प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km05 ११/०५ पृ. ४
  • हाम्रो सेवकाईले के गर्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हाम्रो सेवकाईले के गर्छ?
  • हाम्रो राज्य सेवकाई—२००५
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईँ आफूलाई सुम्पिइएको सेवाको काम राम्ररी पूरा गर्दै हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • यहोवाको सेवामा व्यस्त
    हाम्रो राज्य सेवकाई—१९९२
  • उत्सुकतासाथ सुसमाचार घोषणा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • अविलम्बी भाव कायम राख्नुहोस्‌!
    हाम्रो राज्य सेवकाई—२००४
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००५
km05 ११/०५ पृ. ४

हाम्रो सेवकाईले के गर्छ?

१. यहोवाले हाम्रो सेवकाईलाई कसरी लिनुहुन्छ र मानिसहरू कस्तो प्रतिक्रिया देखाउँछन्‌?

१ यहोवाको सेवामा मसीहीहरू विजय जुलुसमा लम्किरहेकाहरू जस्तै हुन्‌ भनी परमेश्‍वरको वचन बताउँछ। (२ कोरि. २:१४-१६) जब हामी परमेश्‍वरको ज्ञान छर्छौं, हाम्रो सेवा यहोवाको लागि मीठो सुवास हुन्छ। सुसमाचारको यस सुगन्धले कति तानिन्छन्‌ त कति तर्कन्छन्‌। इन्कार गर्ने जत्ति नै भए पनि हाम्रो काम त सफल नै छ। त्यसोभए हाम्रो सेवकाईको उद्देश्‍य के हो?

२. हाम्रो सेवकाईले के साबित गर्ने मौका दिन्छ?

२ यहोवाको गुनगान: शैतानको दाबी छ, मानिस केवल स्वार्थ लिई यहोवाको सेवा गर्छ। (अय्यू. १:९-११) मसीही सेवकाईले हाम्रो भक्‍ति नक्कली होइन भनेर साबित गर्ने मौका दिन्छ। चाहे विपत्तिको पहाडै टुटोस्‌ वा मानिसहरूले फिटिक्कै चासो नदेखाऊन्‌, रत्तिभर विचलित नभई धेरै प्रकाशकले प्रचार गरिरहन्छन्‌। यस्तो दृढताले यहोवाको मन अवश्‍य खुस राख्छ।—हितो. २७:११.

३. रत्तिभर विचलित नभई परमेश्‍वरको नाउँ र उद्देश्‍यबारे किन बताइरहनै पर्छ?

३ हाम्रो सेवकाईले परमेश्‍वरको उद्देश्‍य पूरा गर्नमा पनि भूमिका खेल्छ। शैतानको संसारको सन्‍निकट विनाशबारे यहोवा भन्‍नुहुन्छ: ‘जाति-जातिले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌।’ (इज. ३९:७) यो वाणी सबैले सुन्‍न “हरेक जाति, कुल, भाषा र मानिसहरूलाई” उहाँको नाउँ र उद्देश्‍यबारे परमेश्‍वरका जनहरूले निरन्तर उद्‌घोष गर्नै पर्छ।—प्रका. १४:६, ७.

४. प्रचारको काम कसरी न्यायको आधार हो?

४ न्यायको आधार: सुसमाचार प्रचार न्यायको आधार पनि हो। प्रेरित पावलले भने, “परमेश्‍वरलाई नचिन्‍नेहरूलाई, हाम्रा प्रभु येशूको सुसमाचार नमान्‍नेहरू[माथि]” येशूले बदला लिनुहुनेछ। (२ थिस्स. १:८, ९) मानिसहरूले सुसमाचारप्रति देखाउने प्रतिक्रियाको आधारमा न्याय गरिनेछ। परमेश्‍वरका जनहरूको काँधमा कत्रो जिम्मेवारी! रक्‍तदोषबाट जोगिन जीवनदायी राज्यसन्देश सुनाउनदेखि हामी कहिल्यै पछि हट्‌नु हुँदैन।—प्रेरि. २०:२६, २७.

५. हाम्रो सेवकाईमा परमेश्‍वरको दया कसरी देखिन्छ?

५ छिमेकीहरूलाई मदत गर्ने हाम्रो अथक प्रयासलाई यहोवा आशिष्‌ दिनुहुन्छ। यसरी हामी यहोवाको दया अरूलाई देखाउँछौं। (१ तिमो. २:३, ४) मानिसहरूको जीवनमा आइरहेको परिवर्तनले गर्दा हामी फेरि-फेरि तिनीहरूकहाँ जान्छौं र समय छँदै यहोवालाई खोज्न आग्रह गर्छौं। यसो गरेर हामी यहोवाको “कोमल दया” देखाउँछौं। किनकि यहोवा “कोही पनि नष्ट नहोस्‌, तर सबै जनाले पश्‍चाताप गरून्‌ भन्‍ने इच्छा” गर्नुहुन्छ।—लूका १:७८; २ पत्रु. ३:९.

६. यहोवाको सेवामा व्यस्त हुँदा कसरी आफ्नै भलाइ हुन्छ?

६ आफ्नै भलाइ: यहोवाको सेवामा व्यस्त रहनु आफ्नै सुरक्षा हो। यसले हामीलाई “परमेश्‍वरको त्यस दिनको बाटो” हेर्न अनि यस दुष्ट रीतिरिवाजमा भ्रष्ट हुनदेखि जोगाउँछ। (२ पत्रु. ३:११-१४; ती. २:११, १२) अतः मसीही सेवकाईमा हाम्रो परिश्रम व्यर्थ जाँदैन। यो कुरा आत्मसात्‌ गरी ‘स्थिर र अटल बन्दै सधैं प्रभुको काममा प्रशस्त हुँदै जाऔं।’—१ कोरि. १५:५८.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने