प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km06 जनवरी पृ. ७
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२००६
हाम्रो राज्य सेवकाई—२००६
km06 जनवरी पृ. ७

घोषणाहरू

◼ प्रस्तुत गरिने साहित्यहरू जनवरी: छिट्टै पुरानो देखिने वा रंग खुइलिएर जाने अथवा सन्‌ १९९१ अघि प्रकाशित कुनै पनि १९२ पृष्ठे पुराना पुस्तकहरू प्रस्तुत गर्न सकिन्छ। घरधनीले यी पुस्तकहरू लिन नमानेमा जागा रहो! पुस्तिका प्रस्तुत गर्न सकिन्छ। फेब्रुअरी: प्रकाश त्यसको चरमोत्कर्ष पुस्तक। यो पुस्तक छैन भने ज्ञान पुस्तक र मृत्यु माथि विजय पुस्तिका प्रस्तुत गर्नुहोस्‌। मार्च: बाइबलले वास्तवमा के सिकाउँछ? पुस्तक प्रस्तुत गर्नुहोस्‌। बाइबल अध्ययन थाल्न विशेष प्रयत्न गर्नुहोस्‌। अप्रिल र मे: प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! दुवै प्रस्तुत गर्नुहोस्‌। स्मरणार्थ उत्सव वा अन्य ईश्‍वरतान्त्रिक क्रियाकलापमा उपस्थित भएका तर मण्डलीसित सक्रिय रूपमा संगति नगरेका इच्छुक व्यक्‍तिहरूलाई पुनःभेट गर्न जाँदा तिनीहरूलाई बाइबलले वास्तवमा के सिकाउँछ? वा एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌ पुस्तक प्रस्तुत गर्ने कोसिस गर्नुहोस्‌। बाइबल अध्ययन सुरु गर्ने उद्देश्‍यसहित पुस्तक प्रस्तुत गर्नुहोस्‌।

◼ अप्रिलमा पाँचवटा शनिबार पर्ने भएकोले सहायक अग्रगामी सेवा गर्नु एकदमै बेस हुन्छ।

◼ फेब्रुअरीदेखि मार्च ५ सम्म क्षेत्रीय निरीक्षकहरूले दिने जनभाषणको विषय हुनेछ “तपाईं अहिले अनि सधैंभरि शान्तिमय जीवन जिउन सक्नुहुन्छ।”

◼ यस वर्ष अप्रिल १२, बुधबारको दिन सूर्यास्तपछि स्मरणार्थ उत्सव मनाउन मण्डलीहरूले उपयुक्‍त प्रबन्ध मिलाउनुपर्छ। भाषण केही समय पहिले नै सुरु गर्न मिल्ने भए तापनि स्मरणार्थका प्रतीकहरू घुमाउन भने सूर्य नअस्ताएसम्म सुरु गर्नु हुँदैन। स्थानीय स्रोतसँग सम्पर्क राखेर तपाईंको इलाकामा सूर्यास्त हुने समयबारे सही जानकारी लिनुहोस्‌। हरेक मण्डलीले स्मरणार्थ उत्सव मनाउने आफ्नै प्रबन्ध मिलाउनु राम्रो हो। तथापि, त्यसो गर्न सधैं सम्भव नहुन सक्छ। सामान्यतया थुप्रै मण्डलीले एउटै राज्यभवन प्रयोग गर्छन्‌ भने उक्‍त साँझको लागि एक वा बढी मण्डलीले अर्कै भवन भाडामा लिन सक्छन्‌। स्मरणार्थ उत्सवबाट पूरापूर फाइदा उठाउन दुई मण्डलीको कार्यक्रमबीच कम्तीमा पनि ४० मिनेट जति समय छुट्याउनुहोस्‌ भनी हामी तपाईंहरूलाई सुझाव दिन्छौं। पार्किङको राम्रो व्यवस्था मिलाउनुहोस्‌ र जहाँ पायो त्यहीं सवारी साधन रोकेर मान्छे ओराल्ने र चढाउने नगर्नुहोस्‌। यसबारे स्थानीय तवरमा कस्ता प्रबन्धहरू मिलाए बेस होला भनेर प्राचीनहरूको निकायले निर्णय गर्नुपर्छ।

◼ व्यक्‍तिगत यात्रा गर्दा अन्य मुलुकका मण्डलीका सभाहरू, सम्मेलन वा जिल्ला अधिवेशनमा उपस्थित हुने योजना छ भने मिति, समय र स्थानबारे जानकारीको लागि त्यस मुलुकको निरीक्षण गर्ने शाखा कार्यालयसँग अनुरोध गर्नुपर्छ। शाखा कार्यालयको ठेगाना यस वर्षको यरबूक-को अन्तिम पृष्ठमा दिइएको छ।

◼ मण्डलीहरूले अर्को साहित्य अर्डर गर्दा वाचटावर लाइब्रेरी—२००५ संस्करणलाई पनि समावेश गर्न नभुल्नुहोस्‌। नबिर्सनुहोस्‌, वाचटावर लाइब्रेरी—२००५ संस्करण बप्तिस्माप्राप्त भाइबहिनीहरूको लागि हो र मण्डली मार्फत मात्र उपलब्ध गराइन्छ।

◼ उपलब्ध नयाँ प्रकाशनहरू:

बाइबलले वास्तवमा के सिकाउँछ?—अंग्रेजी भाषाको ठूल्ठूलो अक्षरमा।

कृपया याद राख्नुहोस्‌, यो स्पेशल रिक्वेस्ट आइटम हो। आँखाले राम्ररी ठम्याउन र स-साना अक्षर पढ्‌न नसक्नेहरूका लागि मात्र यो उपलब्ध गराइनेछ। त्यसकारण, आँखाले राम्ररी ठम्याउन नसक्ने प्रकाशकहरूले नै आग्रह गरेपछि मात्र यो मगाउनुपर्छ। सेवा समितिले पक्का गरेपछि मात्र सोसाइटीलाई अर्डर पठाउनुपर्छ।

वाचटावर पब्लिकेसन्स इन्डेक्स २००४—अंग्रेजी

परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?—निकोबरी

यहोवाको भजन गाओ (२६ वटा गीत)—उर्दू

◼ पुनः उपलब्ध प्रकाशनहरू:

“हेर! म सबै थोक नयाँ तुल्याउँदैछु”—गुजराती, हिन्दी

◼ उपलब्ध नयाँ डीभीडी:

युवाहरू सोध्छन्‌—म जीवनमा के गरूँ? (यङ पिपल आस्क—ह्वाट विल आइ डु विथ माइ लाइफ?)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने