घोषणाहरू
◼ प्रस्तुत गरिने साहित्यहरू सेप्टेम्बर: ज्ञान पुस्तक चलाइनेछ। घरधनीले यो पुस्तक नस्वीकारेमा जागा रहो! पुस्तिका प्रस्तुत गर्नुहोस्। अक्टोबर: प्रहरीधरहरा अनि ब्यूँझनुहोस्! दुवै प्रस्तुत गर्नुहोस्। चासो देखाउनेहरूलाई कृपया चाहनुहुन्छ पुस्तिका प्रस्तुत गर्नुहोस्। नोभेम्बर: बाइबलका कथाहरू भएको मेरो पुस्तक प्रस्तुत गर्नुहोस्। यदि घरधनीको छोराछोरी छैन भने, ज्ञान पुस्तक वा के तपाईं बाइबलका कुराहरू अझ बढी बुझ्न चाहनुहुन्छ? पर्चा प्रस्तुत गर्न सक्नुहुन्छ। डिसेम्बर: आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तक प्रस्तुत गर्नुहोस्। मण्डलीको स्टकमा छ भने द बाइबल—गड्स वर्ड अर म्यान्स्?, बाइबलका कथाहरू भएको मेरो पुस्तक वा पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पनि प्रस्तुत गर्न सक्नुहुन्छ।
◼ प्रकाशकहरूले पठाएका व्यक्तिगत साहित्य मागलाई शाखा कार्यालयले सदर गर्दैन। व्यक्तिगत साहित्य मगाउन चाहने सबैले साहित्य सँभाल्ने भाइलाई जानकारी दिन सकून् भन्ने हेतुले प्रत्येक महिना शाखालाई साहित्य अर्डर पठाउनुअघि मण्डलीका अध्यक्षले त्यसबारे घोषणा गर्ने प्रबन्ध मिलाउनुपर्छ। कुन-कुन प्रकाशनहरू विशेष आवेदनअन्तर्गत पर्छन्, कृपया ध्यान दिनुहोस्।
◼ पुनःस्थापित हुन चाहने बहिष्कृत वा संगत गर्न छाडेका व्यक्तिहरूको सन्दर्भमा अप्रिल १५, १९९१ को प्रहरीधरहरा पृष्ठ २१-३ मा दिइएका निर्देशनहरू पालन गर्न प्राचीनहरूलाई स्मरण गराइन्छ।
◼ सन् २००६ स्मरणार्थ उत्सवताका दिइने विशेष जनभाषण आइतबार, अप्रिल ३० तारिखको दिन दिइनेछ। भाषणको विषय पछि नै घोषणा गरिनेछ। त्यस हप्ता क्षेत्रीय निरीक्षकको भ्रमण अथवा सम्मेलन हुने मण्डलीहरूमा उक्त भाषण अर्को हप्ता दिइनेछ। अप्रिल ३०, २००६ अघि कुनै पनि मण्डलीमा यो विशेष भाषण दिनु हुँदैन।
◼ अक्टोबर महिनामा पाँचवटा सप्ताहन्त हुने भएकोले सहायक अग्रगामी गर्न यो एउटा उत्कृष्ट महिना हुन सक्नेछ।
◼ सन् २००६ सेवा वर्षमा क्षेत्रीय निरीक्षकले मण्डलीमा भ्रमण गर्दा अग्रगामी-सभाको पहिलो आधा भागसम्म सहायक अग्रगामीहरू पनि बस्न पाउँछन्। सहायक अग्रगामीहरू, यस विशेष प्रबन्धको लाभ उठाउनुहोस्।
◼ नयाँ सेवा वर्षको लागि सबै मण्डलीहरूलाई पर्याप्त फारामहरू पठाइसकिएको छ। फाराम पर्याप्त छ/छैन सचिवले पक्का गर्नुपर्छ। कुनै फाराम पर्याप्त छैन भने सेप्टेम्बरमा साहित्य मगाउँदा एकै चोटि मगाइहाल्नुहोस्।
◼ ड्युरेबल पावर अफ एटोर्नी कार्ड (डी पी ए) एक चोटि भरेपछि नविकरण गर्नु पर्दैन। वर्षौंसम्म टिकोस् भन्ने हेतुले यो कार्ड विशेष कागजमा छापिएको छ। मण्डलीलाई वार्षिक रूपमा पठाइने फारामहरूसँगै डी पी ए कार्ड र सो कार्ड भर्न आवश्यक निर्देशन (डी पी ए आइ) पठाइँदैन। मण्डलीको आवश्यकताअनुसार लिटरेचर रिक्वेस्ट फाराम-बाट (S-14) यो मगाउनुपर्छ। डी पि ए कार्ड र डी पी ए आइ वर्षभरिको लागि पर्याप्त मात्रामा मण्डलीको स्टकमा छ कि छैन, पक्का गर्नुपर्छ र अभाव हुन नदिन सचिव सजग हुनुपर्छ। डी पि ए कार्ड अङ्ग्रेजीमा मात्र पाइन्छ तर कार्ड भर्ने निर्देशन (डी पि ए आइ) अङ्ग्रेजी, हिन्दी, कन्नडा, मल्यालम, तामिल, तेलगुमा पनि पाइन्छ।
◼ नयाँ सीडी-रोम उपलब्ध:
वाचटावर लाइब्रेरी—२००४ संस्करण—अङ्ग्रेजी
यो कुनै स्कूल, पुस्तकालय वा यहोवाका साक्षीहरूप्रति चासो देखाउनेहरूलाई वितरण गर्नको लागि होइन। घरमा कम्प्युटर हुने मण्डलीका सदस्यहरूको लागि मात्र यो उपलब्ध छ र मण्डलीद्वारा मात्र उपलब्ध गराइनेछ।