प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km07 फेब्रुअरी पृ. ११
  • ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
  • हाम्रो राज्य सेवकाई—२००७
हाम्रो राज्य सेवकाई—२००७
km07 फेब्रुअरी पृ. ११

ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति

निम्न प्रश्‍नहरू फेब्रुअरी २६, २००७ मा सुरु हुने हप्ताको ईश्‍वरतान्त्रिक सेवकाई स्कूलमा विचार गरिनेछ। स्कूल निरीक्षकले जनवरी १ देखि फेब्रुअरी २६, २००७ सम्मका हप्ताहरूमा छलफल गरिएका विषयवस्तुहरूमा आधारित ३० मिनेटको पुनरावृत्ति सञ्चालन गर्नेछन्‌। [नोट: प्रश्‍नपछि सन्दर्भ-सामग्रीहरू उल्लेख नभएको अवस्थामा, जवाफको लागि तपाईं आफैले अनुसन्धान गर्नुपर्नेछ।]

वक्‍तृत्व कला

१. भाषणलाई जानकारीमूलक बनाउन किन निश्‍चित विषयवस्तु आवश्‍यक हुन्छ? [ht-NP पृ. १२, अनु. २]

२. हामी कसरी आफ्नो भाषण व्यावहारिक बनाउन सक्छौं? [ht-NP पृ. १४, अनु. ८]

३. हामी कसरी आफ्नो परिचय मूल विषयसित मेल खाने बनाउन सक्छौं? [ht-NP पृ. १८, अनु. ८]

४. भाषणको परिचयको उद्देश्‍य के हो? [ht-NP पृ. २०, अनु. १६]

५. विचार परिवर्तनको लागि विराम गर्नु किन आवश्‍यक छ? [ht-NP पृ. २४, अनु. २२]

असाइनमेन्ट न. १

६. घमन्ड किन खतरनाक कुरा हो? [w-NP०५ १/१ पृ. ८, अनु. ४]

७. हामीले सहीलाई प्रेम र गलतलाई घृणा गर्ने सन्दर्भमा यहोवाको जस्तै दृष्टिकोण खेती गर्ने हो भने के अत्यावश्‍यक छ? [w-NP०५ १/१ पृ. ९, अनु. ११]

८. हामीले बाइबलमा पढेको कुनै विवरणले गर्दा परमेश्‍वरले न्यायी वा सही ढङ्‌मा व्यवहार गर्नुभयो कि भएन भनेर शङ्‌का लाग्यो भने हामीले कुन कुरा बिर्सनु हुँदैन? [w-NP०५ २/१ पृ. २४, अनु. ७]

९. परमेश्‍वरको व्यवस्था र मानिसले माग गर्ने कुराबीच द्वन्द्व उत्पन्‍न हुँदा हामीले कस्तो प्रतिक्रिया देखाउनुपर्छ? [w-NP०५ ४/१५ पृ. १२, अनु. ९]

१०. मसीही निडरताको प्रमाण कुन कुराले दिन्छ र यसको आधार के हो? [wt-NP पृ. १७४, अनु. १२]

साप्ताहिक बाइबल पढाइ

११. यशैया २५:७ मा बताइएको “पर्दा” र “घुम्टो” के हो?

१२. कसरी मानिसहरूले यहोवालाई ‘देख्न’ र ‘सुन्‍न’ सक्छन्‌? (यशै. ३०:२०, २१)

१३. सही वा गलत: अझै धेरै बाँच्ने इच्छा भएकोले नै हिजकियाहले यशैया ३८:३ मा लिपिबद्ध प्रार्थना गरेका थिए।

१४. इस्राएलीहरूले यहोवाका साक्षीको हैसियतमा कसरी सेवा गर्न सके र हामी कसरी तिनीहरूको अनुकरण गर्न सक्छौं? (यशै. ४३:१०)

१५. यशैया ५२:११, १२ को भविष्यवाणीअनुसार ‘यहोवाको पात्र बोक्न’ के चाहिन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने