौतीहरू र तिनीहरूले कसरी सफलता हासिल गरिरहेका छन् भनेर केलाउँछ।”