ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
निम्न प्रश्नहरू डिसेम्बर २६, २००५ मा सुरु हुने हप्ताको ईश्वरतान्त्रिक सेवकाई स्कूलमा मौखिक तवरमा विचार गरिनेछ। स्कूल निरीक्षकले नोभेम्बर ७ देखि डिसेम्बर २६, २००५ सम्मका हप्ताहरूमा छलफल गरिएका विषयवस्तुहरूमा आधारित ३० मिनेटको पुनरावृत्ति सञ्चालन गर्नेछन्। [टिप्पणी: प्रश्नपछि सन्दर्भ-सामग्रीहरू उल्लेख नभएको अवस्थामा, जवाफको लागि तपाईं आफैले अनुसन्धान गर्नुपर्नेछ।]
वक्तृत्व कला
१. समापनको मुख्य उद्देश्य के हो? [ht-NP पृ. ७९ अनु. ४]
२. वक्ताले बढी समय लिएमा समापनमा कस्तो असर पर्न सक्छ? [ht-NP पृ. ८१ अनु. १६]
३. कोही-कोही वक्ताहरूमा किन विश्वस्तताको कमी हुन्छ? [ht-NP पृ. ८५ अनु. ४]
४. भाषण सुरु गर्दा हडबडाएमा के गर्नुपर्छ? [ht-NP पृ. ८७ अनु. १३]
५. राम्रो व्यक्तिगत रूप किन यत्तिको महत्त्वपूर्ण? [ht-NP पृ. ८८ अनु. १५]
असाइनमेन्ट न. १
६. आध्यात्मिक कुराकानीबारे मसीही आमाबाबुहरूले अब्राहामबाट के सिक्न सक्छन्? [w-NP०३ ९/१५ पृ. १३-१४]
७. येशू लगायत परमेश्वरका अन्य विश्वासी सेवकहरूले सतावट आइपर्दा देखाएको प्रतिक्रियाबाट हामी के सिक्न सक्छौं? [w-NP०३ १०/१ पृ. १४-१५]
८. कुन दुई तरिकामा आत्मसंयम खेती गर्न आवश्यक छ? [w-NP०३ १०/१५ पृ. १९ अनु. ६]
९. “सत्यको वचनलाई ठीकसँग प्रयोग” गर्नुमा कुन कुरा मुछिएको छ? [w-NP०३ ११/१५ पृ. ९-१०]
१०. दशांशको प्रबन्धबाट हामी के सिक्न सक्छौं? [w-NP०३ १२/१ पृ. १७ अनु. १२]
साप्ताहिक बाइबल पढाइ
११. विशाल खड्कुँलो किन गोरुहरूको प्रतिकमाथि बसालिएको? (२ इति. ४:२-४)
१२. यहोवाले आफ्ना जनहरूको समूहको खाँचो त बुझ्नु हुन्छ नै, साथै उहाँको डर राख्ने प्रत्येक सेवकको हरेक अवस्था उहाँलाई थाह छ भनेर मन्दिर समर्पणको बेला गरेको प्रार्थनामा सुलेमानले कसरी मानिलिए? (२ इति. ६:२९, ३०)
१३. यहोवाका जनहरूलाई मागोगको गोगले आक्रमण गर्दा २ इतिहास २०:१७ मुताबिक हामीले गर्नुपर्ने के हो?
१४. यहूदी राजा उज्जियाहको नियतिबाट आफ्नो बलबारे हामी कस्तो सोचनीय पाठ सिक्न सक्छौं? (२ इति. २६:१५-२१)
१५. शैतानको संसारले भोग्नै लागेको दुर्गतिलाई २ इतिहास २०:२२, २३ ले कसरी जीवन्त वर्णन गर्छ? (w८४ ७/१ १८ अनु. १७)