घोषणाहरू
◼ प्रस्तुत गरिने साहित्यहरू मार्च: गृह बाइबल अध्ययन सुरु गर्ने कोसिस गर्दै ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ पुस्तक प्रस्तुत गर्नुहोस्। अप्रिल र मे: प्रहरीधरहरा र ब्यूँझनुहोस्! दुवै प्रस्तुत गर्नुहोस्। स्मरणार्थ उत्सव वा अन्य ईश्वरतान्त्रिक क्रियाकलापमा उपस्थित भएका तर मण्डलीसित सक्रिय रूपमा संगत नगरेका इच्छुक व्यक्तिहरूलाई पुनःभेट गर्न जाँदा तिनीहरूलाई परमेश्वरको उपासना प्रस्तुत गर्ने कोसिस गर्नुहोस्। विशेष गरी यदि कसैले ज्ञान पुस्तक र चाहनुहुन्छ पुस्तिका पढिसकेका छन् भने, गृह बाइबल अध्ययन सुरु गर्ने सक्दो प्रयास गर्नुपर्छ। जून: लर्न फ्रम द ग्रेट टिचर पुस्तक प्रस्तुत गर्नुहोस् र यदि घरधनीले छोराछोरी छैनन् भन्यो भने चाहनुहुन्छ पुस्तिका प्रस्तुत गर्नुहोस्। गृह बाइबल अध्ययन सुरु गर्ने प्रयास गर्नुहोस्।
◼ मण्डलीहरूले प्रहरीधरहरा अनि ब्यूँझनुहोस्!-का नयाँ अंकहरू पाउने बित्तिकै वितरण गरिहाल्नुपर्छ। यसो गर्दा क्षेत्र सेवामा पत्रिकाहरू प्रस्तुत गर्नुअघि प्रकाशकहरू विषयवस्तुसित परिचित हुन सक्नेछन्। हाम्रो राज्य सेवकाई पनि आउनासाथ वितरण गरिहाल्नुपर्छ। यसलाई मण्डली पुस्तक अध्ययनमा वितरण गर्न सकिन्छ।
◼ व्यक्तिगत यात्राको दौडान अन्य मुलुकका मण्डलीका सभाहरू, सम्मेलन वा जिल्ला अधिवेशनमा उपस्थित हुने योजना छ भने मिति, समय र स्थानबारे जानकारीको लागि त्यस मुलुकको निरीक्षण गर्ने शाखा कार्यालयसँग अनुरोध गर्नुपर्छ। शाखा कार्यालयको ठेगाना यस वर्षको यरबूक-को अन्तिम पृष्ठमा सूचीबद्ध गरिएको छ।
◼ मण्डलीका सचिवहरूले एप्लिकेशन फर रेगुलर पायनियर सर्भिस (S-205) र एप्लिकेशन फर अक्जुलरी पायनियर सर्भिस (S-205b) फारामहरू यथेष्ट मात्रामा राख्नुपर्छ। यसलाई लिटरेचर रिक्वेस्ट फाराम-मा (S-14) अर्डर गर्न सकिन्छ। कम्तीमा पनि एक वर्षलाई पुग्ने स्टक राख्नुहोस्।
◼ स्मरणार्थ उत्सव बिहीबार, मार्च २४, २००५ मा मनाइनेछ। यदि तपाईंको मण्डलीमा बिहीबार सभा हुन्छ र राज्यभवन मिल्छ भने ती सभाहरूलाई हप्ताको अरू दिनमा सार्नुहोस्। यसो गर्न सम्भव छैन वा तपाईंको सेवा सभामा यसले असर गर्छ भने, मण्डलीमा विशेष गरी लागू हुने मुख्य भागहरू अर्को सेवा सभामा समावेश गर्न सकिन्छ।
◼ हाल यहोवाका साक्षीहरूमाझ वितरण भइरहेको लोकप्रिय शैलीमा गाइएका कुनै-कुनै राज्य गीतहरूको रेकर्डिङको सन्दर्भमा थुप्रै प्रकाशकहरूले शाखा कार्यालयलाई फोन गरेका छन्। यस्ता रेकर्डिङहरू संगठनको अनुमित पाएर गरिएका हुन् वा होइनन् होला भनी उनीहरू अन्योलमा परेका छन्। हामीलाई यी रेकर्डिङहरूबारे थाह छ र यसमा हाम्रो अनुमति छैन भनी हामी तपाईंहरूलाई खबर गर्न चाहन्छौं। कृपया यी रेकर्डिङहरू वितरण अथवा इन्टरनेटबाट डाउनलोड नगर्नुहोला। आशा छ, यस जानकारीले कुरा स्पष्ट पार्नेछ।