ईश्वरतान्त्रिक सेवकाई स्कूलको पुनरावृत्ति
निम्न प्रश्नहरू अप्रिल ३०, २००७ मा सुरु हुने हप्ताको ईश्वरतान्त्रिक सेवकाई स्कूलमा विचार गरिनेछ। स्कूल निरीक्षकले मार्च ५ देखि अप्रिल ३०, २००७ सम्मका हप्ताहरूमा छलफल गरिएका विषयवस्तुहरूमा आधारित ३० मिनेटको पुनरावृत्ति सञ्चालन गर्नेछन्। [नोट: प्रश्नपछि सन्दर्भ-सामग्रीहरू उल्लेख नभएको अवस्थामा, जवाफको लागि तपाईं आफैले अनुसन्धान गर्नुपर्नेछ।]
वक्तृत्व कला
१. हामीले कुनै पद चलाउनुको कारणप्रति किन ध्यान केन्द्रित गराउनुपर्छ? [ht-NP पृ. २९, अनु. २१]
२. “ठीक-ठीक शब्दहरूमा जोड दिने” भन्नुको अर्थ के हो? [ht-NP पृ. ३०, अनु. ४]
३. कुनै पदको विचारणीय शब्दहरूलाई हामी उपयुक्त तरिकामा कसरी जोड दिन सक्छौं? [ht-NP पृ. ३१, अनु. ९]
४. तपाईंले भन्नुभएको कुरा बुझिएको छ कि छैन भनी तपाईं कसरी थाह पाउन सक्नुहुन्छ? [ht-NP पृ. ३५, अनु. १३]
५. तपाईं मूल विषयलाई कसरी प्रकाश पार्न सक्नुहुन्छ? [ht-NP पृ. ३८, अनु. ७, ८]
असाइनमेन्ट न. १
६. यहोवाले उज्जालाई किन मार्नुभयो? [w-NP०५ २/१ पृ. २६-२७, अनु. १८-२१]
७. हाम्रो मसीही चिनारीबारे घमन्ड गर्नुमा कुन कुरा समावेश छ? [w-NP०५ २/१५ पृ. १६, अनु. १४, १५]
८. येशूले दिनुभएको छुटकाराको बलिदानबाट हामीले पाउने लाभभन्दा पनि अझै महत्त्वपूर्ण कुरा के हो? [w-NP०५ ११/१ पृ. १४, अनु. १]
९. परमेश्वरमा हाम्रो भरोसा मुछिंदा कुन सिद्धान्तले हाम्रो अडानमा अटल रहने बल दिन सक्छ? (प्रस्थान २३:२) [w-NP०५ २/१५ पृ. २०, अनु. १२]
१०. मसीही गतिविधिहरूले हाम्रो मसीही चिनारीप्रतिको सजगतालाई कसरी अझ मजबुत बनाउन सक्छ? [w-NP०५ २/१५ पृ. २२, अनु. १८]
साप्ताहिक बाइबल पढाइ
११. ‘असल मार्ग भएका पूराना बाटोहरूमा’ हिंड भनेर यर्मिया ६:१६ मा दिइएको सल्लाह हामी कसरी लागू गर्न सक्छौं?
१२. अविश्वासी इस्राएलीहरूलाई पाठ सिकाउन यहोवाले किन सारसको उदाहरण चलाउनुभयो र हामी यसबाट कस्तो पाठ सिक्न सक्छौं? (यर्मि. ८:७)
१३. मनोरञ्जन गर्ने सम्बन्धमा अहिले हामी यर्मिया १५:१७ कसरी लागू गर्न सक्छौं?
१४. मानिसहरू महान् कुमाले यहोवाको हातमा भएको माटोजस्तै कसरी हुन्? (यर्मि. १८:५-११)
१५. यर्मिया २५:१७-२६ मा विभिन्न देशको नाउँ जुन क्रमअनुसार लेखिएको छ, यसले हाम्रो समयमा कस्तो अर्थ राख्छ?