घोषणाहरू
◼ प्रस्तुत गरिने साहित्यहरू डिसेम्बर: आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तक। मण्डलीको स्टकमा छ भने द बाइबल—गड्स वर्ड अर म्यान्स्?, बाइबलका कथाहरू भएको मेरो पुस्तक वा पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पनि प्रस्तुत गर्न सक्नुहुन्छ। जनवरी: सन् १९९१ अघि प्रकाशित कुनै पनि १९२ पृष्ठे पुराना पुस्तकहरू प्रस्तुत गर्न सकिन्छ। घरधनीले यी पुस्तकहरू लिन नमानेमा जागा रहो! पुस्तिका प्रस्तुत गर्न सकिन्छ। फेब्रुअरी: प्रकाश त्यसको चरमोत्कर्ष पुस्तक। यो पुस्तक छैन भने ज्ञान पुस्तक र मृत्यु माथि विजय पुस्तिका प्रस्तुत गर्नुहोस्। मार्च: बाइबलले वास्तवमा के सिकाउँछ? पुस्तक प्रस्तुत गर्नुहोस्। बाइबल अध्ययन थाल्न विशेष प्रयत्न गर्नुहोस्।
◼ अब छिट्टै सन् २००६ को स्मरणार्थ निम्तो हरेक मण्डलीलाई आ-आफ्नै भाषामा पठाइनेछ। तपाईंको इलाकामा अरू भाषा बोल्नेहरू छन् र ती भाषामै स्मरणार्थ निम्तो चाहिएमा सकेसम्म छिटो लिटरेचर रिक्वेस्ट फाराम-बाट (S-14) मगाइहाल्नुपर्छ। आफ्नो इलाकाको आवश्यक भाषामा मात्र स्मरणार्थ निम्तो मगाउनुहोस्।
◼ कृपया याद गर्नुहोस्, सन् २००७ को स्मरणार्थ उत्सव सोमबार, अप्रिल २ मा सूर्यास्तपश्चात् मनाइनेछ। थुप्रै मण्डलीले एउटै राज्यभवन चलाउँछन् भने भाइहरूले उपलब्ध भवनहरू पहिल्यै रिजर्भ गर्न र अन्य सुविधाहरूको प्रबन्ध गर्न सकून् भनेर यो सूचना अहिल्यै दिइएको हो। स्मरणार्थ उत्सव शान्तिपूर्ण र व्यवस्थित ढङ्गमा सम्पन्न गर्न भवनमा हुने अन्य गतिविधिहरूले यसमा दखल नपुऱ्याओस् भन्ना खातिर प्राचीनहरूले भवनको व्यवस्थापकसित पहिल्यै कुरा मिलाएको हुनुपर्छ।
◼ यो एकदमै महत्त्वपूर्ण उत्सव भएकोले प्राचीनहरूको निकायले स्मरणार्थ भाषण दिने भाइहरू पालैपालो छान्नु वा हरेक वर्ष एउटै भाइलाई भाषण दिन लाउनुको सट्टा योग्य प्राचीनलाई छान्नुपर्छ। तर भाषण दिन सक्ने अभिषिक्त भाइ छन् भने तिनलाई नै छान्नुपर्छ।
◼ कन्नडा, तेलगु, हिन्दी भाषामा हाम्रो राज्य सेवकाई पाउने मण्डलीहरूलाई ती भाषाको अल स्क्रिप्चर—अथेन्टिक एण्ड बेनेफिसियल (२००६) पुस्तिका पठाइसकेको छ। उक्त पुस्तिका सन् २००६ मा हुने ईश्वरतान्त्रिक सेवकाई स्कूल-मा असाइन्मेन्ट न. १ को लागि चलाइनेछ। हिन्दी, कन्नडा र तेलगुको संशोधित ईश्वरतान्त्रिक स्कूल तालिका छिट्टै पठाइनेछन्। अन्य भाषाका मण्डलीहरूले पनि माथिका कुनै पनि भाषाको उक्त पुस्तिका चलाउन चाहेमा लिटरेचर रिक्वेस्ट फाराम-बाट (S-14) मगाउन सक्नेछन्।
◼ नयाँ उपलब्ध कम्प्याक्ट डिस्कहरू:
लर्न फ्रम द ग्रेट टिचर— कम्प्याक्ट डिस्कमा (एम पी थ्री)— अङ्ग्रेजी
बाइबलका कथाहरू भएको मेरो पुस्तक— कम्प्याक्ट डिस्कमा (एम पी थ्री)— अङ्ग्रेजी
ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ— कम्प्याक्ट डिस्कमा (एम पी थ्री)— अङ्ग्रेजी
पारिवारिक आनन्दको रहस्य— कम्प्याक्ट डिस्कमा (एम पी थ्री)— अङ्ग्रेजी
आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष— कम्प्याक्ट डिस्कमा (एम पी थ्री)— अङ्ग्रेजी
अ स्याटिस्फाइङ लाइफ—हाउ टु अटेन इट— कम्प्याक्ट डिस्कमा (एम पी थ्री)— अङ्ग्रेजी
परमेश्वर हामीबाट के चाहनुहुन्छ?— कम्प्याक्ट डिस्कमा (एम पी थ्री)— अङ्ग्रेजी, कन्नडा, बंगाली, मल्यालम
तपाईंको प्रियजनको मृत्यु हुँदा— कम्प्याक्ट डिस्कमा— अङ्ग्रेजी, कन्नडा, गुजराती, तामिल, तेलगु, पंजाबी, मल्यालम, हिन्दी
आध्यात्मिक सम्पदाको मूल्यांकन गर्नुहोस्—कम्प्याक्ट डिस्कमा (नाटक) —हिन्दी