घोषणाहरू
◼ प्रस्तुत गरिने साहित्यहरू अप्रिल १८-मे १५: जागा रहो! पुस्तिका वितरण गर्ने विशेष अभियान। मे १६-३१: प्रहरीधरहरा र ब्यूँझनुहोस्! दुवै प्रस्तुत गर्नुहोस्। स्मरणार्थ उत्सव वा अन्य ईश्वरतान्त्रिक क्रियाकलापमा उपस्थित भएका तर मण्डलीसित सक्रिय रूपमा संगत नगरेका इच्छुक व्यक्तिहरूलाई पुनःभेट गर्न जाँदा तिनीहरूलाई परमेश्वरको उपासना प्रस्तुत गर्ने कोसिस गर्नुहोस्। विशेष गरी यदि कसैले ज्ञान पुस्तक र चाहनुहुन्छ पुस्तिका पढिसकेका छन् भने, गृह बाइबल अध्ययन सुरु गर्ने सक्दो प्रयास गर्नुपर्छ। जून: बाइबलका कथाहरू भएको मेरो पुस्तक प्रस्तुत गर्नुहोस् र यदि घरधनीले छोराछोरी छैनन् भन्यो भने चाहनुहुन्छ पुस्तिका प्रस्तुत गर्नुहोस्। गृह बाइबल अध्ययन सुरु गर्ने प्रयास गर्नुहोस्। जुलाई र अगस्त: निम्न कुनै पनि ३२ पृष्ठे पुस्तिकाहरू चलाउन सकिन्छ: के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, जीवनको उद्देश्य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, तपाईं परमेश्वरको मित्र हुन सक्नुहुन्छ!, तपाईंको प्रियजनको मृत्यु हुँदा, त्यो राज्य जसले प्रमोदवन ल्याउने छ, परमेश्वर हामीबाट के चाहनुहुन्छ? पृथ्वीमा सधैं जीवनको आनन्द उठाउनुहोस्!, हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मदत दिनेछ? यहोवाका साक्षीहरू—तिनीहरू को हुन्? तिनीहरू के विश्वास गर्छन्? सबैका लागि उपयोगी किताब, “हेर! म सबै थोक नयाँ तुल्याउँदैछु”
◼ मण्डलीका अध्यक्ष वा उनले खटाएको कुनै भाइले जून १ मा वा त्यसपछि सकेसम्म चाँडो लेखा परीक्षण गर्नुपर्छ। यदि स्याहारसम्भार अथवा निर्माणकार्यको लागि छुट्टै चेकिङ अकाउण्ट राख्ने गर्नुभएको छ भने, यो अकाउण्ट पनि परीक्षण गर्ने प्रबन्ध मिलाउनुपर्छ। परीक्षण गरिसकेपछि अर्को लेखा रिपोर्टसँगै यसबारे मण्डलीमा घोषणा गर्नुपर्छ।
◼ आसामी र मराठी भाषाका मण्डलीहरूले जून २७ को हप्तादेखि सुरु हुने मण्डली पुस्तक अध्ययनमा हिन्दी भाषाको दानियलको भविष्यवाणी पुस्तक प्रयोग गर्नेछन्। बंगाली, मिजो/लुसी अनि तेलगु मण्डलीहरूले चाहिं परमेश्वरको उपासना पुस्तक अध्ययन गर्नेछन्।
◼ गान्तोकमा (नेपाली) सम्पन्न हुने “ईश्वरीय आज्ञाकारिता” जिल्ला अधिवेशनको मिति संशोधन भएको छ। संशोधित मिति हो, अगस्त १२-१४, २००५.
◼ उपलब्ध नयाँ प्रकाशन:
न्यु वर्ल्ड ट्रान्सलेसन अफ द होलि स्क्रिप्चर्स—बाइबल रिडिङ एम पी थ्री फर्म्याटमा (६ वटा सी डी-को सेटमा)—अङ्ग्रेजी
◼ पुनः उपलब्ध प्रकाशनहरू:
यहोवाको भजन गाओ—अङ्ग्रेजी भाषाको ठूल्ठूलो अक्षरमा।
कृपया याद राख्नुहोस्, यो स्पेशल रिक्वेस्ट आइटम हो र राम्ररी आँखा देख्न र ससानो अक्षर पढ्न नसक्नेहरूका लागि मात्र यो उपलब्ध गराइनेछ। त्यसकारण, राम्ररी आँखा देख्न नसक्ने प्रकाशकहरूले नै आग्रह गरेपछि मात्र यो मगाउनुपर्छ। सेवा समितिले वास्तविक आवश्यकताबारे पक्का गर्नै पर्छ र सोसाइटीलाई आफ्नो माग पठाउनुभन्दा पहिले यसबारे लिट्रेचर रिक्वेस्ट फाराममा उल्लेख गर्नुपर्छ।
◼ नयाँ अडिओ कम्प्याक्ट डिस्क उपलब्ध:
किप योर आई सिम्पल —कन्नाडा, गुजराती, तेलगु, तामिल, मल्यालम, हिन्दी
फ्यामिलीस्—मेक डेली बाइबल रिडिङ योर वे अफ लाइफ! —कन्नाडा, तामिल, मल्यालम, हिन्दी
ड्र क्लोज टु जेहोभा (एम पी थ्री फरम्याट) —अङ्ग्रेजी
चौधवटा बाइबल नाटक (तीनवटा सी डी-को सेटमा, एम पी थ्री फरम्याटमा) —अङ्ग्रेजी